शुक्रबार 6 नोभेम्बर 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

तिहार” मुलवासी मंगोलहरूको महान् सांस्कृतिक पर्व भएको एमएनओको दाबी, देशव्यापी ‘जै मंगोल सांस्कृतिक अभियान–२०२६’ सुरु हुँदै

मंगोल भिजन पत्रिका | 6 नोभेम्बर 2026

तिहार” मुलवासी मंगोलहरूको महान् सांस्कृतिक पर्व भएको एमएनओको दाबी, देशव्यापी ‘जै मंगोल सांस्कृतिक अभियान–२०२६’ सुरु हुँदै

 

“तिहार” मुलवासी मंगोलहरूको महान् सांस्कृतिक पर्व भएको एमएनओको दाबी, देशव्यापी रूपमा ‘जै मंगोल सांस्कृतिक अभियान–२०२६’ सुर

 

झापा - नेपाली समाजमा दीपावली अर्थात् तिहारका रूपमा मनाइँदै आएको पर्वलाई मुलवासी मंगोल समुदायको ऐतिहासिक, सांस्कृतिक तथा बौद्ध परम्परासँग जोडिएको महान् चाडका रूपमा मनाउनुपर्ने धारणा मंगोल नेशनल अर्गनाइजेशन (MNO) ले अघि सारेको छ।

सिदाहा बुद्धले वैशाख पूर्णिमामा ज्ञान प्राप्त गरेपछि आफ्ना पिता राजा शुद्धोधनको निमन्त्रणामा कार्तिक महिनाको औँसीका दिन कपिलवस्तु तथा लुम्बिनी क्षेत्रमा आगमन गरी ज्ञान, शिक्षा र दर्शन बाँडेको ऐतिहासिक मान्यताका आधारमा दीप प्रज्वलन गरेर बुद्धको स्वागत गरिएको दिन नै तिहार पर्वसँग जोडिएको एमएनओको दाबी छ।यसै ऐतिहासिक मान्यता, बुद्धको ज्ञान, दर्शन र शिक्षालाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले मंगोल नेशनल अर्गनाइजेशनले यस वर्ष पनि देशव्यापी रूपमा ‘जै मंगोल सांस्कृतिक अभियान–२०२६’ सञ्चालन गर्ने भएको छ।

बृहत खोज अनुसन्धान गरेर एमएनओ ले आगामी कार्तिक २१ गतेदेखि देशभर सञ्चालन हुने यस अभियानमार्फत मंगोल समुदायको मौलिक इतिहास, संस्कार-संस्कृति, राजनीतिक चेतना तथा बुद्धको ज्ञान र दर्शनबारे जनचेतना फैलाइनेछ। एमएनओका श्रद्धेय प्रेसिडेन्ट बुद्धलाल मेचेले तिहार मनाउने मंगोल समुदायको परम्परा अन्य समुदायको भन्दा फरक रहेको स्पष्ट पार्नुभएको छ।

उहाँका अनुसार सिदाहा बुद्धले वैशाख पूर्णिमामा ज्ञान प्राप्त गरिसकेपछि वर्षायाम सुरु हुन लागेकाले तत्काल नेपाल आउन सम्भव नभएको र वर्षायाम सकिएपछि कार्तिक औँसीको समयमा पिता शुद्धोधनको निमन्त्रणामा नेपाल आई ज्ञान, दर्शन र शिक्षा बाँड्नुभएको थियो।त्यही ऐतिहासिक घटनाको स्मरणमा दीप प्रज्वलन गरी बुद्धलाई स्वागत गरिएको र त्यसैसँग तिहार पर्वको ऐतिहासिक सम्बन्ध रहेको एमएनओको व्याख्या छ।

 

प्रेसिडेन्ट मेचेका अनुसार कालान्तरमा राजनीतिक सत्ता र शासन परिवर्तनसँगै देशको सत्ता र शासन  साम्राज्यवादीहरुको कब्जामा परे पछि, मुलवासी मंगोलहरूको मौलिक सांस्कृतिक परम्परामा परिवर्तन हुँदै गएको र तिहार पर्वसमेत हिन्दुकरणको प्रभावमा परेको उहाँको दाबी छ। उहाँले काग, कुकुर, गाई, चेलि- माईती तथा लक्ष्मी पूजासँग जोडिएका प्रचलनहरूलाई तिहारको वर्तमान स्वरूपमा समावेश गरिए पनि यसको ऐतिहासिक मंगोल तथा बुद्ध परम्पराको पक्षलाई ओझेलमा पारिएको धारणा व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार अब तिहारलाई केवल परम्परागत पूजा र कर्मकाण्डमा सीमित नराखी बुद्धको ज्ञान, शिक्षा, दर्शन र मंगोलहरूको मौलिक पहिचानसँग जोडेर मनाउनुपर्ने आवश्यकता छ।एमएनओले यस वर्षको अभियानअन्तर्गत कथित लक्ष्मी पूजाको दुई दिन अगाडिदेखि नै विभिन्न सांस्कृतिक तथा वैचारिक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

तिहार” मुलवासी मंगोलहरूको महान् सांस्कृतिक पर्व भएको एमएनओको दाबी, देशव्यापी ‘जै मंगोल सांस्कृतिक अभियान–२०२६’ सुरु हुँदै

उक्त अभियानमा मंगोलको झण्डा, एमएनओ कोे घोषणापत्र, मंगोल स्यालुट, मंगोल गीत–संगीत, मंगोल कथा, इतिहास, व्यथा, दर्शन र राजनीतिक सिद्धान्तका विषयहरू जनतामाझ प्रस्तुत गरिने बताइएको छ।यस अभियानको मुख्य उद्देश्य मुलवासी मंगोल समुदायमा आफ्नो मौलिक इतिहासप्रति जागरण ,जनचेतना ल्याउनुका साथै बुद्धको ज्ञान, शिक्षा र राजनीतिक चेतना विस्तार गर्नु रहेको एमएनओले जनाएको छ।

प्रेसिडेन्त बुद्धलाल मेचेले भविष्यमा मंगोल सत्ता र शासन स्थापित भएको अवस्थामा देशमा एउटै साझा नेपालीहरूको चाड, सांस्कृतिक संस्कारकोे विकास गर्नुपर्ने आफ्नो दृष्टिकोणसमेत व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार बीचको ऐतिहासिक कालखण्डमा हिन्दुकरणको प्रभाव परे पनि एमएनओले तिहारको अवसरलाई पुनः मंगोलवाद, बुद्धको दर्शन र मौलिक सांस्कृतिक अस्तित्व सँग जोड्ने अभियान अघि बढाइरहेको छ।

यसरी तिहारलाई दीपावली र परम्परागत धार्मिक अनुष्ठानमा मात्र सीमित नराखी बुद्धको ज्ञान, ऐतिहासिक स्मरण, सांस्कृतिक जगेर्ना र राजनीतिक चेतनासँग जोडेर मनाउने अभियानमा एमएनओ अघि बढेको छ।तिहारको ऐतिहासिक उत्पत्ति र सांस्कृतिक अर्थबारे विभिन्न समुदाय तथा इतिहासकारका आ-आफ्नै व्याख्या रहे पनि एमएनओले भने यस पर्वलाई मुलवासी मंगोलहरूको मौलिक सांस्कृतिक चाँडपर्वको रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्