शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगाेल रिर्सच सेन्टरकाे लागी अार्थिक सहयाेग जारी

Rajendra Tamang | 20 अगस्ट 2019

मंगाेल रिर्सच सेन्टरकाे लागी अार्थिक  सहयाेग जारी

८०प्रतिशत अहिन्दु मुलवासी मंगाेलहरूकाे अास्थाकाे केन्द्र मंगाेल रिसर्च सेन्टर निर्माणका निमिक्त युग पुरुष अमर डा. गाेपाल गुरुङ ज्यु काे अधुराे सपना पूरा गर्ने अभियानलाई सफल पार्न मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा लमजुङका अध्यक्ष विकाश गुरूङले एक लाख एघार हजार पांच सय पचपन्न रूपैया (१११५५५)संगठनका केन्द्रिय सभाका सदस्य साेमबहादुर गुरूङलाइ हस्तान्तरण गर्नू भएकाे छ।

मंगाेल रिर्सच सेन्टरकाे लागी अार्थिक  सहयाेग जारी

यसैगरि मंगाेल रिसर्च सेन्टरकाे लागि मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा गाेर्खाका बरिष्ठ सदस्य तिम्बा घ्याल्जेनले पचपन्न हजार पांच सय रूपैया (५५५००)  साथै धादिङ खनियावास गाउंपालीका वडा नम्बर ३ निवासी हाल प्रवास सभा मलेसीयामा कार्यरत महिर तामाङले पच्चिस हजार पचास रूपैया(२५०५०)  अार्थिक रकम संगठनका केन्द्रिय सदस्य धनमाया तामाङलाइ हस्तान्तरण गर्नुभएकाे छ।सहयाेगकै क्रममा  मंगाेल नेशनल अर्गनाइजेसन धुनिवेशि नगरपालिका वडा नम्बर ३धादिङका अध्यक्ष सुनिल तामाङले पांचहजार रूपैया(५०००) रकम   हस्तान्तरण गर्नुभएकाे छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्