मङ्गलबार 23 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अहिन्दु मुलवासी मंगोलहरुको मुख्य पर्वहरु

28 जूलाई 2019

अहिन्दु मुलवासी मंगोलहरुको मुख्य पर्वहरु

१, संगठनको स्थापना दिवस २,डा• गोपाल गुरुङज्युको स्मृति सभा ३,डा• गोपाल गुरुङज्युको जन्म दिवस ४,मुलवासी दिवस ५,कालो दशै बहिष्कार ६,वलिहाङ पर्व- जै मंगोल अभियान दुरदर्शि राजनीतिज्ञ अमर डा गोपाल गुरुङज्युको नयाँ नेपालभित्र पुर्वमा श्रीजंगा थेबे लिम्बु र पश्चिमा लखन थापामगरको नामबाट विश्व बिद्यालय खोलिने भएकोले वहाँहरुको पनि सम्झना गर्दै तस्वीरलाई श्रद्धा गर्ने बानी बसाल्नु आवश्यक छ । "चर्चा विश्व मुलवासी (world indigenous day) दिवसको " अल्फ्रेड नोवेल भन्ने व्याक्ती रासायनिक भौतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने एक महत्त्वपूर्ण बैज्ञानिक हुन । जब उनी मरे उनले घोषणा गरेका थिए कि विभिन्न क्षेत्रमा योगदान गर्ने मान्छेलाई मरेपछि या जिवितै हुँदा एक विशिष्ट सम्मान स्वरुप नोवेल पुरस्कार वितरण गर्ने । उनको मृत्यु पछि सन १९०१ बाट चार क्षेत्रमा शुरु भएको नोबेल पुरस्कार १९६९ बाट फेरि २ क्षेत्रमा थपिएर फिजिक, केमिस्ट्री, मेडिसिन, लिटेचर, इकोनोमिक्स र पिस (शान्ति )क्षेत्रमा दिन शुरु गरियो । मृत्युपछि पनि दिइने उक्त पुरस्कार सन १९७४ देखि जिवितलाई मात्र दिने नियम लागू गरियो । यदि यो नियम लागू नभएको भए युग पुरुष अमर डा.गोपाल गुरुङज्युले पनि नोवेल शान्ति पुरस्कार अवश्य पाउनुहुने थियो । छिमेकी मुलुक भारतका ५ जनाले विभिन्न क्षेत्रमा उक्त नोवेल पुरस्कार प्राप्त गरिसकेका छ्न । मोदर टेरेसा र कैलास सत्यार्थीले शान्ति पुरकार जितेका छन । यस्तै ग्वाटेमालाकी रिगोबेर्टा मिन्चुले पनि सन १९९३ मा नोवेल शान्ति पुरस्कार जितेकी थिइन् । उनले ग्वाटेमालाका मुलवासीको समस्य मुख्य एजेन्डा बनाई अहिंसात्मक शैलीबाट सफल भएकोले सोही व्यक्तीको सफलताको बारेमा विश्व मुलवासी दिवस मनाउन शुरु गरेको २५औं वर्षमा प्रवेश हुदैछ । सन १९९३मा संयुक्त राष्ट्र संघको आयोजनामा अष्ट्रीयाको भियनामा भएको अधिवेशनमा नेपालका तर्फबाट तत्कालीन प्रम गिरिजा प्रसाद कोइराला र आदिवासी जनजाति नेतृत्वका समुहले नेपालमा मुलबासी समुदायमाथिको प्रतिबेदन (Country Paper on Indigenous People of Nepal)भनेर बुझाए पनि नेपालमा आएर आदिवासी जनजाति बनिए ,भन्न लगाए बन्न लगाए । थोरै पैसा र पदको लालचमा आफ्नो अस्तित्व बेच्न पछि नपर्ने जमातलाई आड लिएर राजनीति शक्ति हातमा रहेका असली आदिवासी जनजाति हिन्दुआर्य बाहुनक्षेत्रीले अहिलेसम्म मुलवासी मंगोल समुदायलाई भुलाई रहेका छन् । विभिन्न एनजीओ आइएनजिओ खोलेर डलर पचाउँदै भ्रमको खेती गरिरहेका छन् । अबको दिनहरूमा मंगोल नेशनल अर्गनाइजेसनले अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त Indigenous Day कै अवसरमा सत्यतथ्य कुरा तमाम नागरिकमाझ बुझाउने क्रम तिव्ररुपमा अगाडि बढाउदै लैजाने छ । जव सम्पुर्ण नागरिकहरु राजनीति रूपमा चेतनशील हुनेछन् तव कालोलाई सेतो बनाएर भनाएर भ्रमको खेती गर्नेहरु नाङ्गीने मात्र छैनन् । अन्तर्राष्ट्रिय रूपमा घुँडा टेकेर माफी माग्नुपर्ने छ । खाँटी मुलवासीहरुसंग शिर झुकाएर गल्ती स्विकार्नु पर्नेछ । त्यो दिन अब धेरै टाढा छैन ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :