बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बगना काली गाउँ सभाको प्रथम गाउँ अधिबेशन भब्य रुपमा सम्पन्न

दिपेन्द्र खाम्चा मंगाेल | 1 मे 2019

बगना काली गाउँ सभाको प्रथम गाउँ अधिबेशन भब्य रुपमा सम्पन्न

  पाल्पा/ मंगोल नेसनल अर्गनाइजेसन बगना काली गाउँ सभाको प्रथम  गाउँ अधिबेशन भब्यताको साथमा सु - सम्पन्न भएको छ ।       

              बगना  काली गाउँ पालिकाको चिलाङ्ग्दी खेल मैदानको प्राङ्गणमा गत चैत २६ गते गाउँ सभाको प्रथम गाउँ अधिबेशन को खुल्ला सभा सम्पन्न भएको हो। पाल्पा जिल्ला सभाका सचिब पुरण दर्लामी मगरको अध्यक्षता तथा संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यता एबम संगठनका केन्द्रीय मुल सचिब थमन बुढा मगरको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो भने अतिथिहरुमा केन्द्रीय सदस्य तथा केन्द्रीय अनुशासन सभा सदस्य लाल बहादुर दर्लामी , केन्द्रीय सदस्य एबम मंगोल भिजन राष्ट्रिय साप्ताहिकका निर्देशक प्रेम छिरी शेर्पा , केन्द्रीय सदस्य जय कलि दर्लामी , गण्डकी प्रदेश सभा अध्यक्ष नवीन गुरुङ , प्रदेश न ५ सभाका पदाधिकारी हरु , पाल्पा जिल्ला सभा अध्यक्ष तोप खाम्चा , लगायत विभिन्न गाउँ सभा का प्रतिनिधिहरु रहनु भएको थियो ।

          कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय प्रेसिडेन्ट मेचेले संगठन को पाँच कान्ति स्वरुप पाँच मैन बत्ती बालेर बिधिवत रुपमा खुला सभा कार्यक्रम उदघाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थापक प्रेसिडेन्ट अमर डा गोपाल गुरुङको सम्झनामा १ मिनेट मौन धारण समेत गरियो । त्यस लगतै प्रथम गाउँ सभा अधिबेशनको बन्द सभामा निर्बाचित पदाधिकारीहरु लाई प्रमुख अतिथी लगायत अतिथिहरुले खदा लगाइ कार्य सफलताको शुभकामना प्रदान गर्नु भएको थियो । खुल्ला सभा कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेले निडर बनेर मंगोलवाद दर्शन फैलाउन सम्पुर्ण नेता कार्यकर्ता लाई निर्देशन दिनु भयो ।त्यस्तै उहाले एम एनओ लाई अब कुनै शक्ति ले पनि रोक्न नस्क्ने दाबी समेत गर्नु भयो । त्यसै गरि कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका बिशेष अतिथी केन्द्रीय मुल सचिब थमन बुढा मगरले मंगोल जितको नजिक पुगि सकेको ले निर्धक बनेर संगठनको काम गर्नु मा जोड दिनु भयो । कार्यक्रम मा केन्द्रीय सदस्यहरु लाल बहादुर दर्लामी , प्रेम छिरी शेर्पा , जय कलि दर्लामी , लगायत प्रदेश सभाका प्रतिनिधि , जिल्ला सभाका प्रतिनिहरुले पनि आ आफनो मन्तव्य राख्नु भएको थियो । खुल्ला सभा कार्यक्रममा मंगोल कलाकारहरुले विभिन्न गित नृत्य प्रस्तुत गर्नु भएको थियो । गोबिन्द्र रेस्मीले स्वागत मन्तव्य राखनु भएको कार्यक्रम सुनिता गाहा र लक्ष्मण गाहाले संयुक्त रुपमा सचालन गरेका थिए ।

     दान बहादुर दम्बरपालको अध्यक्षतामा ३२ सदस्यीयगाउँ सभा

       यसै बीच प्रथम बगना काली गाउँ अधिबेशनको बन्द सभाले दान बहादुर दम्बरपालको अध्यक्षतामा ३२ सदस्यीय नबनिर्बाचित पदाधिकारी हरुको चएन गरेको थियोे । जस्को सचीव ,कोषाध्यक्ष,सह सचिव क्रमशः मीन कुमारी दर्लामी,हेम बहादुर राना,गुन बहादुर आले सदस्य हरुमा उमा सारु,दिपक सिङ्जाली,गुन बहादुर गाहा,शिला रेश्मी,सुनिता गाहा,गणेश गाहा,उम बहादुर गाहा,पर्णकला कनौजे,प्रकाश हिताङ्गा,शालिकराम कुवर,रिजन कुवर,हेमकला कुवर,चन्द्र घर्तिमगर,ओनिस कृष्ण गाहा,कमला दर्लामी,नैन सिङ दर्लामी,दिपक खाम्चा,भुवन खाम्चा,भुपाल सिङ थापा मगर,चन्द्रा रझाली,बिष्णु राना,सीता आले,हेमा राना त्यतै सहल्लाकारमा यम बहादुर सारु,शेर बहादुर राना,जङ्ग बहादुर राना,रुद्रबिर रेश्मी,हिरा बहादुर गाहालाइ चयन गरेको दिपेन्द्र खाम्चाले जानकारी गराउनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्