बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

स्थानीय तहको चुनावमा एम एनओका १९ सय ३२ जनाको उम्मेद्बारी

Mongol_vision | 1 मे 2022

स्थानीय तहको चुनावमा एम एनओका १९ सय ३२ जनाको उम्मेद्बारी


काठमाडौ / बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्बाचनमा मंगोल नेशनल अर्गनाइजेशनका १९ सय ३२ जनाले विभिन्न पदको लागि उम्मेद्बारी दिदै चुनाबी मैदानमा उतिएका छन । सरकारले स्थानीय तह निर्वाचनको लागि बैशाख ११ र १२ गते उम्मेद्बारी दर्ताको मिति तय गरे अनुरुप एम एनओका उमेदवारहरुले उम्मेद्बारी दर्ता गर्नु भएको थियो ।
निर्बाचन आयोगले जारी गरेको उमेदवारहरुको विवरण अनुसार एम एनओको तर्फ बाट प्रमुख ( मेयर) मा ७९ जनाले उम्मेद्बारी दिनु भएको छ भने उप प्रमुखमा ६१ जनाले उम्मेद्बारी दर्ता गराउनु भएको छ । त्यतै अध्यक्षमा ११५ र उपाध्यक्षमा ७६ जनाले उम्मेद्बारी दर्ता गराउनु भयो । त्यसै गरि वाड अध्यक्षमा ५७४ जनाले उम्मेद्बारी दर्ता गराउनु भएको छ र अन्य सदस्यहरु सहित कुल १९३२ उमेदवारहरुले चुनाबी मैदानमा उत्रएका छ्न ।संगठनले स्थानीय तहको चुनाबमा ४४ जिल्लाको महानगर पालिका , उप महानगर पालिका , नगर पालिका र गाउँ पालिका उमेदवार उठाएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्