शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भानु नगरपालिकाको खहरेमा एमएनअोको प्रशिक्षण

Baneera Mongol Meche | 18 मार्च 2019

भानु नगरपालिकाको खहरेमा एमएनअोको प्रशिक्षण

तनहुँ / मंगोल नेशनल अर्गनाइजेशन तनहुँ जिल्ला सभाको अायोजनामा तनहुँको भानु नगरपालिकामा एकदिने मंगोलवाद र अस्तित्व विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

भानु नगरपालिकाको खहरेमा एमएनअोको प्रशिक्षण

    तनहुँ जिल्ला सभाका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षता र केन्द्रीय सदस्य प्रेमछिरी शेर्पाको प्रमुख अातिथ्यता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथि संगठनका केन्द्रीय सदस्य प्रविना थापा मगर रहनुभएको थियो त्यस्तै अतिथिहरुमा गण्डकी प्रदेशका अध्यक्ष नवीन गुरुङ, कोषाध्यक्ष निर्मल अाले, प्रचारप्रसार सचिव अनिता थापा मगर, स्याङ्जा जिल्ला सचिव राजु गुरुङ, प्रवास सभा अफगानिस्तानका प्रतिनिधि भक्त बहादुर गुरुङ, कास्की जिल्ला सदस्य अम्बिका गुरुङ साथै अन्य स्थानीय बुद्धिजीवी र समाजसेवीहरु लगायत रहनुभएको थियो ।

कार्यक्रममा उपस्थित अहिन्दु मूलवासी गुरङ लोकसमुदायको उल्लेखनीय उपस्थिति रहेको प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथि संगठनका केन्द्रीय सदस्य प्रेमछिरी शेर्पाले मंगोलवाद र मानव अस्तित्वको विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रम पश्चात् ज्ञान बहादुर गुरुङको अध्यक्षतामा ३३ सदस्यीय भानु नगरपालिका वडा नं.- ३ वडा सभा गठन भएक‍ छ । जसको सचिव, कोषाध्यक्ष र सहसचिवमा क्रमशः सुनिल गुरुङ, दुर्मति गुरुङ र सुनिता गुरुङ रहेका छन् । त्यस्तै सदस्यहरुमा राज गुरुङ, धनकुमारी गुरुङ, राम बहादुर गुरुङ, कुलमान गुरुङ, राजु अाले मगर, तलिम बहादुर गुरुङ, कृष्ण गुरुङ, मान बहादुर गुरुङ, भुपाल गुरुङ, पदम बहादुर रानामगर, निशा गुरुङ, मिना गुरुङ, टेक बहादुर घले, दुर्गा बहादुर गुरुङ, रमना गुरुङ, तीर्थमाया गुरुङ, तिनमाया गुरुङ, कालीमाया गुरुङ, डोमराज गुरुङ, सुनिल गुरुङ, चिजराज गुरुङ, खुशीराम गुरुङ, याम बहादुर गुरुङ, शेर बहादुर गुरुङ, धन सुब्बा गुरुङ र हस्त गुरुङ रहेका छन् ।

 

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्