बिहिबार 18 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अख्तियार आयोग मात्र निष्पक्ष भए धुर्त बाहुनक्षेत्री कोही चोखो हुँदैनन्

4 अगस्ट 2019

अख्तियार आयोग मात्र निष्पक्ष भए धुर्त बाहुनक्षेत्री कोही चोखो हुँदैनन्

नेपालमा अख्तियार अनुसंधान दुरुपयोग आयोगले मात्र निष्पक्ष छानबिन गरे कुनैपनि धुर्त बाहुनक्षेत्री भ्रष्टाचार , जालसाजीदेखि मुक्त हुँदैनन् । राजनीति पवरको दुरुपयोग गर्दै उच्च निकायहरूमा योग्यता बौद्धिकताभन्दा नातावाद कृपावाद ,नोटवाद ढोगवादलाई प्राथमिकता दिइ काम चलाउ तरिकाले चलाउदै आएको यस मुलुकमा अनेकौं छानबिन आयोग होइन एउटा अख्तियार अनुसंधान दुरुपयोग आयोगलाई मात्र हेर्ने यस मुलुकको मुलवासी मंगोल समुदायको एउटा सच्चा ब्याक्तीको आवश्यक छ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ तामाङ कार्यकारी निर्देशक भएसंगै घण्टौ लोडसेडिङ खेप्नुपरेको तमाम नेपाली नागरिकले उज्यालो हेर्न पाएको उदाहरण भुलेका छैनन् । दुइतिहाइ बहुमतको नेकपाको स्थीर सरकार आए पश्चात् घटेका अनेकौं काण्ड मध्ये एउटा पनि काण्डको छिनोफानो न्यायीक तरिकाले भएको छैन । दिनानुदिन दिन भ्रष्टाचार गर्ने लर्को बढीरहेको छ । वाइडवडी प्रकरण , बालुवाटार जग्गा खरिद प्रकरण ,ललित निवास प्रकरण बारेमा निष्पक्ष छानबिन गरि दोषीमाथि कारबाही हुन्छ भन्नेमा आम नागरिकहरु विश्वस्त थिए । तर सोहि काण्डमा मुसिएका व्याक्तिहरु कोहि दुर्घटनामा , कोही आत्महत्या गर्ने समाचारले भवितव्य होकि सुनियोजित हो शंका गर्ने बेला आएको छ । दातृराष्ट्रहरुले बुद्धभुमी पवित्र भुमी चाँडै विकसित बनोस् ,प्राकृतिक सुन्दरताले भरिपुर्ण मंगोलभुमी संसारकै एउटा उदाहरणीय सुन्दर शान्त मुलुक बनोस् भन्ने हेतुले प्रत्येक वर्ष विभिन्न शिर्षकमा सहयोग गर्छन् तर हातथापी खाने बानी परेको संस्कारमा हुर्केकाहरुले यो मुलुकको राजनीतिक बागडोर सम्हालिरहेकाले देखावटी बिकास गरे जस्तो गर्दै तल्लो तहदेखि माथिल्लो तहसम्म मिलेर कुम्ल्याउनु सिवाय केहि माखो मारेका छैनन् । चाहेजति बहुमत प्राप्त सरकारले पनि भनेजस्तो निर्णय गर्न नसक्नुले अब नेकपा पार्टी पनि पतनको मुखतिर बढ्दै गएको प्रष्ट बुझ्न सकिन्छ , कम्युनिजमको सिद्धान्त बेच्दै विभिन्न सपनाहरू देखाएर ,हजारौं नागरिक मराएर , कयौं बेपत्ता , अपाङ्गता बनाएर आफु स-परिवार सहित कहिले स्फा सुन्दर महँगो रिसोर्टमा ,कहिले विदेश तिर घुम्न रम्न जाने नेता र संसारमा थोत्रो भइसकेको त्यही पनि नेपालमा त कथित कम्युनिष्टहरुलाई पटकपटक विश्वास गरे नेता मात्र होइन जनता पनि महामुर्ख सावित हुनेछन् । वर्षौदेखि हिन्दुवादको कु-रितिले थिचेर मिसेर राजनीति चेतनाविहिनमा परेका नेपाली लोकलाई कम्युनिस्ट सरकार , ब्यवस्था कस्तो हुन्छ होला भन्ने कौतहुल मनोमहन अधिकारीको पालामा ९ महिने सरकारमा अनुभव गर्न पुगेको थिएन होला। अब यो ५ वर्से शासनमा अनुभव मात्रै होइनन् सदा-सदालाई अमन पनि हुनेछन् ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :