शनिबार 20 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

गाेर्खाकाे अाेेेबानचाेकमा टोलसभा गठन सम्पन्न

mongol vision news | 18 जून 2019

गाेर्खाकाे अाेेेबानचाेकमा  टोलसभा गठन सम्पन्न

गाेर्खा।16 June , 2019 मा गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका-४ , बानचोकमा मंगोल नेशनल अर्गनाइजेसन , बारपाक सुलिकोट -४ वडा सभाको आयोजनामा वडा अध्यक्ष तुल ब. गुरुङको सभाधक्ष्यतामा र गोरखा जिल्ला सभाका स-सचिव मान ब. गुरुङज्युको प्रमुख आतिथ्यतामा प्रमुख अतिथीद्वारा नै एकदिने मुलवासी मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । यस कार्यक्रममा स्वागत मन्तब्य वडा सभाका कोषाध्यक्ष विष्णु माया गुरुङज्युले दिनु भएको थियो र कार्यक्रम सन्चालन जिल्ला सचिव कृष्ण कुमारी घले श्रेष्ठले गर्नु भएको थियो। यश मुलवासी मंगोल प्रशिक्षणमा प्रशिक्षकज्युले नेपालमा मुलवासी मंगोलहरु कसरी विदेशी हिन्दु आर्यनहरु बाट शोषित हुँदै आएका छन् र मुलवासी मंगोल अस्तित्व भनेको के हो र किन अत्यावश्यक छ भन्ने विषयमा लुकाइराखेका इतिहासहरु खोतल्दै सम्पुर्णलाई मंगोल नेशनल अर्गनाइजेसनको काम तथा लक्ष्य साथै महत्त्वबारेमा अवगत गराउनु भएको थियो। उक्त कार्यक्रमको सुवसरमा सिजन बरामको अध्यक्षतामा ११ सदस्यीय एम. एन .ओ.बानचोक टोलसभा गठन भएको छ। यश सभाका सचिवमा अनु गुरुङ हुन्हुन्छ भने कोषाध्यक्ष पदमा माया गुरुङ रहनु भएको छ । साथै स-सचिव पदमा पृथ्वी ब. गुरुङ र प्रचारप्रसार सचिवमा राज कुमार बराम रहेका छन् ।सदस्यहरुमा कुमारी गुरुङ , ओम ब. गुरुङ , कीर्तिमान गुरुङ , वीर ब. गुरुङ , प्रेम ब. गुरुङ र अर्जुन गुरुङ रहेका छन् । यश सभाका सभाधक्ष्यले कार्यक्रमको सभा विसर्जन गर्ने क्रममा सम्पुर्ण मुलवासी एकजुट भएर अगाडि बढ्न सके एम.एन.ओ.को साझा शत्रुले केही गर्न नसक्ने र मंगोल मुक्ती छिटो प्राप्ती हुने कुराको जानकारी गराउदै सम्पुर्णलाई तन, मन र धनले सहयोग गर्नको लागि आहवान गर्नुभयो।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्