बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

आफै धामी आफै बोक्सी पो होकी !

24 फेब्रुअरी 2019

आफै धामी आफै बोक्सी पो होकी !

कथित हिन्दु धर्म ( बाहुनवाद) ले लछप्पै गाजेको हाम्रो समाजमा एउटा कुसंस्कार परम्परागत रूपमा चल्दै र अग्यान्ताको कारण मान्दै आएको छ । त्यो हो मान्छे बिरामी हुँदा लगाइने धामीझाँक्री र आरोपित बोक्सी । कुनै एक मंगोल समुदायले आफ्नो संस्कारको रूपमा फेदाङ्मा विजुवा धामीझाँक्री लगाउने परम्परागत शैली भएपनि हिन्दुवाद अर्थात कथित बाहुनधर्मले नराम्ररी पिसेको हाम्रो समाजमा धामीझाँक्री र बोक्सीको कारण लुटिखाने ठक्ने र मानवअधिकार बिपरित विभिन्न घृणित उपनाममा एकाअर्कालाई दोसि देखाउने चलाउन अझै हटेको छैन । यसरी एकाअर्कालाई दोसि आरोपितहरु समाजमा रहेका पछौटेपारिएका वर्ग ,असाह्य गरिब हुँने र चोखो बन्नेमा उहि समाजका कथित माथिल्लो वर्गका पहुँचवालाहुने गरेको हाम्रै समाजमा प्रष्ट देखिँदै आएको छ । दुइतिहाइ बहुमतको दम्भ बोकेको नेकपाको सरकार विकास र सम्वृदिको नारा फुकेर कहिल्यै थाक्दैन । "सुखी नेपाली सम्वृद नेपाल " को परिकल्पनामा मंगोलभुमी नेपालमा पहिलोपल्ट लोकतन्त्रको अभ्यासमा मोजतन्त्र लुटतन्त्र ठकतन्त्रको शैलीमा बढिरहेको यो सरकारलाई पहिलो गाँसमै ढुङ्गा लागेको सबैलाई अवगत नै छ । सबैप्रकारको सेन्डिगेट अन्त्यको घोषणा नारामा सिमित भएपछि अन्य फुस्रे नारामा सचेत नेपाली नागरिक ध्यानाकषिर्त विहीन छन् । हालका प्रधानमन्त्रीज्युले " म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिँदिन " भन्ने थुतुनो त अप्रेसन भएको छैन होला ! सरकारले वाइडबडी विमान खरिद गर्दा अर्बौं घोटाला भएको तथ्य सार्वजनिक लेखा समितिले पुस्टी गर्दा पनि आफ्नै मन्त्रालयमा बस्ने भ्रष्टाचारी भेटाउन नसक्ने सरकारले मुलुक सम्वृद बनाउने अभियानमा छौं भन्दा लाटोको गीत जस्तो त बन्ने होईन ? "उता आफै धामी आफै बोक्सी भने झै " अख्तियार अनुसान्धन दुरुपयोग आयोगका कर्मचारी नै घुसपैठका उदाहरण बनेपछि लोकतन्त्रमा बाहुनक्षेत्रीको मोजतन्त्र कोठेबारीको बाली सप्रे झै सप्रेको छ भन्ने अनुमान सहजै लगाउन सकिन्छ । अत :मंगोल नेशनल अर्गनाइजेसनका फाउण्डर प्रेसिडेन्ट डा गोपाल गुरुङज्युले प्रमाणित रूपमा लेखेर भन्नु भएको छ,बोल्नुभएको छ । " बाहुनक्षेत्रीबाट यो देश बन्दैन किनकि यो उनीहरुको देशै होईन " यसर्थ अहिले बाहुनक्षेत्री सरकार मंगोल नेशनल अर्गनाइजेसनको सत्य आवाज निस्पक्ष रुपमा कुना कन्दराका अहिन्दु मुलवासी मंगोलसमुदायमाझ पुर्याउने सामाजिक संजाललाई प्रतिबन्ध लगाइ कडाइ गर्न कोशिश गर्दैछ तर फेसबुकका मालिक जुकर वर्ग सरस्वती पुजेर विद्धुवान र लक्ष्मी पुजेर धनी भएका आर्यन होइनन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :