शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

रिक्त रहेको एमएनओ बुद्धशान्ती गाउँ सभाको सचिवमा मोहनसिंह लिङदेन ।

Mongol Vision News | 6 अक्टोबर 2019

रिक्त रहेको एमएनओ बुद्धशान्ती गाउँ सभाको सचिवमा मोहनसिंह लिङदेन ।

झापा/मंगाेल नेशनल अर्गनाइजेशन बुद्धशान्ती गाउँसभाको नियमित बैठकले रिक्त रहेको एमएनओ बुद्धशान्ती गाउँ सभाको सचिवमा मोहनसिंह लिङदेनलाइ चयन गरेको छ ।

 

5 अक्टोबर शनिबार बसेको बुद्धशान्ती गाउँसभाको नियमित बैठकमा लिङ्देन चयन भएको हो । उक्त गाउँसभामा पुर्व सचिव अध्ययनको व्यस्तताले गर्दा संगठनमा समय दिन नसकेकोले गाउँसभालाइ तिव्र गतिमा बढाउनको निमित्त नयाँ सचिव चयन गर्नुपरेको अध्यक्ष छत्रबहादुर खेवाले बताउनु भयो । छत्र बहादुर खेवाको सभाध्यक्षमा बसेको बैठकमा संगठनका केन्द्रीय सदस्य एवम् केन्द्रीय आर्थिक विभाग सदस्य सान बहादुर मेचेको प्रमुख आतिथ्यता रहेको थियो । बुद्धशान्ती गाउँसभाको कार्यलयमा बसेको बैठकमा संगठनका केन्द्रीय सल्लाहकार धनबहादुर राई र केन्द्रीय सदस्य एवम् केन्द्रीय सांस्कृतिक विभागका सदस्य मंगलसिंह लिम्बू विशिष्ट अतिथि रहेका थिए । बैठकमा प्रमुख मेचेले नगर सभाका कार्यकर्ताहरुलाई राजनीतिक, समसामयिक विषय लगायत संगठनको विधि विधानवारे प्रशिक्षण प्रदान गर्नु भएको थियो । प्रशिक्षणकै क्रममा मंगोल पुर्खाको षड्यन्त्र पुर्वक हत्या गरि मनाउदै आएको कथित विजया दशमी बहिष्कार गर्नु पर्ने बताउनु हुँदै बलिहाङ पर्व भने मंगोलहरुकै पर्व भएको तर हिन्दूकरण गरेकोले त्यसलाई तोड्दै जै मंगोल अभियान व्यापक रुपमा मनाउनु पर्ने मेचेले बताउनु भएको थियो । त्यसैगरी कार्यक्रममा एक नम्बर प्रदेश सभा सदस्य खड्ग स्याङ्बो लगायत झापा जिल्ला सहसचिव श्रीप्रसाद लिङ्खिम र एमएनओ मेचिनगर नगर सभाका अध्यक्ष सागर दर्जिको उपस्थिति रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्