बिहिबार 28 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

सम्झनामा गोपाल गुरुङ

प्रदिक्षा तामाङ | 10 जून 2020

सम्झनामा गोपाल गुरुङ

खै कुन शब्दले सम्बोधन गरुं तपाइंलाइ तपाइंको महानता,त्याग ,तपस्या ,समर्पण,बलिदान र संघर्षलाई न्याय हुने शब्दहरु सायद शब्दकोषमै छैन। तपाइले नेपालको मुलबासी मंगोल समुदायलाई र संसारकै मंगोलहरुलाइ पुर्‍याउनु भएको योगदान र गर्नु भएको कठोर संघर्ष मेरो शब्दहरुले जति व्याख्या गरेता पनि पुर्ण भने हुदैन भन्ने मलाइ राम्ररी थाहा छ किन भने तपाइले नेपालको मुलबासी मंगोलहरुको निमित्त आफ्नो पुरै जीवन समर्पित गरिदिनु भयो बिना कसुर जेलनेल भोग्नुपर्‍यो भुमिगत जीवन निर्वाह गर्नुपर्‍यो अनेकौं भुक्तमान सहनुपर्‍यो सर्वस्व लुटिनुपर्‍यो अझ तपाईं हाम्रो निम्ति हाम्रो मुक्तिको निम्ति हाँसीहाँसी फाँसी जान तयार हुनुभयो तर नेपालको बहुसंख्यक 80% अहिन्दु मुलबासी मंगोलहरुको साझा शत्रु अल्पसंख्यक विदेशी 20% हिन्दुवादी बाहुन क्षेत्रीसंग कहिल्यै झुक्नु भएन।भिमकाय बनेर उभिएको तीन वटा राजामहाराजाहरुसंग ठाडो रुपमा लड्नुपर्‍यो र लड्नुभयो।
अचेल म सोचमग्न हुन्छु के चाहिँ गर्नु भएन र तपाईंले हाम्रो निम्ति हामी चिर निन्द्रामा लठ्ठ रहेको चेतनाको स्तर शुन्य भएको अस्तित्व बिहिन पशुतुल्य जीवन व्यतीत गरिरहेका मुलबासी मंगोलहरुको निम्ति ।

हिजो सन् 1495 ताका अलाउदिन खिल्जीको खेदाइमा परेर नेपालमा शरण माग्न आएका 20% हिन्दु आर्यहरुले शरण पाएको करिब-करिब 64 बर्षपछि त्यही शरणको मरण गर्दै 1559 मा गोर्खाको लिगलिग कोटमा कुटिल चाल रचेर गणेश पाण्डे, नारायण अर्याल र द्रव्य शाहको संयुक्त षड्यन्त्रमा मंगोल घले (त्यो बेला राजालाइ नै घले भनिन्थ्यो)को टाउको ठुंन्काइयो।त्यही दिनदेखि रहेछ नेपालको मुलबासी मंगोलहरुको दुर्दिन सुरु भएको त्यत्ती नै बेला रहेछ हाम्रो घलेको घाँटी गिडिसके पछाडी हाम्रो मंगोल पुर्खाको शरीरबाट बगेको रगत नै चामल संग मुछेर बिजय उत्सव मानेको, निर्दयी क्रूर बैगुणीहरुले र त्यसैको सम्झना स्वरूप हाम्रो मंगोल पुर्खाको घाँटी गिड्न सफल भएकै कारण खुशियाली मान्न अचेल नेपालको राष्ट्रिय चाड मानिने कथित दशैं प्रचलनमा ल्याएको रहेछ त्यसैले हामी कथित हिन्दु चाड दशैंलाई मुलबासी मंगोलहरुको कालो दिन मानेर निर्भीकताको साथ कालो टीका लगाएर दशैं बहिष्कार गर्छौ,अनि त्यत्ति नै बेला मंगोलहरुको बुद्धिजीवी सहयोगी अभिभावक मुख्य मान्छे घलेलाई नै मारिसके पछाडी वरिपरिको मंगोलको सन्तान अथवा गोर्खाको मंगोलहरुलाइ काट्दै मार्दै विनाश नै पारिसकेपछी अन्ततोगत्वा बाँचेकाहरुले शान्ती चाहान्छौं भनेर दहिमा चामल मुछेर सेतो टीका लगाउंदै आत्मसमर्पण गरेको रहेछ अहिलेको एकाइसौ शताब्दीमा कानुनले न्याय फैसला गर्ने भैसक्यो यसर्थ सेतो टिकाको कुनै तुक देख्दिन त्यसैले हामी मुलबासी मंगोलहरुले रातो टीका लगाउनु भनेको आफ्नै पुर्खाको नरसंहारमा शत्रुको पक्ष लिएर खुशीयाली मानेको र सेतो टीका लगाउनु भनेको पुर्खाको महानता र विरतालाइ अपमान गरेर हार स्वीकारेको ठान्दछु । यी सबै चेतना ,निर्भीक र निडरता तपाइकै देन हो अब सेतोलाइ सेतो र कालोलाइ कालो भन्न नहच्किने भएको छु ।

पहिला पहिला पुर्वको गुरुङहरुलाई विभिन्न कामकाजको लागि लामाहरु नपाएकोले पश्चिम लमजुङको लामा गुरुङहरु केही समयको लागि पैंचो लगेको थियो र पछि नफर्की उतै पुर्वमै बस्न थाले र पछि सबैले पैंचो लामा भनेर भन्ने गर्थ्यो त्यही पैंजो लामा गोपाल गुरुङ ज्युको पुर्खा हो भने उहाँको पुर्खौली थलो लमजुङ हो भन्ने स्पष्ट हुन आउँछ । गोपाल गुरुङ बुवा तेजबहादुर गुरुङ र आमा कुमारी गुरुङको पहिलो सन्तान हो भने बुवा भारतीय सेनामा भर्ती भएपछी गोपाल गुरुङको जन्म सन 27 जुलाइ 1935 मा दार्जीलिङको महानदिमा भएको थियो र उहाँले मेट्रीक सम्मको शिक्षा दार्जीलिङमै गर्नु भएर 17 वर्षको उमेरमा आफ्नो भुमी नेपाल फर्किनु भएको थियो ।

नेपालको रोग वर्णभेदी नीति भएकोले त्यस रोगलाइ निर्मुल पार्नको निम्ति तपाईंले दुई वटा पत्रीकाहरु न्युलाइट र थन्डरबोल्ड सम्पादक तथा प्रकाशन गर्नुभयो र सन् 1985 मा नेपाली राजनितीमा अदेखा सच्चाइ पुस्तक लेखिदिनु भएर नेपाली राजनीति भित्र भएको तर बाहिर नदेखेको वास्तविकताहरु प्रष्टाइ दिनुभएको कारण उहाँले राजगद्दी ताक्यो र साम्प्रदायिकता फैलायो भन्ने दुई वटा राजद्रोही मुद्दा लगाएर सन् 30 अगष्ट 1988 मा भद्रगोल जेल जानुपरेको थियो। भद्रगोल जेलको पराकाष्ठा अमानवीय व्यवहारको बाबजुद पनि उहाँले मुलबासी मंगोलहरुको निमति साझा घर मंगोल नेशनल अर्गनाइजेशन भद्रगोल जेलको गर्भबाट 01 जनवरी 1989 मा जन्माउनु भयो हुर्काउनु भयो र नेपालमा नाम मात्रको भएपनी लोकतन्त्र ,धर्मनिरपेक्ष र प्रान्तीय सरकार आएको छ जस्को परिकल्पना ड. गोपाल गुरुङले मात्रै गर्नुभएको थियो र जुन प्राप्त गर्नको निमति उहाँले पुरै जीवन समर्पित गर्नुभएको हो । तपाइले हाम्रो निम्ति चार वटा राजनीतिक पुस्तकहरु नेपाली राजनीतिमा अदेखा संच्चाइ ,मंगोलवाद-बाहुनवाद-माओवाद ,अस्तित्वको खोज मंगोलको र एमएनओमा डक्टरेड PHD र नेपाल र सिक्किमको राजनितिमा नौलो अछुत जनजाती फिरिगें समुदाय सृजना लेखिदिनु भएर जीवन भर बोलिदिनु भएर मंगोलहरुको चेतनाको ढकन खोलिदिनु भएको छ । मुलबासी मंगोलहरुको लागि तपाईं राजनीतिक गुरु हो, संरक्षक हो, अभिभावक हो तपाइ महान दार्शनिक हो युग-युगान्तर बाँचिरहने युग पुरुष हो तपाईं ।

अचम्म लाग्छ कस्तो अदम्य साहस र दृढ संकल्प हो तपाइको,तपाईंको निडरता, वैचारिकता, चेतनशीलता ! मानवीयता सधै सम्झना आउँछ जब तपाइको नाम उच्चारण गर्छु। 10 जुलाइ 2016 ,80 वर्षको उमेरमा अल्का हस्पिटलको शैयाबाट तपाइको भौतिक शरीरले संसार छोड्नु भएको हो तर तपाईंको मानवीय दर्शन विचार युग-युग बाचीँरहनेछ । तपाइले नै हो मंगोल समुदायलाइ अक्षर संग साक्षात्कार गर्न सिकाउनु भएर बन्दुक समाउने हातहरुमा कलम थमाउनु भएको,हिंश्रक विचारहरुलाइ बदलेर वैचारिक बनाउनु भएको,स्वतन्त्रताको गीत गाउन सिकाउनु भएको मुलबासी मंगोलहरुलाइ हर-तरहमा सक्षम र सबल बनाउनुमा म त तपाइको देन देख्छु यो श्रेय म तपाइलाइ नै दिन्छु र पीडा र समस्यामा पनि तपाइलाइ नै सम्झन्छु तपाइको जिवन दर्शन भित्र मुलबासी मंगोलहरुको निमित्त हरेक समस्याको समाधान छ ,रहरलाग्दो भविष्य छ । हरेक मंगोल पिडीले प्रत्येक सफलतामा तपाइलाइ नै सम्झिनेछन किन कि तपाईंले नै हो पशुबाट मान्छे बनाउनुभएको। हरेक पलपलको स्मृतिमा युग पुरुष ड. गोपाल गुरुङ छ । मुलबासी मंगोलहरुको विशाल हृदयमा हुनेछ गोपाल गुरुङ महान विचारमा हुनेछ गोपाल गुरुङ । मानसपटलमा हुनेछ गोपाल गुरुङ रगतको नशा नशामा हुनेछ गोपाल गुरुङ, तपाईंलाई शब्दले अभिव्यक्त गर्न नसक्ने अगाध श्रद्धा ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्