बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

१ प्रतिनिधिसभा, २ प्रदेशसभा सहित ५ स्थानीय निकायमा एमएनओले चुनाव लड्दै

Mongol Vision News | 24 नोभेम्बर 2019

१ प्रतिनिधिसभा, २ प्रदेशसभा सहित ५ स्थानीय निकायमा एमएनओले चुनाव लड्दै

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेसन संगठनले आगामी मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा एक प्रतिनिधिसभा सदस्य , दुई प्रदेशसभा सदस्य सहित पाँच स्थानीय निकायको लागि आफ्नो उम्मेदवारी खडा गरेको छ ।

     यो मुलुकमा सर्वप्रथम लोकतान्त्रिक गणतन्त्रको आवाज ( धर्म निरपेक्ष र प्रान्तीयता सहित ) उठाउने प्रथम लोकतन्त्रवादी नेता युगपुरुष अमर ड गोपाल गुरुङज्युले ज्यानको बाजि थापेर भद्रगोल जेलभित्र जन्माउनु भएको समस्त ८०% अहिन्दु मुलवासी मंगोलहरुको साझा संगठन मंगोल नेशनल अर्गनाइजेसनले स्थापनाकालदेखि चुनावी मैदानमा उत्रदैँ आएको सबैमा अवगत नै छ । लोकतन्त्रको मेरुदण्ड लोकमत अर्थात जनमतलाई आत्मसात गर्दै विदेशी हिन्दुआर्य बाहुनक्षेत्रीले अनेकौं बाधा अड्चन चुनावी आचारसंहिता मार्फत खडा गरेपनि अन्तर्राष्ट्रिय जगतमा लोकतन्त्रवादी संगठन प्रमाणित गर्दै तमाम मुलवासी समुदायमा राजनीति चेतना दिँदै अगाडि बढीरहेको छ ।

 

१ प्रतिनिधिसभा, २ प्रदेशसभा सहित ५ स्थानीय निकायमा एमएनओले चुनाव लड्दै

        मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनमा मंगोल नेशनल अर्गनाइजेसनले कास्की क्षेत्र नं - २ बाट प्रतिनिधि सभा सदस्यको लागि युवा नेता रियाज गुरुङलाई उम्मेदवारी उठाएको छ भने प्रदेश सभाको लागि बाग्लुङ क्षेत्र नं- २ ख बाट मित्र घर्तिमगर , दाङ्ग क्षेत्र नं -३ ख बाट घनश्याम चौधरीलाई अगाडि सारेको छ । यस्तै अन्य रिक्त रहेकोे स्थानीय निकायको लागि पान्थर जिल्ला फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पदको लागी उदय सुनुवार मुखिया लाई उम्मेदवारी उठाएको छ । लम्जुङ्ग जिल्ला सुन्दर बजार नगरपालिका वार्ड नं -२ मा वडाध्यक्ष पदको लागि रामजित दर्जीलाई र भोजपुर जिल्ला पौवादुम्मा गाउँपालिका वार्ड नं -१ मा वडाध्यक्ष पदको लागि कला राइ , दाङ्ग जिल्ला घोराही उपमहानगरपालिका वार्ड नं -१६ बाट वडाध्यक्ष पदमा पहलमान आलेमगर , मोरङ्ग जिल्ला धनपालथान गाउँपालिका वार्ड नं -२ मा पनि वडाध्यक्ष पदको लागि मेघनाथ पासवानलाई उम्मेदवारी उठाएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्