बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सिन्धुपाल्चोकमा लिडरशिप तथा प्रत्रकारिता तालिम सम्पन्न

mongol vision | 10 अगस्ट 2021

सिन्धुपाल्चोकमा लिडरशिप तथा प्रत्रकारिता तालिम सम्पन्न

सिन्धुपाल्चोक/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सिन्धुपाल्चोकको आयोजनामा ३ दिने बन्द लिडरशिप तथा पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न ।

६ अगस्ट देखि ८ अगस्टमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षण कार्यक्रमलाई संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यलय सचिब रिन्छेन तामाङ र बागमती प्रदेश सभा सचिव राजेन्द्र तामाङ द्वयले संयुक्त रुपमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा लिडरशिप सम्बन्धि प्रशिक्षण संगठनका केन्द्रीय सदस्य तथा केन्द्रीय कार्यलय सचिव रिन्छेन तामाङले प्रदान गर्नु भएको थियो । सो क्रममा उहाँले नेतृत्व कसरी गर्न सकिन्छ र सफल नेता बन्न के कस्तो कुराहरुमा ध्यान दिनु पर्छ जस्ता कुरा सिकाउनु भएको थियो । त्यस्तै बागमती प्रदेश सभाका सचिव राजेन्द्र तामाङले पत्रकारिताको बारेमा प्रशिक्षण प्रदान गर्नुभयो । प्रशिक्षण कार्यक्रममा सिन्धुपाल्चोक, काभ्रे जिल्लाका मंगोल नेता कार्यकर्ता एवं शुभचिन्तकहरु करिब ४५ जनाको सहभागिता रहेको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्