शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

लकडाउन के हो ? के–के हुन्छ यस्तो अवस्थामा ?

Mongol Vision News | 21 मार्च 2020

लकडाउन के हो ? के–के हुन्छ यस्तो अवस्थामा ?

एजेन्सी÷ विश्व स्वास्थ्य संगठनले मार्च ११ अर्थात् फागुन २८ गते कोरोना भाइरसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा ग¥यो ।
त्यही दिन नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै भन्यो, ‘महमारी फैलिएको अवस्थामा पकेट एरिया लकडाउन गर्ने योजना छ ।’
कोरोन नियन्त्रण तथा रोकथामका लागि तयारी अगाडि बढाइरहेको स्वास्थ्य मन्त्रालयले योजना २ अन्तर्गत लकडाउनको विषय राखेको थियो । मन्त्रालयको योजना २ अन्तर्गत कोरोनाको महामारी फैलिएको अवस्थामा मात्र लकडाउन गर्ने तयारी थियो ।
जसमा कोरोनाको संक्रमण फैलिएको अवस्थामा मात्र बासस्थान, निश्चित समुदाय, बस्ती, गाउँ, टोल, वडा, पालिका, जिल्ला र प्रदेशलाई पनि पकेट एरियामा राख्दै लकडाउन गर्न सकिने उल्लेख छ ।
नेपालमा अहिले कोरोना भाइरसको संक्रमण देखिएको छैन । तर नेपाल उच्च जोखिममा भने छ । यही कुरालाई ध्यानमा राख्दै नेपालमा पनि तत्कालै लकडाउन हुन सक्ने विषय निकै चर्चा र बहस भइरहेको छ । यद्यपि सरकारले आधिकारिक निर्णय भने गरिसकेको छैन। भारतले पनि कोरोनाको महामारी रोकथामका लागि जनता कर्फ्यु लगाउने निर्णय गरिसकेको छ ।
के हो लकडाउन ?
चीनको वुहानमा कोरोनाको महामारी फैलिएको बेला त्यहाँका जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए । उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने विद्यालय, बजार, बैंक, रेष्टुरेन्ट सबै बन्द भएका थिए ।
यी सब वुहानमा देखिएको कोरोनाको महामारी अन्य प्रान्तमा नफैलियोस् भन्नका लागि चीन सरकारले लिएको नीति थियो ।
सामान्य भाषामा भन्दा सरकारको कठोर निगरानी र सुरक्षा नै लकडाउन हो । जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्नका लागि गरिन्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बाबुराम मरासिनीका अनुसार लकडाउन भनेको कुनै निश्चित क्षेत्रलाई सरकारले बन्द गर्नु हो । उक्त क्षेत्रलाई प्रहरीले चारै तिरबाट घेरा हाल्छ ।
मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हो । लकडाउनलाई डा.मरासिनीले ‘हेल्थ कस्टडी’ को नाम दिएका छन् ।
यो एक प्रकारको कर्फ्यु जस्तै हो । कर्फ्यु निश्चित समयका लागि हुन्छ भने लकडाउनको समय रोग अनुसार हुने उनले बताए ।
लकडाउन गरिएको क्षेत्रमा विद्यालय, होटल तथा रेष्टुरेण्ट, बैंक लगायत मानिसको भीडभाड हुने सबै ठाउँ बन्द हुन्छ । मानिसहरु घरबाट आवत जावत गर्न पाउँदैनन् ।
मानवीय सहायता बढाउनुपर्छ
नेपालमा लकडाउन हुन सक्ने चर्चा चलिरहेका बेला विज्ञहरु भने लकडाउन गर्न सहज नहुने बताउँछन् ।
डा.मरासिनीले भने, ‘सरकारले लकडाउन गर्ने भनेर मात्र हुँदैन । मानवीय सहायताको पनि ख्याल गर्नुपर्छ । अत्यावश्यक वस्तुहरु सरकारले व्यवस्था गर्न सक्नुपर्छ । लकडाउन घोषणा गरेजस्तो कार्यान्वयन गर्न त्यति सहज छैन ।’
सरकारले लकडाउनसँगै मानवीय सहायतालाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए । बिहान कमाएर बेलुकी खाने पनि धेरै छन् । उनीहरुले के गर्ने ? ग्यास सकियो, खानेकुरा सकियो भने घर–घरमा पु¥याउने व्यवस्था सरकारले मिलाउन सक्छ ? उनले प्रश्न गरे ।
लकडाउन गर्ने हो भने सरकारले आफ्नो तयारी बढाउनुपर्ने उनको भनाई छ ।
सरकारले मानिसको भीडभाड कम गर्न यसअघि नै विद्यालय, सिनेमा हल, हेल्थ तथा जिम सेन्टर बन्द गर्न आदेश दिइसकेको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्