शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

झापामा एम.एन.ओ. को स्थानीय चुनावको समिक्षा बैठक सम्पन्न

mongolvision | 1 जून 2022

झापामा एम.एन.ओ. को स्थानीय चुनावको समिक्षा बैठक सम्पन्न

 

झापा/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा झापाको मेचिनगर-१० स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा स्थानीय तहको निर्वाचनको समिक्षा बैठक सम्पन्न भएको छ । 
उक्त कार्यक्रम एम. एन. ओ. जिल्ला सभा झापाकी अध्यक्ष बानिरा मेचेको सभाध्यक्षतामा एवं संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथिहरु एम. एन. ओ. का केन्द्रिय सचिव सन्तोष तामाङ, प्रवक्ता दिलिप धिमाल, वरिष्ठ केन्द्रिय सदस्य शान्तिलाल धिमाल रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा केन्द्रीय सदस्यहरु अक्कल तामाङ, सान मेचे, श्याम लिम्बू, दिलवरी राई, वैकल्पिक केन्द्रिय सदस्य देवेन्द्र साम्पाङ,१ नं. प्रदेश सभा सचिव सागर राई, सदस्यहरु राजेन्द्र चेम्जोङ, देव धिमाल, खड्ग स्याङ्बो, बुद्धमाया फुरुम्बो, रुद्र राई, लासिमहाङ मंगोल, राज कुमार लावती, इलाम जिल्ला सदस्यहरु चन्द्र केरुङ र सुन्दर वजी, मंगोल अन्लाईन टिभिका सञ्चालक अर्जुन लोवा, मंगोल मिडिया हबका सञ्चालक विजयहाङ लिम्बू, भारत दार्जीलिङका मंगोल शुभचिन्तक ख्यामलाल साइबो रहनुभएको थियो । 
कार्यक्रममा स्थानीय तहको निर्वाचनमा झापा जिल्लाको विभिन्न पालिकाहरुमा र इलाम जिल्लाको चुलाचुली गाउँसभाबाट एम. एन. ओ. को तर्फबाट विभिन्न पदमा उम्मेदवारी दिनुहुने उम्मेदवारहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रेसिडेन्ट बुद्धलाल मेचेले खदा लगाई सम्मान गर्नुभएको थियो । 
कार्यक्रममा मेचिनगर नगरपालिकाबाट उपमेयर र मेयर पदका उम्मेदवार क्रमशः शिखा लिम्बू, किशोर धिमाल, भद्रपुर नगरपालिकाबाट प्रमुख पदका उम्मेदवार अर्जुन सुहाङ, बुद्धशान्ती गाउँपालिकाबाट उपाध्यक्ष र अध्यक्ष पदका उम्मेदवार क्रमश: बुद्धमाया फुरुम्बो, खड्ग स्याङ्बो, झापा गाउँपालिकाबाट अध्यक्ष पदकी उम्मेदवार दुर्गा देवी तामाङ, विर्तामोड नगरपालिकाबाट प्रमुख पदका उम्मेदवार राज कुमार लावती, दमक नगरपालिकाबाट प्रमुख पदका उम्मेदवार दिपेश राई, कमल गाउँपालिकाबाट अध्यक्ष पदका उम्मेदवार प्रेम लिम्बू, चुलाचुली गाउँपालिका, इलामबाट अध्यक्ष पदका उम्मेदवार दल बहादुर श्रेष्ठले अनुभव मन्तव्य  राख्नुभएको थियो । 
कार्यक्रममा अतिथिहरु श्याम लिम्बू, सान मेचे, विशिष्ट अतिथि सन्तोष तामाङले मन्तव्य  राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मेचेले नेपालका मूलबासी मंगोलहरुको जातीगत, धार्मिक र संस्कारगत भावनाका कारण मन नै फाटेको कारणले मंगोल नेशनल अर्गनाइजेशनले झट्टै अंकगणीतीय रुपमा नतिजा हात पार्न नसकेता पनि सैद्धान्तिक र बिजगणीतीय रुपमा जित हासिल गरिरहेको बताउनुभयो । उक्त फाटेको मनहरुलाई मंगोल नेशनल अर्गनाइजेशनले निरन्तर रुपमा जोड्ने काम गरिरहेको कारण  निकट भविष्यमा नै जित सुनिश्चित हुने भएकाले सम्पूर्ण कार्यकार्ताहरुलाई सांगठनिक गतिविधिहरुलाई तीव्र रुपमा अगाडि बढाउन समेत निर्देशन दिनुभयो । एम. एन. ओ. जिल्ला सभा झापाका प्रचारप्रसार सचिव भानु धिमालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सचिव सागर दर्जीले सञ्चालन गरेका थिए।

झापामा एम.एन.ओ. को स्थानीय चुनावको समिक्षा बैठक सम्पन्न

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्