शुक्रबार 26 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अकलुषित मंगोल दर्शनमा हिन्दुआर्यकै रजाइँ

21 अप्रिल 2019

अकलुषित मंगोल दर्शनमा हिन्दुआर्यकै रजाइँ

मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक प्रेसिडेन्ट युगपुरुष अमर डा गोपाल गुरुङज्युको समानता स्वतन्त्रता र भातृत्वमा आधारित अकलुषित मंगोल दर्शनले पहिलो चरणमा ८०%अहिन्दु मुलवासी मंगोल समुदायको नेतृत्वकर्तालाई भन्दा २०% खसआर्यन हिन्दुआर्य सम्प्रदायको लिडरलाई नै फाइदा पुग्दैआइरहेको छ । राजनीति चेतना कम भएका र मंगोल दर्शन गहिरिएर बुझ्न नचाहनेहरुले मंगोल नेशनल अर्गनाइजेसनलाई निषेधको राजनीति, जातीय ,साम्प्रदायिक बिखण्डनकारी जस्ता दर्जनौं उपनाम दिँदै आएपनि बाहिरी आका देख्दा छि; छि; भन्नेहरुले आफ्नो पेटभरिको आका बिर्से झै त्यही दुरदर्शि राजनीतिज्ञ महामानव डा गोपाल गुरुङज्युबाट प्रतिपादित पवित्र मंगोल दर्शनको "मंगोल रास्ट्रवादमा" रजाइँ गर्ने सुवर्ण अवसर तिनै अवसरवादी तत्व र हिन्दुआर्यले नै पाइरहेका छन् । एमएनओको माहान दर्शन "लुटि ल्यायो भुटी खायो" - तातै खाउ जलि मरुम जस्तो होइन ! जस्ले सयौं कोश परसम्म सोच्दैन उस्ले मंगोल दर्शनपनि गहिरिएर बुझ्नै सक्दैन । लोकतान्त्रिक गणतन्त्र ,धर्मनिरपेक्ष र प्रान्तीयतामा आधारित ( धारा-उपधारा हिन्दुकरण भएको ) नयाँ संविधान आएपनि रास्ट्रप्रमुखहरू तिनै जनैधारी हिन्दु आर्यहरु भएका छन् । केवल भोली गएर समस्त नागरिक पनि बन्न सक्ने नयाँ बाटोमात्र खुलेको छ । बैचारिक क्रान्तिको परिणाम ढिलो तर दिगो र टिकाउ हुन्छ भन्ने उदाहरण बिश्व राजनीतिबाट प्रमाणित भइसकेको छ । आज मुलुक लोकतान्त्रिक ढाँचामा अगाडि बढेपनि नेतृत्वकर्ताहरु तिनै मनुवादी (हिन्दुवादी बाहुनवादी )हरु भएकोले हिन्दुत्व जोगाउने तत्वहरुले अवसर पाइरहेका छन् । ग्वाँगो लठेप्प्रो सामान्य बाहुन केटोलाई सरकार प्रमुख जस्ता अभिभावकले वालग्यानिको संग्या दिइ हिन्दुत्व जोगाइ रहेका छन् । सरकारी सम्पत्तिलाई ब्याक्तिगत गर्ने भुमाफियाहरु कम्मर कसेर लागिपरेका समाचार बाहिर आइरहेका छन् भने मसानघाट पुगेका राजाको नाम जप्नेहरु खुलेआम कुर्लिरहेकाछन । मसानघाटमा कसैले तर्साउछ भन्यो भने र उ तर्सियो भने छेपारोको आवाजपनि भुतप्रेत बोलेको बन्ला तर भौतिक युगका चेतनशील व्याक्ती प्रमाण जुटाउन निडर बनि हिम्मतकसे त्यही मसानघाटमा मध्यराती आनन्द निदाउन सक्छ । यसर्थ राजपुत खलक भन्दा पाल्तु अस्तित्व बेचुवाहरु हिन्दुराज्य र राजतन्त्रको कुरा गर्नु मसानघाटमा भुतप्रेतले तर्साउछ भन्नु र पत्याउनु जस्तै हो । अत: हामी अहिन्दु मुलवासी मंगोल समुदाय राजनीति चेतनशील नभएसम्म यो मंगोल मुलुक बन्दैन । ८०% बृहत मुलवासी मंगोल समुदाय राजनैतिक रुपमा ,आर्थिक , शैक्षिक क्षेत्रमा सम्पन्न बने २०% हिन्दु आर्य स्वत सम्पन्न हुनेछन् । अहिलेको अवस्था ८०% मुलवासी मंगोलहरु होमलेस,जबलेस ल्याण्डलेस भएर मुलुक बन्न नसकेको हो । डा गोपाल गुरुङज्युको दुरदर्शि मंगोल दर्शनले मात्र बृहत मुलबासी मंगोलहरुको आउदो जेनेरेशनको सुरक्षीत र सुनौलो भबिस्यको ढोका खोलिदिनेछ । अकलुषित मंगोल दर्शनमा पहिलो झमटमा फाइदा लिने तिनै विदेशी हिन्दु आर्य शासक भएपनि राजनैतिक चेतनासंगै पछिल्लो चरणमा दीर्घकालीन रूपमा अहिन्दु मुलवासीहरुले समान अवसर प्राप्त गर्नेछन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :