बिहिबार 25 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

नौटङकी नै नाटक हो

21 मार्च 2021

नौटङकी नै नाटक हो

नेपालका कथित कम्युनिस्ट भनौंदा मनुवादी हिन्दु आर्य बाहुनक्षेत्रीहरुले यस देशका ८० प्रतिशत अहिन्दु मुलवासी मंगोल समुदायहरुलाई वर्षौदेखि एकलौटी रूपमा छलकपट्पूर्ण शासन गर्दै आएपनि अबको दिनमा आफ्नो शासन सत्ता टिकाइ राख्न मुस्किल पर्ने देखिन थालेको छ ।

मंगोल नेशनल अर्गनाइजेशनका फाउण्डर प्रेसिडेन्ट युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युले किटानका साथ लेखेर बोलेर जानुभएको छ कि नेपालका हिन्दु आर्य बाहुनक्षेत्रीहरु कदापि लोकतन्त्रवादी हुन सक्दैनन् र बन्दैनन् पनि यदी आफ्नो स्वार्थपुर्तीको लागि लोकतन्त्रवादी जस्तो बनिन देखिन खोजेपनि एकदिन धोका दिएर नै छोड्नेछन् । नेपालको संविधान २०७२ अनुसार नेपाल एक लोकतान्त्रिक गणतन्त्रात्मक, धर्मनिरपेक्ष र प्रान्तीयतामा आधारित मुलुक हो । तर दुइतिहाइ बहुमत प्राप्त पार्टीका संसद मंन्त्रीहरुले शासन सत्ता सम्हाल्दा पनि नेपालका नागरिकहरुले न लोकतान्त्र, धर्मनिरपेक्ष लागू भएको प्रत्याभूति गर्न सके न त आफ्नो प्रान्तको नाम सुन्न पाएका छन् । नागरिकहरुको मन जीत्न प्रयोग गरेको लोकतन्त्र, धर्मनिरपेक्षता र प्रान्तीयताको फर्मुला आफ्नै घाँटी रेट्ने करौती बन्न पुग्ने देखिएपछी संसद विघटन गरी दोहोरी खेलेको सबैले प्रष्ट देखेका सुनेका छन् र एकाअर्काले भनेका छ्न् "यो नाटकै हो" "यो नौटङकी नै हो ।" वास्तवमा मनुवादी यी नेताहरुले अहिलेसम्म झुट मात्रै बोलेपनि यो शब्द सही बोलेका हुन् ओली पक्षले अर्का नेपाल - दाहाल पक्षलाई आरोपप्रत्यारोप गर्दै दोहोरी खेलेको नाटक नै हो र अर्का पक्षले नौटङकी नै हो भन्नू नै नाटक नौटङकी दुबै उस्तै हो । नेपालमा बसोबास गर्ने आदिवासी जनजाति हिन्दु आर्य बाहुनक्षेत्रीहरुको लागि धर्मनिरपेक्षमा भन्दा हिन्दु सापेक्ष राष्ट्रमा आफ्नो अस्तित्व, हक, अधिकार सुरक्षीत हुनेभएकोले लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई धमिलो देखाउन नाटक सँगै अनेकौं बहानामा नौटङकी गरिरहेका छन् । अख्तियार अनुसन्धान दुरुपयोग आयोगका प्रमुख भ्रष्ट प्रमाणित, रक्षकहरु नै भक्षक, जनप्रतिनिधिहरु डनप्रतिनिधी जस्तो देखाउनु र लोकतन्त्रको असली पहरेदार मंगोल नेशनल अर्गनाइजेशनलाई अराजक गतिविधिमा संलग्न देखाउन अनेकौं गतिविधिहरु घटाउनुले नै सात दशक पछि प्राप्त कागजकै भएपनि लोकतान्त्रिक संविधान नपच्नु साबित भएको छ । हामी अहिन्दु मुलवासी मंगोल समुदायले हिन्दु आर्य बाहुनक्षेत्री र उनीहरुकै इशारामा चल्ने अनुहार मात्र मंगोलको बोकेका नेता भनौंदाहरुबाट लोकतन्त्रको रक्षा खोज्नु र ढेडुं बाँदरलाई मकै बारीको गोठालो राख्नु उस्तै हो अत: मंगोल नेशनल अर्गनाइजेशनका नेताकार्यकर्ता कहिले पनि अरुको सिको गर्दैन, आफ्नै सिद्धान्तमा दुरदृष्टी लिएर लम्की रहेको छ, लम्कीरहने छ । आउँदो चुनावमा पनि मंगोल नेशनल अर्गनाइजेशनलाई लोकतान्त्रिक संगठन होइन भन्ने देखाउन बाहुने निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा विभिन्न बाधा अड्चनहरु खडा गर्न सक्ला तर त्यस्ता सडेको बारहरु तोडेर मैदानमा उत्रीने छ किन कि खतरापूर्ण फलामे बारहरु युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युले एक्लै लडि दिइसक्नु भएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिए पछी अबको एउटा विकल्प चाँडै चुनाव पनि हुनसक्छ । हामी बहुसंख्यक अहिन्दु मुलवासी मंगोल समुदाय जतिसक्दो राजनीति चेतनशील बन्ने छौँ त्यसले नै बाहुनक्षेत्रीहरु पतनको मुखतिर धकेलिदै पुग्नेछन् । हरेक परिवर्तनको एउटा समय हुन्छ यो समय हाम्रो समुदायलाई सत्यतथ्य सुनाउने बुझाउने अनि धुर्त हिन्दु आर्य बाहुनक्षेत्रीको काला कर्तुत पर्दाफास गर्ने समय हो । यतिबेला देशभरका मंगोल नेशनल अर्गनाइजेशनका नेताकार्यकर्ताहरु आफ्नो गाउँबस्तीका घर-घरमा पुगेर अकुलषित मंगोल दर्शन बाड्नु नितान्त आवश्यक छ र सोही बमोजि मंगोल लिडरहरु अघि बढिरहेका पनि छन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :