मङ्गलबार 16 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मालिका गाउँपालिकाको रुन्मामा एम.एन.ओ. टोल सभा गठन सम्पन्न

Mongol Vision | 23 सेप्टेम्बर 2021

मालिका गाउँपालिकाको रुन्मामा एम.एन.ओ. टोल सभा गठन सम्पन्न

२१ सेप्टेम्वर २०२१ का दिन मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीको आयोजनामा म्याग्दीको मालिका गाउँपालिका वडा नं. ५ स्थित रुन्मामा टोल सभा गठन तथा एकदिने परिचयात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
म्याग्दी जिल्ला सभा सदस्य रामप्रसाद पुनको सभाध्यक्षतामा र जिल्ला सभा म्याग्दीका अध्यक्ष डि.के.पुन मगरको प्रशिक्षणमा सम्पन्न भएको कार्यक्रममा प्रशिक्षकले एम.एन.ओ., मंगोल अस्तित्व र मंगोल राष्ट्रबादको विषयमा प्रशिक्षण दिनु भएको थियो। मंगोलहरुको एकता नै आजको आवश्यकता रहेको र विभिन्न जातजाती, पाटी र धर्मको नाममा विभाजन भएका मंगोलहरु एकजुत भई वर्ण विभेद तथा उत्पिदनको विरुद्ध एकजुत भएर अगाडी बढ्न अनुरोध गर्नु भयो, एम.एन.ओ.ले अस्तित्व सहितको राजनिति गरिरहेको र देशमा असली लोकतन्त्र, धर्मनिरपेक्षता र संघियतालाई बलियो तथा सवल बनाउने लोकतान्त्रिक समाजबादको बाटोमा हिडेकोले छिट्टैनै वैचारिक क्रान्ति द्धारा समानता, भातृत्व, स्वतन्त्रता, मानवअधिकार, दिगो शान्ति र दिगो विकास स्थापना गर्न र वर्ण विभेदमा पारिएका र अस्तित्व विहिन बनाईएका मुलवासी मंगोलहरुलाई अधिकार सम्पन्न गराउने कुरामा  जोड दिनुभएको थियो ।

मालिका गाउँपालिकाको रुन्मामा एम.एन.ओ. टोल सभा गठन सम्पन्न

उक्त परिचयात्मक प्रशिक्षण कार्यक्रममा एम.एन.ओ. रुन्मा टोलसभा समेत गठन भएको छ। टोल सभाका अध्यक्षमा गोविन पुन चयन हुनु भएको छ भने उमेश फगामी सचिव तथा एलिना पुन कोषाध्यक्ष रहनु भएको छ, त्यसै गरी सदस्यहरुमा मिम फगामी, रामबहादुर पुन, फरम पुन, तक बहादुर थापा, पदम विक, कौ प्रसाद फगामी,  दलबहादुर थापा, रविन्द्र पुन, दलबहादुर थापा, खगेन्द्र पुन, ओमप्रसाद बुढा, सुकबहादुर परियार,सोवित पुन, सहित १७ सदस्यीय टोल सभा गठन भएको छ ।
कोभिड–१९ को महामारी र लकडाउनको प्रभावले केही समय कार्यक्रम तथा गतिविधीहरु स्थगित भएता पनी हाल अनुकुल समयानुसार कार्यक्रमहरु तथा संगठन विस्तार अभियानहरु तिव्ररुपमा अगाडी बढाउने जिल्ला सभा अध्यक्ष डि.के. पुन मगरले बताउनु भयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्