शनिबार 11 जूलाई 2020

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

"वीर नेपाली"

ग्याल्छेन दोर्जे तामाङ | 20 जून 2020

"वीर नेपाली"

धेरै पू्र्खा लडे वीर गोर्खाली बनी!

अब आउ वीर नेपाली भै लडौं!

धेरै पू्र्खा लडे पाप युद्द!

अब आउ लडौ अस्तित्वको धर्म युद्द!

 

धेरै पू्र्खा मरे मारिए ती मरे कस्को निम्ति?

आफ्नै संसार उजाडि दिए लडेथे जस्को निम्ति!

कयौं आप्पाआमाको कोख रित्याए!

बुढेशकालको शाहारा आहारा खोसिए!

 

तिम्रै स्वास्नी हेपिन्छिन् बिधवा बनेर!

तिम्रो छोराछोरी सोध्छन खोइ आप्पा भनेर!

 

पराइ भुमिमा फगत रगत पसिना र आँसु बगाए!

आफ्नै भुमिमा साम्राज्यवादिले गास,बाँस कपास लुटिए!

त्यसैले हे वीर नेपाली हो!

आउ लडौं आखिरि अस्तित्वकाे धर्म युद्द!

 

देशद्रोही साम्राज्यबादिको काल बनेर!

आफ्नै भुमीको रक्षक पर्खाल बनेर!

भोका नाङ्गा बेशाहाराको गांस, बास, कपास बनेर!

 

युद्दको रणभुमिमा बुद्धको झण्डा गाडेर!

विनासलाइ रोक्ने सिर्जनाको बीउ छरेर!

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्