शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मकवानपुरको थाहा नगरसभामा मंगोल कार्यकर्ता प्रशिक्षण सम्पन्न

Nabaraj Tamang | 9 अप्रिल 2022

मकवानपुरको थाहा नगरसभामा मंगोल कार्यकर्ता प्रशिक्षण सम्पन्न

हेटौंडा, ९ अप्रिल २०२२/मंगोल नेसनल अर्गनाइजेसन थाहा नगरसभा मकवानपुरको आयोजनामा एक दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम तथा थाहा नगर सभा पुनर्गठन सम्पन्न भएको छ । उक्त कार्यक्रम थाहा नगरसभाका अध्यक्ष सुरज बलको सभाध्यक्षमा एवं प्रमुख अतिथि केन्द्रीय सदस्य तथा कार्यालय सचिव रिन्छेन तामाङ र विशिष्ट अतिथि केन्द्रिय सदस्य जिवन स्याङतानको उपस्थितिमा होटल शंकरको सभाहल शिखरकोटमा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित लोक समुदायहरुलाई कार्यक्रमका प्रमुख अतिथि तामाङले मानव उत्पत्ति, अस्तित्व र पहिचान, एम. एन. ओ. को राजनैतिक अवधारणा र उद्देश्यका बारेमा प्रष्ट्याउनु भएको थियो । प्रशिक्षणको दौरानमा उहाँले अबको समय आफ्नो अस्तित्व, हक अधिकारको साथै मुलुकको उन्नति र प्रगतिको निमित्त भाले चिन्हमा मतदान गर्नुपर्ने टड्कारो आवश्यकता रहेको जगजाहेर गर्नुभयो । कार्यक्रममा अन्य अतिथिको रुपमा प्रदेश सभाका सहसचिव कर्म तामाङ, जिल्ला सभा मकवानपुरका अध्यक्ष विक्रम थिङ तथा कोषाध्यक्ष बिरबहादुर गोलेको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम नगर सभा सचिव राजकुमार गोलेले सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्