मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बेनीबजारमा एकदिने प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न–म्याग्दी

दिपक मंगाेल | 2 फेब्रुअरी 2020

बेनीबजारमा एकदिने प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न–म्याग्दी

१ फेव्रुअरी, २०२० का दिन मंगोल नेशनल अर्गनाईजेशन दोस्रो जिल्ला अधिवेशन सभा म्याग्दीको आयोजनामा म्याग्दीको बेनीमा एकदिने परिचयात्मक प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ, 
दोस्रो जिल्ला अधिवेशन सभा म्याग्दीले अधिवेशनलाई सफल बनाउनको लागि गाउँगाउँ बस्तीबस्तीहरुमा गएर मुलवासी मंगोलहरु विउँझाउने तथा संगठन विस्तार गर्ने अभियानलाई तिव्रता दिएको छ, म्याग्दीको सदरमुकाम वेनीमा पनि वेनी नगर सभा गठन गर्ने मुख्य उद्देश्यले एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रम आयोजना भएको हो। 
दोस्रो जिल्ला अधिवेशन सभा म्याग्दीका संयोजक डिके पुन मगरको अध्यक्षता, प्रमुख अतिथी तथा प्रमुख प्रशिक्षक एम.एन.ओ. केन्दि«य मुलसचिव थमनबहादुर बुढामगर, केन्दि«य सदस्य तथा मंगोल भिजन साप्ताहिक पत्रिकाका निर्देशक प्रेम छिरिङ सेर्पा “दिक्पाल मंगोल”, गण्डकी प्रदेश सभा अध्यक्ष नविन गुरुङ, गण्डकी प्रदेश सभा सदस्यहरु रणबहादुर फगामी र कुमार रोकामगर लागाएतका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, समाजसेवी, बुद्धीजिवीहरुको समेत बाक्लो उपस्थिती रहेको थियो।
कार्यक्रममा प्रमुख प्रशिक्षक तथा केन्दि«य मुलसचिव मगरले एम.एन.ओ., मंगोलबाद दर्शन, मंगोल अस्तित्व लगाएतका विषयमा प्रशिक्ष गराउँदै, आफ्नो देशको मालिक आफै हुने आटँ गर्न उपस्थित मंगोल लोकसमुदायका विच अपिल समेत गर्नु भएको थियो, करिव ६÷७ वर्षको डौरानमा आफुले पश्चिमका मंगोलहरु पनि उठेको, जुतेको र मंगोल अस्तित्व बुझेको देख्दा मंगोलहरुको केहि वर्षकै छोटो अवधिमा जित सुनिश्चीत रहेको कुरा आफुले अनुभव गरेको बताउनु भयो। केन्द्रिय सदस्य तथा मंगोल भिजन साप्ताहिक पत्रिकाका निर्देशक दिक्पाल मंगाल र गण्डकी प्रदेश सभा अध्यक्ष नविन गुरुङले पनि आफ्नो मन्तव्य राख्दै मंगोलबाद दर्शनको बारेमा थप प्रस्ट्याउनु भएको थियो। कार्यक्रममा निवर्तमान जिल्ला सदस्य चित्र जुग्जालीले पनि अधिवेशन सभ्व र भव्य रुपमा सम्पन्न गर्नको लागि आयोजक सभालाई सफलताको शुभकामना दिनुभएको थियो।।
कार्यक्रमको संचालन दोस्रो जिल्ला अधिवेशन सभा म्याग्दीका प्रचारप्रसार सचिव एलिस रोकामगरले गर्नु भएको थियो, स्वागत मन्तव्य अधिवेशन आयोजक सभाका आर्थिक संयोजक तथा मंगोल भिजन साप्ताहिक पत्रिकाका संवाददाता दिपक मंगोलले महत्वपुर्ण समयलाई थाती राखेर मंगोल अस्तित्व र मंगोलबादको बारेमा बुझ्न आउनुभएका उपस्थित सवैलाई आभार सहित स्वागत गर्नु भएको थियो भने कार्यक्रमको समापन गर्दै अध्यक्ष डिके पुनमगरले कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्न मद्दत गर्नुहुने आयोजक सभाका पदाधिकारीहरु, अतिथीहरु, विभिन्न संस्थाका प्रतिनिधीहरु र उपस्थित सवैलाई धन्यबाद ज्ञापन गर्दै बैशाष १३ गते हुने म्याग्दी जिल्ला दोस्रो खुल्ला अधिवेशन सभालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नको लागि सवैलाई अपिल समेत गर्नु भएको थियो।

बेनीबजारमा एकदिने प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न–म्याग्दी

कार्यक्रममा प्रेम श्रीस मगरको अध्यक्षतामा १७ सदस्यीय बेनी नगरपालिका तर्दथ सभा गठन समेत भएको छ, सचिवमा हस्तिमाया रोन्तिजा मगर, सहसचिव अनुषा गर्वुजा, कोषाध्यक्षमा शिवकुमार भट्टचन लगाएत सदस्यहरु बुद्ध नेपाली, गमस सुन्नासे, तेकबहादुर चोचाङ्गी मगर, नेत्र आलेमगर, प्रितम फगामी मगर, वाचा सिर्पाली, खिम आलेमगर, ओमप्रसाद घर्तीमगर, भरत बुढाथोकी मगर, तुलबहादुर घर्तीमगर, दमप्रसाद पुन मगर, श्याम देवी पाईजामगर चयन हुनुभएको छ।  कार्यक्रम गोर्खा होटेलको सभाहलमा सम्पन्न भएको थियो। 
नवगठित तदर्थ सभालाई मुलसचिव थमनबहादुर बुढामगरले सपथ ग्रहण गराउदैँ, धन्यबाद तथा बढाई दिनुभएको थियाे भने उपस्थित विभिन्न तहका नेता तथा कार्यकर्ताहरुले पनि बढाई तथा शुभकामना प्रदान गर्नु भएको थियो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्