बिहिबार 22 अक्टोबर 2026

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

मधेस प्रान्तको विभिन्न जिल्ला,स्थानहरूमा कालो टीका लगाएर एमएनओले गर्यो दशैँ बहिष्कार।

मंगोल भिजन पत्रिका | 22 अक्टोबर 2026

मधेस प्रान्तको विभिन्न जिल्ला,स्थानहरूमा कालो टीका लगाएर एमएनओले गर्यो दशैँ बहिष्कार।

मधेस प्रान्तमा एम एनओले गर्‍यो दशै बहिस्कार 

महोत्तरी / तथाकथित दशै लाई मंगोल नेशनल अर्गनाइजेसन मधेस प्रान्तीय सभा अन्तरगतको विभिन्न जिल्ला सभाहरुले सामुहिक रुपमा बहिस्कार गर्दै दशै बहिस्कार कार्यक्रम सम्पन्न गरेको छ । आफ्नै पुर्खाहरु मारिएको दिनमा आफुहरु खुसी हुन नसक्ने भन्दै कथित दशै लाई बहिस्कार गरेको मधेस प्रान्तीय सभाका अध्यक्ष कमल गुरुङले बताउनु भयो । जबर्जस्ति लादिएको दास्त्व लाई नमादा साशकहरु बाट हाम्रा पुर्खाहरु मारिनु परेको दिनमा हामी खुशी हुन सक्दैनौ उहाले भन्नू भयो ।

 कथित दसै लाई महोत्तरी जिल्ला सभाले महोत्तरीको बर्दिबास नगर पालिका ५ नमुना टोलमा एक कार्यक्रम गर्दै बहिष्कार कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला सभाका अध्यक्ष टेक बा तामाङको अध्यक्षता र मधेस प्रान्तीय सभाका कोषाध्यक्ष सुमित्रा तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि तामाङले उपस्थिति सबैलाइ सामुहिक रुपमा कालो टीका लगाइ दिनु भएको थियो । त्यस्तै सर्लाही जिल्ला सभाले पनि सर्लाहीको बगमती नगर पालिका ३ मा मधेस प्रान्तीय सभाका अध्यक्ष कमल गुरुङको प्रमुख आतिथ्यता मा दसै बहिस्कार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एन एनओका नेता कार्यकर्ता तथा सुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम जिल्ला सभा अध्यक्ष जोक बा तामाङ को अध्यक्षतामा सम्पन्न भएको थियो । 

त्यस्तै रौतहटमा मा पनि मंगोल नेशनल अर्गनाइजेसन ले कथित दसै लाई बहिस्कार गरेको छ । जिल्ला सभा रौतहटको आयोजनामा चन्द्रपुर नगर पालिका ३ मा दसै बहिष्कार कार्यक्रम सम्पन्न भएको छ । मधेस प्रान्तीय सभाका सदस्य तिर्थ बम्जन को प्रमुख आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मंगोलका नेता कार्यकर्ता एबम स्थानीय लोक समुदायहरुको उल्लेखनीय उपस्थित रहेको थियो भने कार्यक्रम जिल्ला सभा अध्यक्ष कर्ण पाखिनको अध्यक्षतामा भएको थियो । त्यसै गरि बारा, धनुसा जिल्ला सभाहरुले पनि दसै बहिस्कार कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ ।

मधेस प्रान्तको विभिन्न जिल्ला,स्थानहरूमा कालो टीका लगाएर एमएनओले गर्यो दशैँ बहिष्कार।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्