शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

२६औं विश्व मूलवासी दिवसको अवसरमा झापाका पुराना कार्यकर्ता, शुभचिन्तक सम्मानित

Mongol Vision | 9 अगस्ट 2020

२६औं विश्व मूलवासी दिवसको अवसरमा झापाका पुराना कार्यकर्ता, शुभचिन्तक सम्मानित

झापा/ २६औं विश्व मूलवासी दिवसको अवसरमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापा र मेचिनगर नगर सभाको संयुक्त आयोजनामा सम्पन्न एक कार्यक्रममा झापा जिल्लाका पुराना कार्यकर्ता तथा शुभचिन्तकहरुलाई सम्मान गरिएको छ । झापाको मेचिनगर वडा - २ शान्ति मार्ग स्थित प्रारम्भिक मंगोल रिसर्च सेन्टर भवनको सभाहलमा झापा जिल्लाका अध्यक्ष लासीम हाङ मंगोलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा मंगोल नेशनल अर्गनाइजेशनका प्रेसिडेण्ट बुद्धलाल मेचे रहनु भएको थियो भने विशिष्ट अतिथिहरुमा क्रमशः संगठनका केन्द्रीय सचिव सन्तोष तामाङ र वरिष्ठ केन्द्रीय सदस्य शान्तिलाल धिमाल रहनु भएको थियो । ।त्यस्तै अन्य अतिथिहरुमा संगठनका केन्द्रीय सदस्य श्याम लिम्बू, एक नम्बर प्रदेश सभा सचिव सागर राई र सदस्य दिनेश चाम्ललि रहेका थिए । २६औं विश्व मूलवासी दिवसको अवसर पारेर टिकानारायण प्रधान, तुलसी धिमाल, अनबदि धिमाल, पहलमान थाम्सुहाङ लिम्बू, होक्कल सिंह मेचे र पर्सुराम मेचेलाई सम्मान गरिएको हो । कार्यक्रममा मेचिनगर नगर सभाका सचिव सिनारा मेचेले स्वागत मन्तव्य राखेकी थिइन् । त्यसैगरी कार्यक्रमका मुख्य आकर्षक प्रमुख अतिथि प्रेसीडेण्ट बुद्धलाल मेचेले २६औं विश्व मूलवासी दिवसको पावन अवसरमा शुभकामना प्रदान गर्नुहुदैं हामीले निर्णायक धार्मिक लडाइँ लड्नु पर्ने समय आएको कुरामा जोड दिनु भयो । 

२६औं विश्व मूलवासी दिवसको अवसरमा झापाका पुराना कार्यकर्ता, शुभचिन्तक सम्मानित

मन्तव्यकै क्रममा उहाँले अस्तित्वको लडाई निक्कै डरलाग्दो र निर्णायक बन्ने जिकिर गर्नुहुदैँ अस्तित्वको निम्ति आउने चुनाबमा देशकै नेता बन्न नेता तथा कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो । कार्यक्रमा विशिष्ट अतिथी सन्तोष तामाङ लगायत केन्द्रिय सदस्य श्याम लिम्बू, एक नम्बर सभा सचीव सागर  राई, मेचिनगर नगर सभा सदस्य किशोर धिमाल र झापा जिल्ला सभाका कोषाध्यक्ष वीरबल योङहाङ लिम्बूले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो । उक्त औपचारिक कार्यक्रमलाइ झापा जिल्ला सचिव बानीरा मेचे र मेचिनगर नगर सभा अध्यक्ष सागर दर्जिले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्