शुक्रबार 29 मार्च 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भाग्यमा होइन कर्ममा विश्वास गर्ने गरौं

7 मार्च 2021

भाग्यमा होइन कर्ममा विश्वास गर्ने गरौं

एउटा किंवदन्ती छ सम्पत्ति सँग सँगै विपत्ति पनि आउँछ भन्ने। हुन पनि हो यो संसारमा धन सम्पति पैसा नै ठुलो कुरा हो र बनाइएको पनि छ। धन सम्पति पैसा भन्ने चीज वैधानिक रुपले र अवैधानिक रुपले गरी दुई प्रकारले आर्जन गर्ने गरिन्छ। अवैधानिक भन्नाले चोरी, डकैती, ठगठाग, लुटपाट, कालो बजरी, कालो तस्करी, भ्रष्टाचारी र अवैध धन्दा गरेर सम्पति आर्जन गरेको हो भनेर बुझ्नु पर्छ। र त्यसैगरी अर्को पुर्ख्यौली सम्पति आर्जन गर्ने, आफ्नो मेहनत, रगत पसिना अर्थात् कर्ममा रमाएर आर्जन गर्ने तरिकालाई वैधानिक सम्पति भनिन्छ। निश्चय पनि सम्पति ठुलो कुरा हो तर सबै थोक चाहीं होइन । सम्पति भन्ने कुरा एउटी वेश्या संग पनि हुन्छ, उनको आलिसान घर, बैंक ब्यालेन्स, गाडी घोडा, आसेपासे बडीगार्ड पनि हुन्छ । तर उनी जतिसुकै सम्पन्न भए पनि उनलाई हेर्ने दृष्टिकोण भनेको सामाजिक स्तरमा वेश्या नै हो । अवैधानिक किसिमले आर्जन गरेको सम्पति सँगै 95% विपत्ति आउँछ नै यसलाई रोक्ने र टार्ने क्षमता कमैमा मात्र हुन्छ। किन कि उसले दिन जानेको हुँदैन लिन मात्र सिकेको हुन्छ। वैधानिक सम्पति आर्जन गर्ने हरुलाई त्यस्तो खासै विपत्ति आइलाग्दैन। विपत्ति आए पनि उसले सजिल्लै प्रकारले हल गर्न सक्छ। किन कि उसले पहिला इष्टमित्र, साथी भाई, छरछिमेक, समाज र देशलाई केही दिएको हुन्छ। यसोसले धन सम्पति भन्ने कुरा ठुलो कुरा हो तर सबै थोक चाहिँ होइन। सबै भन्दा ठुलो कुरा अस्तित्व हो । हिन्दुहरुको कथित विजयादशमी दशैं यहाँका मुलवासी मंगोल पुर्खाहरुको षड्यन्त्र पुर्बक र कपटपुर्ण तवरले टाउको ठुन्काएर राज्य खोसिएको उपलक्ष्यमा मनाउंदै आएको चाड हो । इतिहास जित्नेले आफ्नो पक्षमा पारेर लेख्ने गर्छन। यहाँका मुलवासी मंगोलहरुले आफ्नो पुर्खाको टाउको ठुन्काइएको र राज्य खोसिएको दिनमा शोक मनाउनु पाउनु पर्नेमा इतिहासका हिन्दुवादी शासकहरुले जबरजस्ती विजय उत्सव मनाउन बाध्य बनाउँदै आएको इतिहास साक्षी छ। इतिहास लेख्नेहरु पनि बाहुनक्षेत्रीनै भएकोले आजसम्म पाठ्यक्रममा पनि त्यही झुट्ठो इतिहास मुलवासी मंगोलका छोराछोरीहरुले स्कुल कलेजमा पढ्न बाध्य छन्। नेपालका हिन्दुवादी मिडियाहरु पनि दिनरात यही झुट्ठो कुरालाई प्रचार-प्रसार गर्ने कुरामा जोडबलले लागि परेको हुन्छ। मुलुकमा सत्य कुरा ओकल्ने मिडिया नै देखिंदैन। यस्तो खाले दुष्प्रचार फैलाउने मिडियाहरुलाई पनि बहिष्कार गर्नु सक्नु पर्दछ। यिनै सत्यतथ्य यथार्थतालाई यहाँका मुलवासी मंगोलहरु माझ जगजाहेर गराउँदै ससक्त रुपले अघि बढ्न र बढाउनका निमित्त युग पुरुष अमर ड.गोपाल गुरुङ ज्युले घर घरलाई नै मंगोलको स्कुल बनाउ भन्नु भएको हो। यसकारण मंगोलहरु अहिन्दु तथा बुद्दका सन्तान भएकोले दिनु सक्नु पर्छ दिनु हाम्रो संस्कार हो। लिनु मात्र जान्ने भनेको हिन्दु आर्यहरुको संस्कार हो। यसकारण ड.गोपाल गुरुङ ज्युले भन्नु भएको कुरालाई कार्यान्वयन गर्नको निमित्त आ-आफना घर घरलाई मंगोलको स्कुल बनाउनु पर्छ, कोही जग्गा दाता भएर कोही आर्थिक सहयोग गर्ने भएर कोही ड.गुरुङको शालिक बनाई दिने भएर, कोही पुस्तकालय खोलिदिने भएर र कोही पसिना दिने भएर देखा पर्नु पर्दछ। तब मात्र देश बनाउने र समाज परिवर्तन गर्ने बिषयमा थोरै भएपनि योगदान दिएको ठहरिन्छ र सांचो इतिहास कोरिन थाल्छ। मुखले मात्र मुलवासी मंगोल भनेर पुग्दैन। ब्यवहारमा पनि मुलवासी मंगोलको जस्तो संस्कार हुनु पर्दछ। सबै मंगोल नेता, कार्यकर्ता एवम् शुभेच्छुकहरुको घरमा हिन्दुवादी संस्कार तथा चाडपर्व त्याग्न सक्नु पर्दछ र एमएनओको झण्डा , ड.गुरुङद्वारा लिखित सबै खाले पुस्तकहरुको सेट राख्नु पर्छ। तब मात्र दिमागमा नयाँ सोच र नयाँ बिचार प्रस्फुटन भएर देश, समाज र आउंदो पींडीका निमित्त केही योगदान दिएर जान सकिन्छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :