Tuesday 19 March 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>
हाम्रो बारेमा

पुर्व-पश्चिम उत्तर-दक्षिण, एक मंगोल एक आवाज भन्ने मुख्य उदेश्य बोकेर बि. स. २०६५ सालदेखि मंगोल नेशनल अर्गनाइजेसनको मुखपत्रको रूपमा प्रकाशनहुँदै आएको मंगोल भिजन रास्ट्रीय साप्ताहि पत्रीका का. जि .प्र ./१७/०६५/०६६ मा दर्ता भइ कानुनी रूपबाट प्रकाशित रास्ट्रीय साप्ताहि पत्रीका हो ।
विदेशी हिन्दुआर्य शासकले १४९५ एडिबाट यस देशका असली भुमिपुत्रहरुको राजनैतिक , धार्मिक ,आर्थिक ,शैक्षिक , सास्कृतिक अधिकार खोसेपछी एकलौटी रूपमा लादिएको हिन्दुवादको अर्थात बाहुनबादको विरोधमा कसैले बोल्न लेख्न आँट गरेका थिएनन् । सर्वप्रथम डा. गोपाल गुरुङज्युले सन १९७९देखि खुल्ला रूपमा हिन्दुआर्य बाहुनक्षेत्री शासकको विरोधमा प्रमाण सहित लेख्न बोल्न शुरु गर्नु भयो । दार्जीलिङमा जन्मी हुर्की पुनः आफ्नो थाकथलो नेपाल आएका दुरदर्शि निर्भीक निडर युग पुरुष अमर डा गोपाल गुरुङज्युले बि.स. २०२७ सालदेखि नै आफ्नो सम्पादनमा न्युउलाईट साप्ताहि पत्रीका चलाउन सुरु गर्नु भएको थियो । राजाको विरुद्धमा 'र ' र पञ्चायती व्यवस्थाको 'प' सम्म बोल्न लेख्न नमिल्ने जटिल अवस्थामा पनि न्युउलाइट पत्रीका मार्फत मुलुकमा लोकतन्त्र अर्थात गणतन्त्र (भारतको जस्तो) ,प्रान्तीय शासन र धर्मनिरपेक्षको माग उठाउनुहुँदै शाहासी मंगोल सम्राट अमर डा गोपाल गुरुङज्युले अभावग्रस्त मुलवासी मंगोलहरुले मंगोल रास्ट्रबादको दर्शन बुझ्न् पचाउन नसक्ने देखिपछि अन्तर्राष्ट्रिय स्तरबाट हिन्दुवादको विरोध गर्न अग्रेजी भासामा पुन अर्को साप्ताहि पत्रीका थण्डरबोल्ट बि.स. २०४०बाट थालनी गर्नु भयो । 
पहिलोपल्ट काठमाडौ पुलचोकको एक आमसभामा मा तिनै दुरदर्शि राजनीतिज्ञ डा गोपाल गुरुङज्युले मुलवासी मंगोल शब्द विस्फोटन गर्नुभएको थियो । पछि उहाँद्वारा प्रकाशित न्युउलाइट र थण्डरबोल्टको सम्पादकीयलाई करेक्सन गरी जब सन १९८५ मा "नेपाली राजनीतिकमा अदेखा सचाइ " नामक पुस्तक लेख्नुभयो तव उहाँलाइ हिन्दुआर्य शासकले जेलनेल हाल्ने निर्णय गर्‍यो । ८०% अहिन्दु मुलवासी मंगोलहरुको शिर ठाडो पार्नको निम्ति चेतनामूलक पुस्तक लेख्दा जेल परेका युगपुरुस शिर झुकाएर बाहिर आएनन् बरु समस्त मुलवासी मंगोलहरुको साझा संगठन "मंगोल नेशनल अर्गनाइजेसन " नामक संगठन खडा गरी यस्को घोषणापत्र झण्डा तयार गरि अन्तर्राष्ट्रिय राजनीति परिवर्तन संगै जेलमुक्त हुनुभएको थियो ।
मंगोल र मुलवासी शब्द नै काउसो बनेको साम्प्रदायिक हिन्दुआर्य शासकले भद्रगोल जेलभित्र स्थापित मंगोल नेशनल अर्गनाइजेसनलाइ विभिन्न धारा-उपधारा (अहिन्दुलाई लाग्नै नसक्ने धारा ) लगाएर १८ वर्ष सम्म दर्ता नै दिइएन । एक्लै भएपनि विदेशी हिन्दुआर्य बाहुनक्षेत्रीसंग जिल्ला अदालत, पुनरावेदन अदालतहुदै सर्वोच्च अदालतसम्म सर्वोस्व त्यागी ज्यानको बाजी लगाएर निर्भीक निडर बन्दै समस्त मुलवासीहरुको अस्तित्व ,हक अधिकार खोज्ने पहिलो र आखिरी व्याक्ती भन्दा दुइमत हुँदैन डा गोपाल गुरुङज्युलाइ । हिन्दुहरुको विस्णुको अवतार राजालाई समेत सुझावदिने डा गोपाल गुरुङज्यु चेतना मुलुक किताब लेख्दा जेलनेल भुमिगत निर्वासित जीवन मात्र भोगेनन् घमाइलो दिनमै घर फोरियो , पाहुना आएकी चेलिलाई पक्रेर महिनौं हिरासतमा राखियो , स्यालदरबार देखि सिंहदरबारसम्मका सबै अरौटे भरौटेहरुलाई उहाँको दर्शनलाई नकारात्मक टिप्पणी गर्न खटाइयो ।
"झुटो टिक्दैन सत्य डक्दैन" भने झै देश विदेशले उहाँको बारेमा बोलिदियो ,लेखिदियो । अमेरिका जस्तो शक्ति सम्पन्न मुलुकबाट उहाँको बारेमा बुझ्न् अमेरिकी लेडिज सुजन आइ ह्याङ्गन लाई अन्तर्राष्ट्रिय स्तरबाट खटाइयो । जब १८ वर्षपछि मंगोल नेशनल अर्गनाइजेसनलाई दर्ता दिनु बाध्य भयो त्यस समयदेखि जस्तोसुकै चुनौतीहरुसंग सामना गर्दै लोकतान्त्रिक मुल्य मान्यता अनुसार हरप्रकारको चुनावमा सहभागी बन्दै आएको छ एमएनओ । डा• गोपाल गुरुङज्युद्वारा लिखित पुस्तक नेपाली राजनीतिमा अदेखा सचाई , अस्तित्वको खोज मंगोलको र एमएनओमा डक्टरेड पिचडि , मंगोलवाद- माओवाद-बाहुनवाद ,नेपाल र सिक्किमको राजनीतिमा नौलो अछुत जनजाति (फिरिङे) समुदाय सृजना आदि पुस्तक र सयौं पर्चा पम्प्लेटहरुबाट नेपालमा लागेको वास्तविक रोग र निको पार्ने उपयाहरु प्रस्ट्याई सक्नु भएको छ ।
नेपालमा भएको बाहुने मिडियाहरुले मंगोल नेशनल अर्गनाइजेसनको सत्यतथ्य आवाज लेखिदिने भन्दा नकारात्मक प्रचारप्रसार गर्ने कार्य मात्र गर्दै आएकोले मंगोल नेशनल अर्गनाइजेसनका नेताकार्यकर्ताहरुले देशभर चलाएको गाउँ-गाउँ जाउ मुलवासी मंगोल जगाउ ,अस्तित्व बचाउँ भन्ने अभियानमा विभिन्न वार्ड ,गाउँ ,नागरपालिका, जिल्ला,प्रान्तहरुमा भएको मंगोल प्रोग्रामलाई छापा तथा अनलाइन मार्फत बैधानिकता प्रदान गर्न , लुकाइएका ,दबाइएका सत्यतथ्य मंगोल इतिहासहरु तमाम नगरिकमाझ पुर्याउन, भ्रष्टाचारी दलाल कथित नेताहरुलाई खबरदारी गर्दै समानता स्वतन्त्रता र भातृत्व कायम गर्दै पुर्ण लोकतान्त्रिक धर्मनिरपेक्ष र प्रान्तीय शासनको नयाँ नेपालको सृजना गर्ने एक मात्र साझा संगठन एमएनओलाई राज्यको बागडोर सम्हाल्ने सिंहदरबारभित्र छिराउन मंगोल नेशनल अर्गनाइजेसनको आफ्नै मुखपत्रको रूपमा मंगोल भिजन रास्ट्रीय साप्ताहि छापामा र www.mongolvision.com अनलाइनमा २४सैं घण्टा प्रसारण गर्ने लक्ष्य लिएर २०६५ सालदेखि अगाडि बढिरहेकोछ ।
सर्वप्रथम काठमाडौबाट रश्मी तामाङलाई सम्पादक बनाएर चलाइएको मंगोल भिजन पत्रीका प्रवास सभा मलेसियाबाट पनि रंगिनमा छापिने गर्दथ्यो । तर अगतिला अदुरदर्शी केहि कार्यकर्ताको कारण केहि समय बाध्यताबश रोकियो । केहि समयपछि दिलिप धिमालको सम्पादकत्वमा पुन: पुर्वको झापाबाट प्रकाशन हुनथाल्यो र केहि बर्ष पछि फेरी राजधानी काठमाडौबाटै प्रकाशन गर्ने संगठनको निर्णय भयो । काठमाडौबाट केहि महिना ८ पृष्ठमा चल्न थालेको केहि दिन नबित्दै संगठनको केहि फटाहा कुनेताहरुले मंगोल भिजन मात्र नभई संगठन नै बाग्मतीमा सेलाइदिएको यथार्थ सबैमा अवगत नै छ । यसरी पटकपटक धोका खाँदै चलेको मंगोलहरुको ढुक्ढुकी मंगोल भिजन रास्ट्रीय साप्ताहि पत्रीका तथा अनलाइन संगठनको ऎतिहासिक पाँचौ रास्ट्रीय महाधिवेशनपछि चितवनमा बसेको पहिलो मिटिङ्ले पुनः पुर्वको झापाबाटै चलाउने निर्णय भएकोले अहिले झापाबाट चलिरहेको छ । 
मंगोल भिजन रास्ट्रीय साप्ताहि पत्रीका चलाउन बैधानिकता पाएका संगठनका केन्द्रिय सदस्यहरुको पहिलो मिटिङ पुर्वको झापास्थित बिर्तामोड मंगोल भिजन अफिसमा बसि देशभरका ७७ जिल्लाबाट समाचारदाता नियुक्ति गर्ने लाखौं ग्राहक (सदस्य ) दर्ता गराउने र छिट्टै काठमाडौ बुटवल र झापाबाट एकैसाथ प्रकाशन गर्ने लक्ष्य बोकेर अगाडि बढिरहेको छ । 
आजसम्म हामी बाटो बिराएर , सत्यतथ्य कुरा पढ्न नपाएर साझा दुश्मनकोसाथ झुटो राजनीति गरिरहेका छौं भने ,सत्य बाटोमा, सहि दुरदर्शि सिद्धान्तमा हिड्ने प्रण गरौं । विभिन्न तह र तप्काका रहनुभएका अहिन्दु मुलवासी मंगोल आमा बुबा दाजुभाइ दिदीबहिनीहरु हो मान्छे जस्तो भएर शिर ठाडो गरी जिँउदो बचाइ र मराइलाई अर्थपूर्ण बनाउन तन मन धनले सहयोग गर्न कदापि पछि नपरौं ।

Pic1
Pic1
सहयोगको लागि