शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धर्म देशना किन गर्नु परेको ?

Lassim Hang Mongol | 6 जनवरी 2019

धर्म देशना किन गर्नु परेको ?

को न्यानहुतुन 

भगवान बुद्धको समय कालनिय- राजकुमारले भगवानसंग प्रश्न गरे । अरूलाई सुन्ने इच्छा छ । सुन्ने इच्छा छैन थाहा नभैकन किन बलपूर्वक जबर्जस्ती देशना गर्नु भएको होला भन्दै प्रश्न गर्दा अतुलनीय भगवान बुद्धले अनुकम्पा राखेर उत्तर दिनु भयो - “राजकुमार” तिम्रो घरमा घिस्रिएर बामे सर्ने बच्चाहरु छन् ? राजकुमारले घिस्रिएर बामे सर्ने अवस्था भएका बच्चाहरू छन् भनेर उत्तर दिनुपर्यो ।

त्यस बेला भगवानले सोध्नु भएको प्रश्न काँचको चोइटाहरू मुखमा हालेको देख्यौ भने राजकुमार बालकलाई यसै टोलाएर हेरिरहन्छौ कि, बल लगाएर जबर्जस्ती मुखलाई खुल्ला पारेर काँचको टुक्राहरूलाई निकालेर फ्याँकी दिन्छौ ?

राजकुमारले यस प्रकार उत्तर दिए- त्यस फुटेका काँचका चोइटाहरू निल्यो भने त आन्द्राहरू विच्छेद भएर मृत्युको संकटमा पर्न सक्ने हुनाले, बालकले मुखमा हालेर गलामा अड्किएको काँचको चोइटाहरूलाई बल पूर्वक जबर्जस्ती मुख खुल्ला पारेर निकालेर फ्याँक्नु पर्दछ ।

त्यस बेला अतुलनीय भगवान बुद्धले उस्लाई पिडा भएर रगतहरु पनि त निस्किन सक्छ नि भन्दा, त्यस पिता हुने राजकुमारले भने हे गौतम त्यस मेरो बालक पिडा रगत भएर मर्दैन, बरू फुटेका काँचका चोइटाहरू निल्यो भने त अवश्य मर्न सक्दछ। यद्यपि ननिल्दै, पेट भित्र नपस्दै बल पूर्वक जबर्जस्ती निकाल्न आवश्यकता छ नि ।

अतुलनीय भगवान बुद्धले राम्रो सुधारको लागि उपदेश दिँदै सम्झाउनु भयो-हो त्यस्तै मैले पनि सत्व प्राणीहरूलाई धेरै दया करुणा (अनुकम्पा) राख्नाले चार अपाय भुवनमा पुग्ने कारण नबनोस् भन्ने ठुलो चिन्तित द्वारा, सत्व प्राणीहरू अकुसल लोभ, दोष, मोह भएको फुटेको काँचको चोइटाहरूलाई मुख भित्र हालिसकेका छन् त्यसै कारण म भगवानले मार्गको औषधिहरूद्वारा बल पूर्वक जबर्जस्ती वाहिर निकाल्ने प्रयत्न गर्दै छु।

म भगवानले मार्ग भन्ने फुटेको काँचको चोइटाहरूलाई वापस वाहिर निकाल्ने (उल्म हुने) औषधि पान (देशना श्रमण) द्वारा औपचारिक (बहु जन सुखाय, बहु जन हिताय) परोपकार गरेको हो, भन्ने भगवानको धर्म देशना लाई श्रमण गरेर त्यस राजकुमार लाई अतुलनीय भगवान बुद्धको सत्तवाप्राणीहरू प्रतिको दया (मैत्री) करुणाको महा सागरको बिषय बारेमा केहि जानकारी भएर धेरेनै अतुलनीय भगवान बुद्ध प्रति श्रद्धाको मूल फुट्यो ।

त्यसरीनै हामी भिक्षु भन्तेहरूले पनि सकेसम्म चार अपाय तर्फ झार्ने अग्नि रूपि अकुसलहरूलाई मुखमा हालेर निलेर पेट भित्र पसाई सकेका यस दायक दायिकाहरूलाई भगवानकोको तर्फबाट मैत्री करुणा राखेर देश माटो छुट्टीए तापनि स्वयं आफै गएर हुन्छ देश विदेशमा धर्म देशना प्रदर्शन उपदेश गर्दै भावनाको मार्ग औषधि ख्वाई रहेकै छ।

किन हो भने, मरेर नराम्रो दुर्गतिको भवमा जाने हुन् कि भन्ने चिन्तितले, दायक दायिकाहरूको हृदय भित्र अकुसल हरू गडेर भरिएको लाई केले कसरी नष्ट गरेर हटाएर फ्याँक्ने ? कुसलहरू ले नष्ट गर्ने । त्यस कुसलहरू मध्ये चार प्रकारका छन । जस्तै- दान, सील, समथ, विपस्सना, चार प्रकारका कुसल भएतापनि दान कुसलले नजिक लैजाने अवसर दिन्छ तर हटाउन भने सक्दैन । सील कुसलले पनि राम्रो सहयोग कारी हुन्छ तर हटाउन सक्ने छैन । समथ कुसल द्वारा पनि बाटो सिद्धिन्न । विपस्सना भावना कुसल एक मात्र द्वारा हटाएर नष्ट गर्न सकिन्छ ।

अनुवाद – बिष्णु धनञ्जय
साभार- Bodhi.tv

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्