बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशनको एक प्रतिनिधि सभा सदस्य सहित तीन स्थानमा उम्मेद्बारी

Mongol Vision News | 8 नोभेम्बर 2019

मंगोल नेशनल अर्गनाइजेशनको एक प्रतिनिधि सभा सदस्य सहित तीन स्थानमा उम्मेद्बारी

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशनले आउदो मंसिर १४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको उप निर्वाचनको लागि एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यमा आफनो उम्मेद्बारी दर्ता गराएको छ ।

      निर्वाचन आयोगले हिजो बिहीवार उप निर्वाचनको लागि उम्मेद्बारी दर्ताको आहान गरेपछी एनएमओले कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा रियाज गुरुङ लाई उमेदवार बनाइ उम्मेद्बारी दर्ता गराएको छ । त्यस्तै संगठनले दाङको क्षेत्र नम्बर ३ को ख र बागलुङको क्षेत्र नम्बर २ को ख मा प्रदेश सभा सदस्यमा क्रमशः घनश्याम चौधरी र मित्र घर्ती मगरको उम्मेद्बारी दर्ता गराएको छ । पोखरा महानगर पालिका वाड नम्बर २७ रिसेपानीका स्थायी बासिन्दा रहनुभएको रियाज गुरुङ मंगोल नेशनल अर्गनाइजेशन कास्की जिल्ला सभाका बर्तमान जिल्ला अध्यक्ष हुनुहुन्छ । सानै उमेरमै मंगोलको राजनीतिमा लागेर मंगोल अवस्तित्व प्राप्तीको अभियानमा लाग्नु भएको उहाँ यस अघि २०७४ मा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कास्कीकै क्षेत्र नम्बर १ बाट संगठनको तर्फ बाट प्रत्यक्ष उमेदवार बनेर चुनाब लडिसक्नु भएको छ ।

मंगोल नेशनल अर्गनाइजेशनको एक प्रतिनिधि सभा सदस्य सहित तीन स्थानमा उम्मेद्बारी

       लोकतान्त्रिक पद्धति लाई एमएनओले मात्र अगाडी बढाउन सक्ने भएकाले आफुलाई लोकतन्त्रबादीहरुले मत दिनुपर्ने बताउनु भयो । मंगोल अवस्तित्व र मूलबासी हक अधिकारको लागि एमएनओको चुनाब चिन्ह कुखुराको भालेमा आफ्नो अमुल्य मत दिन समेत सम्पुर्ण मतदाताहरुलाई अनुरोध समेत उहाले गर्नु भएको छ । ४८% मूलबासी थारु समुदायको बसोबास रहेको दाङमा घनश्याम चौधरी लाई मंगोल नेशनल अर्गनाइजेशनले उप निर्वाचनमा उमेदवार बनाइ चुनाबी मैदानमा उतारेको छ । दाङको क्षेत्र नम्बर ३ को ख प्रदेश सभा सदस्यको लागि चौधरीले आफ्नो उम्मेद्बारी दर्ता गराउनु भएको छ । एमएनओ प्रदेश नम्बर ५ सभा सदस्य रहनुभएका घनश्याम चौधरी सरकारी जागिरको अवकाश पछि मंगोलको राजनीतिमा सकृय रुपमा लागि रहनुभएको छ । त्यस्तै प्रबास सभा मलेसियामा रहेर मंगोल अभियानमा सकृय बनेर स्वदेश फर्कनु भएका मित्र घर्ती मगरले संगठनको तर्फ बाट बाग्लुङ क्षेत्र नम्बर २ को ख मा प्रदेश सभा सदस्यको लागि आफ्नो उम्मेद्बारी दर्ता गराउनु भएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्