Mongolvisionnews | 21 अक्टोबर 2020
धादिङ/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको सक्रियतामा गजुरी -8, थुम्की डांडामा एकदिने मुलबासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
एम.एन.ओ. गजुरी गाउँपालिका सभाको अध्यक्ष बुद्धिमान तामाङको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्यता संगठनका केन्द्रीय सर्वोच्च सभा सदस्य रिन्छेन तामाङले गर्नु भएको थियो । कार्यक्रममा एम.एन.ओ जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज सेन्देन, लमजुङ जिल्ला सभा अध्यक्ष बिकास गुरुङ, धादिङ जिल्ला सभाका प्रचार सचिव चोक बहादुर तामाङ, जिल्ला सल्लाहकार तथा मंगोल गायक सन्तोष कुमार तामाङ, सल्लाहकार सागर तामाङ, जिल्ला सदस्य चमन तामाङ लगायतको उपस्थिति रहेको कार्यक्रममा स्थानीयवासी को उल्लेख्य उपस्थिति रहेको थियो ।
अतिथिहरुको मन्तव्य रहेको कार्यक्रमलाई प्रशिक्षण प्रदान गर्ने क्रममा प्रमुख अतिथी तामाङले नेपालमा लोकतन्त्रको असली अभ्यास सहित स्थानीय जनताको हित र दिगो बिकासको लागि एम.एन.ओ नै अन्तिम विकल्प रहेको कुरा प्रस्टाउनु भएको थियो । जिल्ला सभाका सदस्य शक्त तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सहसचिव मान बहादुर गुरुङले संचालन गर्नु भएको थियो । कार्यक्रमकै अवसरमा कान्छा बहादुर तामाङको अध्यक्षतामा 13 सदस्यीय गजुरी गाउँपालिका 8 नम्बर वडा सभा गठन भएको छ ।
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology