शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

डा.गाेपाल गुरुङकाे तेस्राे वार्षिक स्मृति सभा काठमाण्डुमा सम्पन्न

Rajendra Tamang | 10 जून 2019

डा.गाेपाल गुरुङकाे तेस्राे वार्षिक  स्मृति सभा  काठमाण्डुमा सम्पन्न

काठमान्डु।अाज देशै भरि र विस्वब्यापी रुपमा डा.गोपाल गुरुङ को सम्झना मा उहाँको तेस्रो वार्षिक स्मृति सभा मनाउदै गर्दा मंगाेल नेशनल अर्गनाइजेसन केन्द्रीय सभा र ३नम्बर प्रदेश सभाको अायाेजना तथा जिल्ला सभा काठमाडौंकाे सह अायाेजनामा संगठनका फाउन्डर प्रेसिडेन्ट डा. गाेपाल गुरुङकाे तेस्रो स्मृति सभा काठमाण्डुकाे गाेङ्गबु स्थित तमु ह्युल छाेंज धिकाे सभाहलमा सप्पन्न गरेको छ। मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा काठमाडौं का सचिब सुरेश तामाङ को सभाध्यक्षता तथा संगठन का केन्द्रिय प्रेसिडेन्ट बुद्धालाल मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।स्मृति सभालाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी बुद्धलाल मेचेले डा. गोपाल गुरुङलाई स्मरण गर्नु हुँदै उहाँको अतुलनीय याेगदानले मुलवासी मंगाेलहरुकाे मालिक बनेर अस्तित्व स्थापना गर्ने मुल ढाेका खुलेको बताउनु हुदै मुलबासी मंगाेलहरूकाे ढुकढुकिमा अत्तर बनेर युगाै युग बाचिरहनु हूने कुरा स्पष्ट पार्नुभयाे।सम्बोधन कै क्रममा कार्यक्रमका बिशेष अतिथी तथा संगठनका बरिस्ठ केन्द्रिय सदस्य थुप्तेन लामाले गोपाल गुरुङ सगै हिडेको पलहरुलाइ सम्झदै जिबनको 24 बर्ष गोपाल गुरुङ सङै बिताउदा मुलुकको एकमात्र दुरदर्शि राजनैतिक नेताको रुपमा गोपाल गुरुङ लाई पाएको अनुभव सर्बजनिक गर्नु भयो ।

डा.गाेपाल गुरुङकाे तेस्राे वार्षिक  स्मृति सभा  काठमाण्डुमा सम्पन्न

अतिथिहरु संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ ,केन्द्रिय सदस्यहरू तोक बहादुर गुरुङ,भाक्त खपाङ्गी मगर ,रतन बहादुर बुढा मगर ,सोमबहादुर गुरुङ ,सोभा राना मगर ,मेन लामा ,रुबेन श्रेष्ठ ,धनमाया तामाङ ,जोनि बिक ,शन्तकुमार मगर ,अरुना थामी ,३नम्बर प्रदेश सभाका सचीव राजेन्द्र तामाङ ,कोसाध्यक्ष कुमार तामाङ ,१नम्बर प्रदेश प्रचार प्रसार सचिब उत्तम पुलामी मगर ,सिन्धुपाल्चोक सचिब निमा छिरी लामा ,सिन्धुलि अध्यक्ष सागर सुनुवार ,तदर्थ काभ्रे अध्यक्ष भरत तामाङ लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो ।स्मृति सभामा उल्लेख्य मंगाेल प्रेमि नेता,कार्यकर्ता र शुभचिन्तकहरुकाे उपस्थित रहेकाे थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्