शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मालिका गाउँपालिका अधिवेशन खुला घोषण सभा सम्पन्न

दिपक मंगाेल | 12 जनवरी 2021

मालिका गाउँपालिका अधिवेशन खुला घोषण सभा सम्पन्न


१० जनवरी २०२१, म्याग्दी, मंगोल नेशनल अर्गनाईजेशन (एम.एन.ओ.) प्रथम मालिका गाउँपालिका अधिवेशन आयोजक सभाको आयोजनामा मालिका ६ दरबाङ्गमा प्रथम एतिहासिक मालिका गाउँपालिका अधिवेशन खुला घोषण सभा सम्पन्न भएको छ।
मालिका गाउँपालिका आयोजक सभाका अध्यक्ष तेजिन्द्र जुग्जाली मगरको सभा अध्यक्षतामा, जिल्ला अधिवेशन आयोजक सभाका प्रचारप्रसार सचिव एलिस रोका मगरको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रिय मुल सचिव थम्मन बहादुर बुढा मगर रहनु भएको थियो भने विशिष्ट अतिथीमा गण्डकी प्रदेश सभा अध्यक्ष नविन गुरुङ रहनु भएको थियो, अतिथीहरुमा गण्डकी प्रदेश सभा सदस्यहरु कुमार रोकामगर र रण बहादुर फगामी मगर रहनु भएको थियो, त्यसै गरी जिल्ला अधिवेशन आयोजक सभा म्याग्दीका संयोजक डि.के.पुन मगर लगायतका जिल्ला नेता कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो,
आयोजक सभाका सदस्य पे्रम रोका मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने म्याग्दी जिल्ला दोस्रो जिल्ला अधिवेशन सभाका संयोजक डि.के. पुन मगर, गण्डकी प्रदेश सभाका सदस्य कुमार रोका मगर, गण्डकी प्रदेश सभा अध्यक्ष नरबहादुर गुरुङ (नविन) लगायतले शुभकामना मन्तव्य राख्नु भएको थिया। 
को थियो ।

मालिका गाउँपालिका अधिवेशन खुला घोषण सभा सम्पन्न

प्रमुख अतिथी तथा एम.एन.ओ. केन्द्रिय मुलसचिव थम्मन बहादुर बुढा मगरले उक्त सभालाई सम्बोधन गर्दै बाहुनवाद र हिन्दुवादले सिर्जना गरेको नश्ल विभेद तथा वर्ण विभेदबाद मुक्ती पाउने अन्तिम र सुरक्षित विकल्प भनेको नै मंगोलबाद दर्शन भएको जानकारी गराउँदै उपस्थित लोक समुदायहरुलाई मंगोलवाद दर्शन र एम.एन.ओ. बारेमा थप प्रष्ट बनाउनु भएको थियो।
कार्यक्रममा ९ जनवरीको बन्द सत्रले तेजिन्द्र जुग्जाली मगरको अध्यक्षता, श्रीमन रोका सचिव र दलिमा रोका कोषाध्यक्ष सहित १९ सदस्य मालिका गाउँपालिका सभा गठन भएको घोषणा गरी नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको थियो ।
कार्यक्रमलाई समापन गर्दै मालिका गाउँपालिका प्रथम अधिवेशन आयोजक सभाका संयोजक तथा नवनिर्वाचित मालिका गाउँपालिका अध्यक्ष तेजिन्द्र जुग्जाली मगरले मालिका गाउँपालिकालाई थप मंगोलमय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नु भए

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्