बुधबार 8 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

एम एनओ गण्डकी प्रदेश सभा अध्यक्षलाई  पत्नी शोक

mongol vision | 7 मार्च 2021

एम एनओ गण्डकी प्रदेश सभा अध्यक्षलाई  पत्नी शोक

पोखरा / मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका अध्यक्ष नर बहादुर गुरुङ ( नवीन ) पत्नी सोकमा पर्नु भएको छ । स्याङ्जाको वालिङ नगर पालिका तल्लो वालिङ बजार निवास गण्डकी प्रदेश अध्यक्ष गुरुङको श्रीमति सरु गुरुङ डल्लुको शनिबार काठमाडौ स्थित मेडिसिटी हस्पिटलमा निधन भएको हो । ४ दिन अघि एक्कासि पेट दुख्ने समस्या भएपछि उहाँलाई पोखराको परत मेमोरियल अस्पतालमा उपचारार्थ लगिएको कास्की जिल्ला सभा अध्यक्ष रियाज गुरुङले बताउनु भयो । गुरुङका अनुसार त्यहाँ उहाँको उपचार संभाव नभएपछी पोखराबाट हेलिकप्टर मार्फत काठमाडौको मेडिसिटी हस्पिटलमा २ दिन अघि मात्र ल्याइएको थियो । त्यहाँ उहाँको उपचारकै क्रममा शनिबार निधन भएको थियो । डाक्टरहरुका अनुसार उहाँको मिर्गौलामा समस्या भएकाले निधन भएको हो । काँस्कीको पोखरामा अस्थायी रुपमा बसोबास गर्दै आउनु भएको प्रदेश अध्यक्ष नर बहादुर गुरुङको २ छोरीहरु रहेको छ । मृत्तक गुरुङको आइतबार स्याङ्जाको वालिङ्मामा सामाजिक परम्परा अनुसार अन्तेस्ठि गरिएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्