शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

जिल्ला सभा रसुवा पुनर्गठन

Lassim Hang Mongol | 4 डिसेम्बर 2018

जिल्ला सभा रसुवा पुनर्गठन

रसुवा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवा पुनर्गठन भएको छ ।
मंसिर १५ गतेका दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा रसुवाको आयोजनामा सदरमुकाम धुन्चे स्थित होटल शनसाईनको सभा हलमा किशोर गोले तामाङ ( रोहित) को सभाध्यक्षतामा एक प्रशिक्षण कार्यक्रमको बिच २४ सदस्यीय जिल्ला सभा रसुवा पुनर्गठन भएको हो । जसमा अध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र प्रचारप्रसार सचिवमा क्रमशः किशोर गोले तामाङ(रोहित), ओमसिंह तामाङ, सुक बहादुर तामाङ, फूलमाया तामाङ र मिङमार छेवाङ तामाङ रहेका छन् भने सल्लाहकारमा लछिन नुर्बु तामाङ र पर्मासिंह तामाङ छन् । त्यस्तै सदस्यहरूमा, मिङमार दोर्जे तामाङ, कामिसार्की तितुङ, दावा लामा, रविन्द्र तामाङ, जिग्मे तामाङ, सुप्रीम तामाङ, वीरबहादुर तामाङ, आईते तितुङ, वाङ्दे घले, पासाङ छिरिङ तामाङ, सुर्यमान तामाङ, सुभम तामाङ, आयुष घिसिङ, चेनचेन तामाङ, सुस्मिता तामाङ, कपमाया तामाङ र कुमार तामाङ रहेका छन् ।
संगठनका वरिष्ठ केन्द्रीय सदस्य थुप्तेन लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट आतिथ्यतामा संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय सचिवालय सचिव रिन्छेन दोर्जे तामाङ रहनु भएको थियो । अन्य अतिथिहरूमा संगठनका केन्द्रीय सदस्य साथै केन्द्रीय आर्थिक विभाग सदस्य धनमाया तामाङ , मेन लामा, प्रेममाया तामाङ, गण्डकी प्रदेश सभाका सचिव देव बहादुर थापा मगर, प्रदेश नं.-३ सभाका सदस्य कर्मा तामाङ रहनु भएको थियो ।

जिल्ला सभा रसुवा पुनर्गठन

रमेश तामाङको स्वागत मन्तव्य पछि औपचारिक रूपमा शुरूवात भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अथिती रिन्छेन दोर्जे तामाङले मानव अस्तित्व र संगठनको बारेमा प्रशिक्षण समेत प्रदान गर्नु भएको थियो । केहि शारीरिक समस्याका कारण पुर्व अध्यक्षले संगठन प्रति तनमनको बाबजुद पनि संगठनलाई पर्याप्त समय दिन नसकेकाले नयाँ पुस्ता जो निडर निर्भीक र इमान्दारी भएर संगठनलाई अगाडी बढाउन सक्षमलाई अध्यक्ष पद उहाँले नवनिर्वाचित पदाधिकारीलाई हस्तान्तरण गर्नु भएको हो भने जिल्ला सभामा अध्यक्षता संगै केहि सदस्यहरू समेत थप गरिएको छ ।
यसैबीच कार्यक्रममा जिल्लाको रिक्त पदपूर्ति साथै पुनर्गठनका लागी व्यापक छलफल पछि जिल्ला सभा रसुवाको अध्यक्षतामा किशोर गोले तामाङलाई सर्वसम्मतमा चयन गरिएको हो । नवनिर्वाचित तामाङले आगामी दिनमा संगठनको विधि र विधानको परिधिमा रहेर करिब ९० प्रतिशत मंगोलहरुको घना बस्ती रहेको रसुवामा कमजोर भएर अवशेषको रूपमा रहेको बाहुनवादको भाइरस लाई जरै देखि उखेलेर फ्याक्दै मंगोलहरुको गुमेको अस्तित्वको निम्ति निडर,निर्भिक र इमानदार भएर लड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो भने कार्यक्रम प्रदिक्षा मंगोलले सन्चालन गरेकी थिइन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्