शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अन्तर्राष्ट्रिय मंगोल एकता समाज युएईको दोश्रो महाधिवेशन जनवरी ११ मा

Lassim Hang Mongol | 4 जनवरी 2019

अन्तर्राष्ट्रिय मंगोल एकता समाज युएईको दोश्रो महाधिवेशन जनवरी ११ मा

काठमाडौं/ अन्तर्राष्ट्रिय मंगोल एकता समाज युएईको दोश्रो महाधिवेशन साथै मंगोल नेशनल अर्गनाइजेशनको ३०औं स्थापना दिवस यहीँ जनवरी ११ तरिखमा युएईको बरदुबैमा हुने भएको छ ।
मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रवक्ता एवम् मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीकाका सम्पादक दिलिप धिमाल र केन्द्रीय सदस्य एवम् केन्द्रीय सचिवालय सचिव रिन्छेन दोर्जे तामाङद्धयको आतिथ्यतामा आयोजक सभाले आफ्नो दोश्रो महाधिवेशन संगै संगठनको ३०औं स्थापना दिवस गर्न लागिरहेको छ । तमु ल्होसारको अवसर पारेर समाजले आफ्नो दोश्रो महाधिवेशन संगै बृहत् सांस्कृतिक कार्यक्रम समेत गर्ने भएको छ । कार्यक्रममा विभिन्न गायक गायिकाहरुले सांस्कृतिक प्रस्तुती प्रदान गर्ने युएई अध्यक्ष अमर धिमालले मंगोल भिजन संगको कुराकानिमा बताउनु भयो । त्यस्तै कार्यक्रमको मिडिया पार्टनरको लागी मंगोल भिजन राष्ट्रीय साप्ताहिक पत्रीका रहेको छ ।
 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्