शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

धवलागिरी गाउँपालिका अधिवेशन खुला घोषण सभा सम्पन्न

दिपक मंगाेल | 12 जनवरी 2021

धवलागिरी गाउँपालिका अधिवेशन खुला घोषण सभा सम्पन्न

११ जनवरी २०२१ म्याग्दी, मंगोल नेशनल अर्गनाईजेशन (एम.एन.ओ.) प्रथम धवलागिरी गाउँपालिका अधिवेशन आयोजक सभाको आयोजनामा धवलागिरी ७ सिवाङमा प्रथम एतिहासिक धवलागिरी गाउँपालिका अधिवेशन खुला घोषण सभा सम्पन्न भएको छ।
प्रथम धवलागिरी गाउँपालिका आयोजक सभाका अध्यक्ष ओमराज मगरकोे सभा अध्यक्षतामा, जिल्ला अधिवेशन आयोजक सभाका प्रचारप्रसार सह–सचिव विकास पुन मगरको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी मंगोल नेशनल अर्गनाईजेशनका केन्द्रिय मुल सचिव थम्मन बहादुर बुढा मगर रहनु भएको थियो भने विशिष्ट अतिथीमा गण्डकी प्रदेश सभा अध्यक्ष नविन गुरुङ रहनु भएको थियो, अतिथीहरुमा गण्डकी प्रदेश सभा सदस्यहरु कुमार रोकामगर र रण बहादुर फगामी मगर रहनु भएको थियो, त्यसै गरी जिल्ला अधिवेशन आयोजक सभा म्याग्दीका संयोजक डि.के.पुन मगर लगायत एलिस रोकामगर, दिपक पुनमगर, जिवन पुन मगर र अन्य जिल्ला नेता कार्यकर्ताहरु र विभिन्न पालिका तथा वडाहरुबाट समेत प्रतिनिधिहरुको उपस्थिती रहेको थियो,
आयोजक सभाका सदस्य धनबहादुर मगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने मंगला गाउँपालिका तदर्थ सभाका अध्यक्ष मनबहादुर मगर, म्याग्दी जिल्ला दोस्रो जिल्ला अधिवेशन सभाका आर्थिक संयोजक दिपक पुन मगर, जिल्ला अधिवेशन संयोजक डि.के. पुन मगर, गण्डकी प्रदेश सभाका सदस्य कुमार रोका मगर, गण्डकी प्रदेश सभा अध्यक्ष नरबहादुर गुरुङ (नविन) लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। 

धवलागिरी गाउँपालिका अधिवेशन खुला घोषण सभा सम्पन्न

प्रमुख अतिथी तथा एम.एन.ओ. केन्द्रिय मुलसचिव थम्मन बहादुर बुढा मगरले उक्त सभालाई सम्बोधन गर्दै मंगोलबाद दर्शन र एम.एन.ओ.को बारेमा थप प्रस्त पार्नु भएको थियो, बाहुनबाद तथा हिन्दुबाद नै नश्ल विभेद तथा वर्ण विभेदको सिर्जना भएकोले त्यस्तो खालको विभेदकारी निती तथा सिद्धान्तलाई त्याग्न सवैमा आग्रह गर्नु भएको थियो । मंगोल नेशनल अर्गनाईजेशनले लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तिय संघियता स्थापनाकाल देखिनै वकालत गर्दै आएको र समानता भातृत्व, स्वतन्त्रता, मानव अधिकार, दिगो विकास र दिगो शान्तिको लागि वैचारिक क्रान्ति (राजनितिक क्रान्ति, आर्थिक क्रान्ति, सामाजिक तथा सांस्कृतिक क्रान्ति, शैक्षिक क्रान्ति, धार्मिक क्रान्ति )हरु गरिरहेको बताउनु भयो ।
कार्यक्रममा १० जनवरीको बन्द सत्रले ओमराज मगरको अध्यक्षतामा, योगेन्द्र रोका सचिव र चुरमाया मगर कोषाध्यक्ष सहित १५ सदस्य धवलागिरी गाउँपालिका सभा गठन भएको घोषणा गरी नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना समेत प्रदान गरिएको थियो ।
कार्यक्रमलाई समापन गर्दै धवलागिरी गाउँपालिका प्रथम अधिवेशन आयोजक सभाका संयोजक तथा नवनिर्वाचित धवलागिरी गाउँपालिका अध्यक्ष ओमराज मगरले धवलागिरी गाउँपालिकालाई थप मंगोलमय बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्