बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

काठमान्डुमा २५ अाैं विश्व मुलवासी दिवशकाे राैनक

Rajendra Tamang | 11 अगस्ट 2019

काठमान्डुमा २५ अाैं विश्व मुलवासी दिवशकाे राैनक

मंगाेल नेसनल अर्गनाइजेसन 3 नम्बर प्रदेश सभाकाे आयोजनामा 25 अाैं विश्व मुलवासि दिवश भब्य रुपमा सम्पन्न भएकाे छ।संगठनका 3 नम्बर प्रदेश सभाकाे अध्यक्ष लाक्पा तामाङ काे सभाध्यक्षता तथा संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्दलाल मेचेको प्रमुख अातिथ्यमा सम्पन्न भएकाे छ।विश्व मुलवासी दिवसकाे अवशरमा शुभकामना दिनुहुदै कार्यक्रम का प्रमुख अतिथि मेचेले नेपालका 80 प्रतिशत मुलवासी मंगाेलहरुले राजहंशलेझै दुध र पानीको मिसावटलाई छुट्टाउन सकेर सत्यलाई ग्रहण गर्दै पन्छिहरुको वादसाह चीलले झैं कठोर सङ्घर्ष गरेर गन्तव्य निर्धारण गरिसकेको बताउनु भयो।यसैगरी कार्यक्रम का विशेष अतिथि संगठन का बरिस्ठ केन्द्रिय सदस्य थुप्तेन लामा ,अतिथि संगठनका केन्द्रिय सर्बोच्च सभा सदस्य रिन्चेन दोर्जे तामाङ ,अतिथिहरु केन्द्रिय सदस्य :मङ्गोल भक्त खपाङि मगर ,जोनि बिक ,रुबेन श्रेष्ठ ,धनमाया तामाङ ,सोभा मगर ,मोहन मगर ,राजन चाम्लिङ ,अरुना थामी ,वै.केस .प्रेम श्रेष्ठ ,3नम्बर प्रदेश सभाका पदाधिकारी हरु,राजेन्द्र तामाङ ,कुमार तामाङ ,सालिक मगर ,सागर आले मगर ,कबिन राना मगर ,एक नम्बर प्रदेश प्रचार प्रसार सचीव उत्तम पुलामी मगर ,सिन्धुली अध्यक्ष सागर सुनार ,दोलखा अध्यक्ष निमा घिसिङ तामाङ ,उदयपुर अध्यक्ष जङ्ग राना मगर ,नुवाकोट प्रतिनिधि बुद्धिमान तामाङ लगायतले 25अौं विश्व मुलवासी दिवशकाे अवशरमा शुभकामना दिनुभएको थियो ।साथै 2075 काे बलिहांङ पर्वमा अार्थिक ,कलाकारिताकाे माध्यम बाट सहयोग गर्नुहुने महानुभावहरुलाइ कार्यक्रम का प्रमुख अतिथि बुद्धलाल मेचेले सम्मान पत्र प्रदान गर्नुभएको थियो।यसैक्रममा मंगाेल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोट ,धादिङ ,चितवनले विविध कार्यक्रम बिच 25अौं विश्व मुलवासी दिवश भब्य रुपमा सम्पन्न गरेकाे छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्