शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एमएनअाे काे दशै बहिस्कार कार्यक्रममा केही अराजक व्यक्तिहरुद्वारा अाक्रमण ।

Sudeep Sinjali | 9 अक्टोबर 2019

एमएनअाे काे दशै बहिस्कार कार्यक्रममा केही अराजक व्यक्तिहरुद्वारा अाक्रमण ।

८ अक्टुवर २०१९/नवलपुर

एमएनअाे जिल्ला सभा नवलपुरले अायाेजना गरेकाे कथित दशै बहिस्कारकाे कार्य क्रम अन्तर्गत हामी मंगाेल हिन्दु हाेईनाै भन्ने लेखिएकाे प्लेकार्ड बाेकेर माैन र्यालीले नवलपुरकाे पुर्वपश्चिम राजमार्गमा केउरेनी चाेक देखि रजहर बजार सम्म पुगी बिहानकाे करिब बिहानकाे १० बजे रजहरमा काेण सभामा परिणत भएकाे थियाे। काेण सभा समापन भए लगत्तै केही त्यही स्थानिय व्यक्तिहरुले विराेध जनाउदै हल्ला खल्ला गर्न सुरु भएकाे थियाे। अाक्रमक शैलिमा अाएका केही व्यक्तिहरुले कार्यक्रममा सहभागीहरुमाथी हातपात सुरु गरेकाे थियाे। ईलाका प्रहरी कार्यालयमा अायाेजक सभाले अघिल्लाे दिनमा नै कार्यक्रम सम्बन्धि लिखित जानकारी गराएकाे थियाे त्यसैले सुरक्षार्थ खटेका केही प्रहरीहरुले उक्त भिड नियन्त्रण गर्न नसकी एमएनअाेका केही नेता कार्यक्रतालाई सुरक्षार्थ भनी ईलाका प्रहरी कार्यालय रजहरमा लगिएकाे छ। बन्दी गृह भित्र रहेका एमएनअाे केन्द्रीय सदस्य कुमार गुरुङकाे भनाई अनुसार थप सुरक्षाकाे निम्ति भनेर जिल्ला प्रहरी कार्यालयका प्रमुख कै अादेशमा जिल्ला प्रहरी कार्यालय कावासाेतीमा ल्याईएकाे छ। सुरक्षाकाे निम्ति भनेर एमएनअाेकाे विभिन्न तहका कार्याक्रता कुमार गुरुङ, कुल ब. श्रीस, दूध ब. अाले र उनकाे श्रीमती दिल कु. अाले, कान्ता ब. राना र तम ब. थापालाई एक्कासी थुनुवा गृहमा लगिएकाे छन् । घटनाकाे थाहा पाएर मंगाेल नेशनल अर्गनाईजेशन केन्द्रीय सभाका मुलसचिव थम्मन ब. बुढामगर लगायत केही पदाधिकारी जिल्ला प्रहरी कार्यालय मा पुगेका थिए। तर जिल्ला प्रहरी कार्यालयका प्रमुख दशै टीका लगाउन पाेखरा गएकाे र प्रमुखकै अादेशमा थुनिएकाे कारणले कार्यालय प्रमुख अायरै छलफल हुने निस्कर्ष सहित एमएनअाे का माथिल्लाे तहका पदाधिकारी फर्किएकाे थिए। जिल्ला प्रहरी कार्यालयका नायव निरिक्षकसंग मंगाेल भिजनले कुरा गर्दै उनिहरुलाई किन थुनामा राखिएकाे भन्ने सन्दर्भमा धार्मिक सहिस्णुतामा खलल पुर्याउने कार्य गरेकाे भनेर अनुसन्धानकाे निम्ति नियन्त्रण गरिएकाे भन्ने जानकारी प्राप्त भएकाे छ। कार्यालय प्रमुख नभएकाे कारण २४ घण्टा अनुसन्धान काे लागि राखिने र कार्यालय प्रमुख एसपी अाए पछि मात्र छलफल अगाडि लै जाने भनी टुङ्गिएकाे छ। 

एमएनअाे काे दशै बहिस्कार कार्यक्रममा केही अराजक व्यक्तिहरुद्वारा अाक्रमण ।

हिन्दुहरुकाे चाँड भनेर चिनिने कथित दशै नेपालमा निकै धुमधामका साथ मनाउदै अाईरहेकाे छ। हिन्दुहरुकाे भनाई अनुसार कथित दुर्गाले महिसासुर राक्षसलाई मारेकाे दिन हाे भनियता पनि मंगाेल नेशनल अर्गनाईजेशनले सन् १५५९ मा लिगलिगकाेट र गाेर्खाकाे राजा घले र मानसिङ खड्का मगरकाे टाउकाे काटी रगत चामलसंग मुसेर लगाएकाे हाे भन्दै अाईरहेकाे छ।। मंगाेल नेशनल अर्गनाईजेशनले काटिने राजा मुलबासी मंगाेल भएकाे र काट्ने चाहिँ हिन्दु राजा द्रब्य शाह, गणेश पाण्डे, नारायण अर्याल लगायतका अार्यहरु रहेकाे दावी गर्दै अाई रहेकाे छ। हिन्दु अार्यहरुले सड्यन्त्र पुर्वक अाफ्नाे मंगाेल पुर्खाहरुलाई मारेर राज्य शत्ता कब्जा गरेकाे र मंगाेल पुर्खाकाे खुनकाे टीका लगायर विजयादशमी मनाएकाेले उक्त दशै मनाउन छाेड्नु पर्ने मंगाेल नेशनल अर्गनाईजेशनले भन्दै अाईरहेकाे छ। बिगत स्थापना देखि नै मंगाेल नेशनल अर्गनाईजेशनले याे लाेकतान्त्रिक, धर्मनिरपेक्ष र संघियता संम्म देश अाईपुग्दा त्यही पुरानाे शत्ता प्राप्तीकाे खुनी खेललाई प्रतिनिधित्व गर्ने पर्वले समाजमा अराजकता फैलिई समाजमा समानता, स्वतन्त्रता र भातृत्व कायम नरहने जसले नेपालमा दिगाे शान्ती कायम नहुने भन्दै हरेक वर्ष दशै बहिस्कार गर्ने गर्दै अाइरहेकाे छ। एमएनअाे संगठन समानता, स्वतन्त्रता र भातृत्व काे लागि सदैब संघर्ष गर्ने भन्दै पुरानाे हिन्दु राज्य शत्ताले गरेकाे बिभेद र त्यसकाे संस्कारगत अभ्यासकाे नकारात्मक कुराहरुलाई अहिले लाेकतान्त्रिक मुलुक भै सक्दा पनि परिवर्तन हुन नसक्नुकाे कारण याे देश अझैपनि समृद्ध हुन नसकेकाे हाे भन्दै परिवर्तनकाे निम्ति संघर्ष गर्ने भनी एमएमअाे का केन्द्रीय तहका एक नेताले मंगाेल भिजनलाई बताउनु भएकाे थियाे। 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्