शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम.एन.अेा. रघुगंगा वडा नं. ५ र ६ काे अधिवेशन सम्पन्न ।

दिपक मंगाेल | 15 फेब्रुअरी 2021

एम.एन.अेा. रघुगंगा वडा नं. ५ र ६ काे अधिवेशन सम्पन्न ।

१५ फेव्रुअरी २०२१, बेनी म्याग्दी
मंगोल नेशनल अर्गनाईजेशन रघुगंगा गाउँपालिका वडा नं. ६ पाखापानी र वडा नं.५ झिँको प्रथम एतिहासिक अधिवेशन सम्पन्न भएको छ । फेवु्रअरी १३ र १४ मा क्रमशः पाखापानीको वडा कार्यलय र झिँको शिवमहिला आमासमुहको भवनमा कार्यक्रम सम्पन्न भएको थियो।
रघुगंगा गाँउपालिका वडा नं. ५ र ६ को वडा अधिवेशन खुला घोषणा सभालाई सम्वोधन गर्नको निम्नी प्रमुख अतिथी एम.एन.ओ. गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी मगर प्रमुख अतिथीको रुपमा कार्यक्रममा उपस्थित हुनु भएको थियो भने दोस्रो म्याग्दी जिल्ला अधिवेशन सभाका संयोजक डिके पुनमगर, प्रचारप्रसार सचिव एलिस रोका मगर, आर्थिक संयोजक दिपक मंगोल लगाएत धवलागिरी गाउँपालिका अध्यक्ष ओमराज मगर
अतिथीको रुपमा कार्यक्रममा उस्थित हुनु भएको थियो।
रघुगंगा गाउँपालिका वडा नं.६ पाखापानीमा दिनेश पाईजा मगरको अध्यक्षतामा सचिव अमृत पाईजा मगर, कोषाध्यक्ष ज्ञानमाया शेरपुन्जा मगर लगायत १३  सदस्यीय वडा सभा गठन भएको छ भने रघुगंगा गाउँपालिका वडा नं.५ झिँमा दलबहादुर शेरपुन्जाको अध्यक्षतामा, सचिव राजकुमार गर्वुजा मगर, कोषाध्यक्ष लक्ष्मी पुन मगर लगायत १५ सदस्यीय वडा सभा गठन भएको छ।
 

एम.एन.अेा. रघुगंगा वडा नं. ५ र ६ काे अधिवेशन सम्पन्न ।

कार्यक्रममा प्रमुख अतिथी तथा गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामीले मनोनित सवै सदस्यहरुलाई बधाई तथा सफलताको शुकामना व्यक्त गर्नु भयो भने जिल्ला अधिवेशन सभा आयोजक सभाका संयोजक डिके पुन मगर ले एम.एन.ओ. तथा मंगोल राष्ट्रबाद सम्वन्धी प्रशिक्षणात्मक भनाईहरु राख्नुभएको थियो, त्यसै गरी जिल्ला अधिवेशन आयोजक सभा प्रचारप्रसार सचिव तथा आर्थिक संयोजक द्वयले मनोनित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।
कार्यक्रम समापन गर्दै दुवै वडा सभाका नव निर्वाचित अध्यक्षहरुले आ–आफ्नो वडालाई मंगोलमय बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्