शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

इलामको चुलाचुली गाउँसभा गठन

Mongol Vision News | 3 अप्रिल 2019

इलामको चुलाचुली गाउँसभा गठन

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको सकृयतामा चुलाचुली गाउँपालिका सभा गठन भएको छ । चैत १९ गते मंगलवारका दिन स्थानिय मंगोल प्रेमी चन्द्र बहादुर केरूङको अध्यक्षता र संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सभाका सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यतामा मंगोल चौक स्थित एक खुल्ला प्रशिक्षण कार्यक्रमको बीच १३ सदस्यीय गाउँसभा गठन भएको हो । 

इलामको चुलाचुली गाउँसभा गठन

कार्यक्रममा वैकल्पिक केन्द्रीय सदस्य देबेन्द्र साम्पाङ अतिथि रहेका थिए भने उक्त नवगठित सभाका अध्यक्ष, सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः चन्द्र बहादुर केरुङ, सुवास तुम्रोक, रिता लिवाङ र समीर तुम्रोक रहेका छन् भने सदस्यहरूमा लाल बहादुर सुनुवार, राम बहादुर केरुङ, विकास सावा, कुशराज सुनुवार, डम्बर यवा, किरण आङदेम्बे, प्रताप राई र सन्तोष केरुङ छन् । संगठनको हरेक गतिविधि सामाजिक सन्जालहरुमा देखिरहेको र आफुहरूपनी आफ्नो वास्तविक घर मंगोल नेशनल अर्गनाइजेशनमा आउन तिव्र चाहानाका बाबजुद पनि सम्पर्क विहीन रहेकोले संगठनबारे बिस्तृत रूपमा बुझ्न नपाएको स्थानिय बासिन्दाले जनाएको छ भने उक्त प्रशिक्षण कार्यक्रम पश्चात वास्तविक बुझ्न चाहेको कुरा प्रष्ट भएसी आफ्नो घर आफै सजाउन गाउँसभा गठन गरेको चन्द्र बहादुर केरूङले बताउनु भयो । उक्त प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी मेचेले मानव अस्तित्व, संगठनको नीति, विधान र मंगोल राष्ट्रवाद लगायत नेपालको वास्तविक राजनितीबारे पनि प्रष्ट पार्नु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्