बुधबार 24 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

दुई कान बीचको मुख्य श्रोत मस्तिष्कलाई प्रयोग गरौं

4 अप्रिल 2021

दुई कान बीचको मुख्य श्रोत मस्तिष्कलाई प्रयोग गरौं

यो हाम्रो मुलुकमा आमूल परिवर्तन हुनका लागि पाँच वटा अधिकारका कुराहरुमा पुर्ण क्रान्ति हुन आवश्यक थियो । ती पाँच वटा अधिकारहरु (१) राजनीति क्रान्ति, (२) धार्मिक क्रान्ति, (३) आर्थिक क्रान्ति, (४) शैक्षिक क्रान्ति र (५) सांस्कृतिक क्रान्ति हुन् । यी सबै अधिकारका सरोकारहरुमा क्रान्ति हुनका लागि मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता आउनै पर्ने थियोे । तर मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई रोक्न र छेक्नको लागि पर्खालको रुपमा राजतन्त्र, हिन्दुराज्य र एकात्मक केन्द्रीकृत शासन ब्यवस्था खडा रहेको थियोे । यी पर्खालहरु राजतन्त्र, हिन्दुराज्य र एकात्मक केन्द्रीकृत शासन ब्यवस्थालाई ध्वस्त पारेर लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता ल्याउनका लागि यो मुलुकमा एउटा क्रान्तिकारी राजनैतिक संगठन र नेताको खाँचो थियोे । यसको निम्ति मुलुक र बृहत नेपाली जनताले क्रान्तिकारी राजनैतिक संगठन मंगोल नेशनल अर्गनाइजेशन र यसका संस्थापक अमर ड.गोपाल गुरुङलाई पाउन सफल पनि भए ।
नेपाल चिन्न र नेपाललाई लागेको वास्तविक बर्णभेदी रोग चिन्नका लागि मलाई बाहुन्न बर्ष लाग्यो भनेर भन्नू हुन्थ्यो ड. गुरुङ । त्यसपछि २०३६ सालदेखि निरन्तर राजतन्त्रको बिरोधमा÷लोकतन्त्रको पक्षमा, हिन्दुराज्यको बिरोधमा÷धर्मनिरपेक्षको पक्षमा र एकात्मक केन्द्रीकृत शासनको बिरोधमा÷प्रान्तीयताको पक्षमा जीवनभर एक्लो एन्टीकरेण्ट बनेर लेख्दा, बोल्दा र लड्दा ड.गुरुङले जेलनेल सहनु पर्यो । भागेर विदेशमा भुमिगत जीवन विताउनु प¥यो । सर्बस्वहरण हुनेगरी तत्कालिन राजाको सरकारबाट लुटी माग्नु पर्यो । अनेकौं भुक्तमान र धाकधम्कीहरु सहनु प¥यो । शुरु, शुरुमा सबैले ड.गुरुङलाई मुर्ख मान्छे हुन् र पहाडलाई मुड्कीले हिड्काउंदै छ भन्थे । कालान्तरमा ड.गुरुङ एक्लो ब्यक्ति नै २०६२÷०६३ मा आईपुग्दा सिंगो राष्ट्रब्यापी आन्दोलन बन्नु भयो । मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता आएरै छाड्यो । मंगोल भनेकै कारणले निर्वाचन आयोगले एम एनओलाई दर्ता दिएको थिएन । आखिरमा २०६४ माघ १५ गते निर्वाचन आयोगले एम एनओलाई दर्ता दिनै प¥यो । अन्ततः यो लडाइँमा ड.गुरुङको ८० प्रतिशत जित भएरै छाड्यो । बाँकी रहेको २० प्रतिशत लडाइँ ड.गुरुङले लड्ने किसिमको नभएर यहाँका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोलले लड्नु पर्ने छ । किनभने ड.गुरुङको राजनीति र उद्देश्य आफू खान र बन्नको लागि नभएर, यहाँका मुलवासी मंगोललाई बनाउनका लागि थियोे । यसोसले अब यहाँका मुलवासी मंगोलहरुले बाँकी रहेको २० प्रतिशत लडाइँ जित्नका लागि अरुतिर होइन आफुतर्फ फर्केर, मंगोल राष्ट्रवादको दर्शनलाई आफ्ना दुई कान बीचको मुख्य श्रोत मस्तिष्कलाई उर्जावान बनाएर प्रयोग गर्न सक्नु पर्दछ । त्यसपछि आफुले आफुलाई चिनेर, आफ्नो बथान चिनेर, आफ्नो अस्तित्व केहो ? आफ्नो धर्म–संस्कार संस्कृति कुन हो ? आफ्नो काम कर्तब्य के हो ? स्पष्ट बुझेर ह्रदयदेखि नै एम एनओलाई साथ र सहयोग पु¥याउने बित्तिकै आंसिक रुपमा आएको राजनीतिक क्रान्ति, धार्मिक क्रान्ति, आर्थिक क्रान्ति, शैक्षिक क्रान्ति र सांस्कृतिक क्रान्तिहरु पुर्ण क्रान्तिमा परिणत हुने कुरामा दुईमत देखिंदैन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :