बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धादिङकाे त्रिपुरा सुन्दरीमा एम.एन.ओ.

Rajendra Tamang | 5 अक्टोबर 2019

धादिङकाे त्रिपुरा सुन्दरीमा एम.एन.ओ.

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको सक्रियतामा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम तथा वडा सभा गठन कार्यक्रम सम्पन्न भएको छ । त्रीपुरा सुन्दरी गाउपालिका वडा नम्बर 7 स्थित युवा प्राथमिक बिद्यालयको प्राङ्गणमा रुपा गुरुङको अध्यक्षता मा सम्पन्न कार्यक्रम मा संगठनका केन्द्रीय सर्वोच्च सभाका सदस्य रिन्चेन दोर्जे तामाङको प्रमुखा आतित्यथा रहेको थियो । जिल्ला सभा धादिङका अध्यक्ष तथा मंगोल गायक सन्तोष कुमार तामाङ तथा मेन्दोमाया गायक शान्त बहादुर तामाङको गित सङ्गितले माहोल तातेको थियो । केन्द्रिय सभाका सदस्य धनमाया तामाङ को बिशेष आतिथ्या रहेको कार्यक्रम मा केन्द्रिय सभाका बैकल्पिक केन्द्रिय सदस्य प्रेम श्रेष्ठ जिल्ला सभा धादिङका अध्यक्ष सन्तोष कुमार तामाङ, गोरखा जिल्ला सभा सदस्य तेम्बा घ्याल्जेन लगायतको उपस्थिती रहेको कार्यक्रम स्थानीय बासिन्दा मंगोलहरुले उल्लेखनीय उपस्थिति रहेको थियो ।

धादिङकाे त्रिपुरा सुन्दरीमा एम.एन.ओ.

कार्यक्रम मा अतिथी विशेष अतिथी प्रमुख अतिथिले नेपालको राजनीति मा मंगोल नेशनल अर्गनाइजेशनको आवश्यकता लगायतको बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको कार्यक्रम कै अवसरमा रुपा गुरुङको अधक्षतामा मंगोल नेशनल अर्गनाइजेशन त्रीपुरा सुन्दरि गाउपालिका 7 नम्बर वडा सभा गठन भएको छ । उक्त सभाका सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमश : लालकाजी तामाङ, तारा तामाङ , राजकुमार तामाङ तथा सदस्यहरु धान बहादुर तामाङ, नारायण तामाङ, राजकुमार तामाङ ख,सबिना तामाङ, देव काजी तामाङ, राम बहादुर तामाङ, बाबुराम तामाङ, सुजन तामाङ, सम्पन तामाङ, रमेश तामाङ, मसुन तामाङ, राज कुमार तामाङ ग, भिम बहादुर तामाङ, सपना तामाङ, अष्ट माया तामाङ, फुलमाया तामाङ, अर्जुन तामाङ, विशाल तामाङ, गङ्गा तामाङ निर्वाचित हुनु भएको छ । निर्वाचित सम्पुर्ण पदाधिकारी हरुलाइ कार्यक्रमका प्रमुख अतिथि  तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने जिल्ला सभा अध्यक्ष सन्तोष कुमार तामाङ ज्युले खादाक लगाएर बधाई दिनु भएको थियो । कार्यक्रम 3 नम्बर प्रदेश सभाका प्रचार प्रसार सचिव सालिक थापा मगरले सन्चालन गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्