शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

पोखरामा र्याली सहित वृहत् कोण सभा गरि २५ औं विश्व मुलवासी दिवस सभ्य र भव्य रुपमा सम्पन्न

Anita Thapa magar | 11 अगस्ट 2019

पोखरामा र्याली सहित वृहत् कोण सभा गरि २५ औं विश्व मुलवासी दिवस सभ्य र भव्य रुपमा सम्पन्न

August 9 ,2019 का दिन  मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा कास्कीको आयोजनामा जिल्ला सभाको कार्यलय , न्युरोडबाट सुरु भएको र्यालि सभागृह चोक हुँदै लखन चोकमा पुगेपछि कोण सभामा परिणत भयो । उक्त कोण सभाको सभाधक्ष्यता जिल्ला अध्यक्ष रियाज गुरुङज्युले गर्नु भएको थियो । यसरी यसै कोण सभाकै क्रममा सहिद लखन थापा मगरको मुर्तिमा खदा अर्पण गरियो। कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन पोखरा महानगरपालिकाका अध्यक्ष ज्ञानराज गुरुङ जिल्ला सदस्य गेम बुढा मगर ,जिल्ला सभाका प्रचारप्रसार सचिव श्री मान थापा मगर , गण्डकी प्रदेश सदस्य मिनु गुरुङ , भिम गुरुङले मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा अध्यक्ष गुरुङज्युले मुलवासी दिवस मनाउनुको कारण बताउदै आदिवासी र जनजातिबिछ प्रस्ट्याउनु भयो ।विभिन्न कालखण्डमा मंगोललाइ घृणित शब्द जस्तै किराँती मतुवाली , जनजाती , आदिवासी इत्यादी नाम दिइएको पनि बताउनुभयो।विश्व मुलवासी दिवस मनाउन पाउनुको मुख्य श्रेय ग्वाटेमालाका रिगोवेर्टा मेन्क्जु टमलाइ दिनु भयो। त्यसै गरि 9 अगस्त विश्व आदिवासी दिवस नभइ मुलवासी दिवस रहेको र बाहुन क्षेत्रीको हनुमान हाम्रै अनुहारका केही व्यक्तिहरुले आदिवासी दिवस भन्दै मनाएर जनतालाइ भ्रममा राखेको बताउनुभयो ।अध्यक्षज्युले हामी नाक थेप्चो , आखा चिम्सो सम्पुर्ण मंगोल अन्तर्गत पर्ने हुँदा 80% मंगोलहरुको अस्तित्व सुनिश्चित गर्नको लागि मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट युग पुरुष डा. गोपाल गुरुङज्युले दिनु भएको योगदान र मंगोल नेशनल अर्गनाइजेसनले गरेका कार्यहरु बारेमा प्रष्ट पार्नु भयो ।यसरी अत्यन्तै गहकिलो मन्तव्य का साथ अध्यक्षज्युले कोण सभाको विसर्जन गर्नुभएकाे थियाे।

पोखरामा र्याली सहित वृहत् कोण सभा गरि २५ औं विश्व मुलवासी दिवस सभ्य र भव्य रुपमा सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्