शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

हत्यारा पृथ्वीनारायण शाह राष्ट्र पिता होईन

Saan Mongol Meche | 5 जनवरी 2019

हत्यारा पृथ्वीनारायण शाह राष्ट्र पिता होईन

आज सन्सार एक्काइसौं शताब्दीको अत्याधुनिक चरणमा यात्रा गरिरहेको छ । जसमा नेपाल पनि सकिनसकी गुज्रिरहेको छ । हिजोमात्र मैले एउटा समाचारमा पढे, कि नेपाल सरकारले राष्ट्रिय पर्बको रुपमा मनाउन पृथ्वी जयन्तीलाई पुर्नबिचार गर्ने रे ! यस प्रती आफ्नो केही बिचार कोर्न मन लग्यो । पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माण वा एकीकरण अभियानकर्ताको रुपमा मान्न सकिन्छ । शुरूवातमा नेपालको भौगोलिक एकीकरण नगरेको भए सायद आज नेपाल रहन्न थियो होला भन्ने मतहरु पनि पाईन्छ । एक प्रकार भौगोलिक एकीकरणलाईनै आधार मान्ने हो भने यस्लाइ ठिक मान्न पनि सकिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण शुरूवात गरेको हुनाले सस्थापक वा राष्ट्र पिताको रुपमा हेर्नेहरु पनि प्रसस्त पाईन्छ । समाजमा एक असल पिता कहल्याउनुको निम्ति पिताले कस्तो भुमिका निर्वाह गर्नुपर्छ भन्ने कुराको हामीले ख्याल गर्नुपर्दछ । यदि एक अभिभावकले सन्तानको चाहना राख्छ वा सन्तान जन्माउदैमा उसलाई एक असल अभिभावक मान्न सकिन्न । उसले असल पिता वा अभिभावक बन्नको लागि उसको सन्तानलाई उचित लालनपालन , असल शिक्षा अनि सहि मार्गदर्शनको लागि ब्यबस्थापन वा अभिप्रेरित गर्नु पर्दछ । अन्यथा त्यो सन्तानले उचित लालनपालन ,असल शिक्षा अनि सहि मार्गदर्शन पाएन भने समाज वा राष्ट्रको नै एक कालो धब्बा बन्न जान्छ ।जस्को श्रेय अभिभावकलाई अवस्य जान्छ।पृथ्वीनारायण शाह यिनै कुरामा चुके जस्तो लाग्छ । इतिहास हेर्दा थाहा हुन्छ कि पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियानमा किर्तिपुर बिजय पछि आफ्नो जनताको नाककान काट्न पनि पछि प्रेनन । आफ्नो जनता प्रति अति क्रूर र निर्दयी शासक थिए भन्ने परिचय मिल्छ । जस्ले हिन्दु अतिवादी भएको पुष्ठि गर्छ । मकवानपुरलाई जित्न नसकी षड्यन्त्र पुर्बक राज्य कब्जा गरेको इतिहास पाइन्छ । जसबाट के स्पष्ट हुन्छ भने उ एक षड्यन्त्रकारी र कायर राजा थिए ।
पृथ्वीनारायण शाह विद्वान थिए भन्ने कुरा पनि पढ्न पाईन्छ सायद यो यथार्थ होईन । पृथ्वीनारायण शाहको दिब्य उपदेश भनेर केही भनाईहरु पढ्न र सुन्न पाईन्छ । पृथ्वीनारायण शाहको चर्चित भनाइ मध्ये "मेरो सानो दुःखले आर्ज्याको मुलुक होईन सबैलाई चेतना भया" हो । नेपाललाई पृथ्वीनारायण शाहले आफ्नो निजि सम्पत्ति ठानेको छ । मुलुकलाई निजि सम्पत्ति ठानेकै हुनाले सम्पुर्ण उस्का सन्तानहरुले (शाह राजा) मोजमस्ती गरे । असली हिन्दुस्तानको नारा दिएर साम्प्रदायिकताको बिजारोपण गरेको छ । अर्को कुरा चार जात छत्तीस वर्ण साझा फुलबारी हो भनेर जातियवालाई बढावा दिएर नेपाली समाजमा छुवाछूत तथा उचनिच भावनालाई मलजल गर्ने कार्य गर्‍यो ।पृथ्वीनारायण शाह यहीँ बिचारलाई शिरोधार्य गरि पृथ्वीनारायण शाह पछीका शासकहरुले राज्य सन्चालन गरे । फलस्वरूप नेपाली समाज जातीय द्वेषको रणभुमी बन्दै गरेको छ । छत्तीस बर्णको कुरा गरेर बिज्ञानलाई नै गलत साबित गर्न खोजेको छ ।
      भौगोलिक एकीकरणलाई नै आधार मानेर राष्ट्र पिता मान्नु न्यायोचित नहोला । सन्सारमा कयौं यस्ता शासक थिए जो बिरता कहानी सुनौलो अक्षरले लेखिएको छ इतिहास को पानामा । तर आजको यो युगमा भौगोलिक एकीकरण मात्र यसको राष्ट्र पिता परिभाषा पूरा हुन्न । एक सबल र समृद्धि राष्ट्र निर्माणको निम्ति जनताको भावनात्मक एकताको खाचो पर्दछ । यो कुरामा पृथ्वीनारायण शाह चुकेको पाइन्छ । अल्पसंख्यक जातिलाई पश्य्र दिई एकल भाषा, धर्म, सस्कार र सस्कृतीलाई बहुसंख्यक समुदायमा जबर्जस्ती लादिए पाइन्छ । भने बहुसंख्यक समुदाय सम्प्रदायको भाषा धर्म, सस्कार सस्कृतीलाई निमिट्यान्न बनाउने दुस्प्रयास विभिन्न कालखण्डमा गरेको पाइन्छ । यदि आजको सन्सारमा भौगोलिक एकीकरणलाई नै आधार मान्ने हो भने दक्षिण अफ्रिकाका "नेलसन मण्डेला" लाई राष्ट्र पिताको रुपमा मान्दैन थिए होला । समृद्धशाली सिङ्गापुर को निर्माता "लि क्वान" लाई राष्ट्र पिताको रुपमा मान्नु जरुरी देखिन्दैन ।
       राष्ट्र पिता जस्तो एक गरिमामय सम्मान यस्तो ब्यक्तीलाई मिलोस जस्ले सम्पुर्ण बहुसंख्यक नेपालीहरुको भावनात्मक एकताको वकालत गरोस् , विभिन्न बर्गिय, क्षेत्रिय बिकासमा जोड दिएको इतिहास होस । सार्वभौम नेपाल रक्षार्थ लडोस । मानवअधिकार र न्यायको निम्ति बलिदान हुन पनि नहिच्किचाओस ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्