शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

निलकण्ठ नगर सभाकाे प्रथम अधिवेशन भब्यताका साथ सम्पन्न

Rajendra Tamang | 8 जून 2019

निलकण्ठ नगर सभाकाे  प्रथम अधिवेशन भब्यताका साथ  सम्पन्न

धादिङ /मंगाेल नेशनल अर्गनाइजेसन निलकण्ठ नगर सभा धादिङकाे प्रथम अधिवेशन सभा 7jun 2019 का दिन सम्पन्न भएकाे छ। निलकन्ठ नगर सभाका पुर्वनगर सभाका अध्यक्ष चाेक बहादुर तामाङकाे सभाध्यक्षता तथा संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।यसैगरी कार्यक्रमका विशिष्ट अतिथि संगठनका बरिस्ठ केन्द्रिय सदस्य थुप्तेन लामा,विशेष अतिथि संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ रहनुभएको थियो ।

निलकण्ठ नगर सभाकाे  प्रथम अधिवेशन भब्यताका साथ  सम्पन्न

प्रमुख अतिथि मेचेले सभा लाई सम्बोधन गर्नुहुदै मुलवासी मङ्गोलहरुले आफ्नो अस्तित्व स्थापितमा समर्पित रहेर साहसिक यात्रामा लागेर बाहुनबादको जन्जिर छिनाइसकेको बताउनु भयो ।निलकन्ठ नगर सभामा चयन हुनुभयका पधादिकारीहरुलाइ प्रमुख अतिथि बुद्धलाल मेचेले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।अतिथिहरुमा संगठनका केन्द्रिय आर्थिक सभा सदस्य धनमाया तामाङ ,3नम्बर प्रदेश सभा सचिब राजेन्द्र तामाङ , 3नम्बर प्रदेश सभा प्रचार प्रसार सचिब सालिक थापा मगर ,धादिङ जिल्ला अध्यक्ष सन्तोष कुमार तामाङ ,चितवन जिल्ला अध्यक्ष टेक तामाङ ,लमजुङ जिल्ला अध्यक्ष बिकास गुरुङ ,गोर्खा जिल्ला प्रतिनिधि तेम्बा ग्यल्जेन लगायत रहनु भएको थियो ।निलकन्ठ नगर सभाको प्रथम अधिबेशन बाट क्रमश अध्यक्ष रामबहादुर श्रेष्ठ ,सचीव बिस्नुराज श्रेष्ठ ,कोसाध्यक्ष दिलमाया गुरुङ ,सहसचिव कृष्ण बहादुर नेपाली ,बरिस्ठ सदस्यहरु :बिरबहादुर तामाङ ,गौथली तामाङ ,सदस्यहरु :प्रकाश तामाङ ,होम बहादुर तामाङ ,चमन तामाङ ,दुर्गा तामाङ ,राजन तामाङ,कालू तामाङ ,सोनी तामाङ ,सबिता तामाङ ,धन माया गुरुङ ,अनिता तामाङ ,कमला गुरुङ चयन हुनुभएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्