बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

३१औं स्थापना दिवस तथा दोस्रो नवलपुर जिल्ला अधिबेशन कार्यक्रम सम्पन्न

Mongol Vision News | 3 जनवरी 2020

३१औं स्थापना दिवस तथा दोस्रो नवलपुर जिल्ला अधिबेशन कार्यक्रम सम्पन्न

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नवलपुरको आयोजनामा एमएनओको ३१औं स्थापना दिवस तथा दोस्रो नवलपुर जिल्ला अधिबेशन भब्यरुपमा सम्पन्न गरेको छ ।

      नवलपुर जिल्लाको सदरमुकाम कावासोती फलफूल चोकमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचे रहनु भएको थियोे भने बिशिस्ट अतिथिद्वय संगठनका मुलसचीव थमन बहादुर बुढामगर र सचीव सन्तोष तामाङ रहनु भएको थियो । नवलपुर जिल्लासभाका अध्यक्ष जय बहादुर सारु मगरको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा केन्द्रियसभाबाट प्रबक्ता दिलिप धिमाल , वरिष्ठ केन्द्रिय सदस्यहरु लामा थुप्तेन सेर्पा , शान्तिलाल धिमाल , केन्द्रियसदस्यहरु कल्पना थापामगर केशु राजकोटि मगर ,राज कुमार गुरुङ, धनमाया तामाङ, रिन्छेन दोर्जे तामाङ , सोम गुरुङ, लाल बा दर्लामी मगर, प्रबिना थापामगर, भिम बहादुर राना, तेजकुमारी आले, शिव बहादुर गुरुङ, पम्फा सिंजाली, चन्द्र कुमारी गुरुङ । जय कलि दर्लामी मगर, कुमार गुरुङ, कासिमा तामाङ, कुमार मगर, मोहन मगर, लालामान घर्तिमगर, मंगोल भक्त खपाङी मगर, सुरज फोम्बो लिम्बू, चन्द्र बान्तवा राई, मेन लामा, प्रेम छिरी शेर्पा, जोनि बिक करण, सिह नेपाली, सुनिता लिम्बू केन्द्रिय सल्लाहकार गौरिमान योङहाङ लगायत प्रदेश न -१ अध्यक्ष भास्कर चाम्लिङ ५ " दिपक थापा गण्डकी प्रदेश अध्यक्ष नवीन गुरुङ उपस्थिति रहेको थियो भने नव गठित पदाधिकारीहरूलाई सफल कार्यकालको बधाई एवम् नव वर्ष सन २०२० को शुभकामना सम्पुर्ण उपस्थित लोकसमुदायमाझ राख्दै आफ्नो मन्तब्य ब्यक्त गर्नुहुने अतिथिहरुमा - तोप खाम्चा, घनश्याम चौधरी, भास्कर चाम्लिङ, नवीन गुरुङ, धन माया तामाङ, रिन्छेन दोर्जे तामाङ, प्रेम छिरी शेर्पा, कल्पना थापा, राज कुमार गुरुङ, सचीव सन्तोष तामाङ, मुलसचिव थमन बुढा मगर र प्रेसिडेन्ट बुद्ध लाल मेचे रहनुभएको थियो ।

३१औं स्थापना दिवस तथा दोस्रो नवलपुर जिल्ला अधिबेशन कार्यक्रम सम्पन्न

हजारौं हजार मुलवासी मंगोलसमुदायको उपस्थिति रहेको उक्त कार्यक्रममा मंगोल कलाकारहरुले उत्कृष्ट नृत्य तथा गायन पनि प्रस्तुत गरेका थिए । बरचुली गुरुङ बौद्ध गुम्बाबाट सुरुभएको बृहत र्याली कावासोतीको मुख्य बजार परिक्रमा गर्दै फलफूल चोकमा आएर विशाल मंगोल सभामा परिणत भएको थियो । धनसिंह थापामगरले उक्त कार्यक्रममा स्वागत मन्तब्य राखेका थिए भने बिमला सारु मगर र एमएनओ केन्द्रिय सभा सदस्य आयुस मंगोल बिकले कार्यक्रम संचालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्