बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मंगोल नेशनल अर्गनाइजेशनले देश भरी संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ जेल मुक्त दिनको सम्झना गर्यो

mongol vision | 14 अप्रिल 2021

मंगोल नेशनल अर्गनाइजेशनले देश भरी संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ जेल मुक्त दिनको सम्झना गर्यो

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशनले संस्थापक प्रेसिडेन्ट युग पुरुष अमर डा.गोपाल गुरुङ ज्यु जेल मुक्त भएको सम्झनामा देश भरी भद्रगोल जेल मुक्त दिवस मनाएको छ ।

१३ अप्रिल मंगलबारका दिन संगठनको विभिन्न प्रदेश, जिल्ला, गाउँ नगर सभाहरुले संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ जेल मुक्त भएको दिनको सम्झनामा स्वरुप उक्त दिवस मनाइएको हो । मंगोल नेशनल अर्गनाइजेशन फाउन्डर प्रेसिडेन्ट डा.गोपाल गुरुङ ज्युले नेपाली राजनीतिमा अदेखा सचाइ नामक बिद्रोही पुस्तक लेख्नु भएपछि तात्कालीन पंचायती ब्यवस्थाको सरकारले साप्रदायिकता फैलायो, राजगदि ताक्यो, बिखन्डन ल्याउन खोज्यो भन्ने लगायतका आरोपहरु लगाउँदै सन १९८८ अगस्ट ३० मा प्रकाउ गरि तीन बर्षको सजाय सुनाएर काठमाडौको भद्रगोल जेलमा जेल चलान गरेका थिए भने १९९० अप्रिल १३ मा रिहा हुनु भएको थियो । सोही दिनको सम्झनामा संगठनले यस बर्ष देखि उहाँ जेल मुक्त हुनु भएको दिनको सम्झना गर्दै सुरुवात गरेको छ । ताकी आउँदो पिंडीहरुले ड.गुरुङको देश, समाज र भावि पुस्ताहरुको निम्ति गर्नु भएको त्याग, संघर्ष, समर्पण र योगदानको बारेमा गहिराइमा पुगेर जान्न र बुझ्न सकोस् भन्ने हेतुले तिथि बसाल्न खोजिएको हो । मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाले संगठनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेको प्रमुख आतिथ्यतामा संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ जेल मुक्त हुनु भएको दिनको सम्झना दिवस मनाएको छ । झापाको मेचीनगर नगरपालिका ८ को याक्थुमचुम्लुङ भवनमा जिल्ला अध्यक्ष लासिमहाङ लिम्बुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै केन्द्रीय प्रेसिडेन्ट मेचेले डा.गोपाल गुरुङ ज्यु जेल मुक्त भएको दिनको सम्झना गर्दै यसलाई आउँदो दिनमा एक पर्व रुपमा विकास गर्नुपर्ने बताउनु भयो । त्यस्तै उहाले संस्थापक प्रेसिडेन्ट डा.गुरुङले सत्यताको लडाइ लड्नु भएकोले उहाँको जित भएको बताउँदै सबै मंगोल जनसमुदायहरु मंगोल दर्शनमा लाग्नुको बिकल्प नभएको बताउनु भयो । कार्यक्रममा केन्द्रिय सचिब सन्तोष तामाङ, वरिष्ठ केन्द्रीय सदस्य शान्ति लाल धिमाल, केन्द्रीय सदस्यहरु सान बहादुर मेचे, अकल तामाङ, श्याम लिम्बू , प्रबिना थापा, कासिमा तामाङ, प्रदेश नम्बर १ सदस्य रुद्र राई, नुवाकोट जिल्ला अध्यक्ष प्रदीक्षा तामाङ लगायतले आ-आफ्नो मन्तव्य राख्दै संस्थापक डा.गुरुङको बारेमा बोल्नु भएको थियो ।

मंगोल नेशनल अर्गनाइजेशनले देश भरी संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ जेल मुक्त दिनको सम्झना गर्यो

जेल मुक्त दिवस कार्यक्रममा संगठनका केन्द्रीय प्रवक्ता दिलिप धिमाल, केन्द्रिय सदस्य एवं मंगोल भिजनका प्रवन्धक राज कुमार गुरुङ, केन्द्रीय सदस्यहरु मेलिना तामाङ, सत्यकला नेम्बाङ, यमकुमारी लिम्बू , प्रदेश सभा सदस्यहरु, जिल्ला सभा प्रतिनिधि एवं गाउँ नगर सभाका नेता कार्यकर्ताहरुको उल्लेखनीय सहभागी रहेको थियो । झापा जिल्ला सभाका प्रचार सचिब भरत राइले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम जिल्ला सचिव बानिरा मेचेले सञ्चालन गरेकी थिइन् । त्यस्तै काठमाडौ स्थित केन्द्रीय सभाको आयोजनामा केन्द्रीय कार्यलयमा संगठनका केन्द्रीय सदस्य तथा केन्द्रिय कार्यलय सचिव रिन्चेन तामाङको प्रमुख आतिथ्यतामा संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ जेल मुक्त भएको दिवसको सम्झना कार्यक्रम गर्यो । कार्यक्रम केन्द्रीय सभा सदस्यहरु, बागमती प्रदेश सभा सदस्यहरु, विभिन्न जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । त्यस्तै गोर्खा जिल्ला सभाको आयोजनामा पनि कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सभा सल्लाहकार देब थापा मगरको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । त्यस्तै तनहु, लम्जुङ, रसुवा, रुपन्देही, इलाम लगायतका जिल्ला सभाहरुले उक्त दिवस मनाएका छन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्