शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

अदेखा सचाई ,मंगोल दर्शनले देखाई

24 मार्च 2019

अदेखा सचाई ,मंगोल दर्शनले देखाई

उखुको रस गुलियो भए झै हिन्दुआर्यको मिठो मिजासिलो बोलिमा अलमलिएको हामी ८०% अहिन्दु मुलवासी मंगोल समुदायले हिन्दु आर्यको सडयन्त्रकारी हृदयको षड्यन्त्र , सहजै बुझ्ने कुरा लङ्काकै सुन भए नि उनिहरुको अहिलेसम्मको ब्यवहारले पर्दाफास भएका कालाकर्तुत तमाम सर्वसाधारण नागरिकमाझ पुर्याउने खाँटी भुमिपुत्रहरुको एक निस्पक्ष माध्यम हो डा गोपाल गुरुङज्युको महान, दुरदर्शि अनि पवित्र दर्शन " मंगोल रास्ट्रवाद"। अहिन्दु मुलवासी मंगोलहरुको सुन्दर भुमी अर्थात बुद्धभुमी नेपाललाई षडयन्त्रपुर्वक हिन्दुआर्यले राज्य हडपेपछी यहाँका ८०% अहिन्दु मुलवासी मंगोल समुदायलाई उल्टो इतिहास पढाई आफ्नै पुर्खाको हत्यामा खुशियाली पर्व मान्न लगाए , आफ्नै चेलिको बेइज्जती पछि हत्यामा रङहरुको पर्व भन्दै होलि पर्व मान्न लगाए आफ्नो वास्तविक पुर्खाहरुलाई राक्षस बनाई ,भनाइ कपोकल्पित हिन्दुहरुको चटकेहरुलाई पुज्न सिकाए । बाहुनक्षेत्रीले जे-जे , गर्न सिकायो , त्यसै-त्यसै गर्दै गए । अन्ततः आज हाम्रा समुदायका अधिकांश अगुवा हुँ भन्नेहरुले डा गोपाल गुरुङ्ज्युको सत्य कुरा हिजो पनि हाँसोमा उडाउथे आजपनि खोलाकै गीत बनाइदिएका छन् । सत्य इतिहास नबुझी हिन्दुआर्यलाई गुरु ठान्ने हाम्रा समाजका केहि अगुवाहरु आज पढेलेखेका हुँ भनेपनि सत्यकुरा बुझ्न नसक्नु र बुझेर पनि बुझ पचाउनु उहाँहरुको लागी मात्र होइन आउदो पिडिको निम्ति समेत घातक विषय बन्नेछ । भोली पश्चताप गर्ने समय पनि आउछ कि आउदैन त्यसैले आफु जहाँ रहेपनि जस्तो अवस्थामा भएपनि मंगोल मायाले एक मंगोले अर्को मंगोललाई माया गर्न सिकौं । हाम्रो मुख्य अर्थात साझा दुश्मन ककसियस विदेशी हिन्दुआर्य हुन् भन्ने वास्तविकता बुझेर पनि खुलेर विरोध गर्न नसक्नु अझै यस देशका भुमिपुत्रहरुलाई वर्सौ पछी पार्नु हो । त्यो निर्णायक चाबी तपाइ हाम्रो हातमा छ । तपाइ हाम्रो सानो सहयोगले बृहत अहिन्दु मुलवासी मंगोलहरुको राजनीति अधिकार फिर्ता हुन्छ भने कति पनि अवेर नगरी सहि राजनीतिक बाटो रोजौं , हाम्रो पुर्खाको टाउको छिनालेको दिन हिन्दु आर्यको विजय उत्सवलाई तिरस्कार गर्न सिकौं , प्रल्लाद जस्तो हनुमान बनि आफ्नै बाबु मार्ने (फुपु) चेलिको बेज्जतमा हर्शोउल्लास गर्ने पापी माइती र निस्ठुरी दिदिबहिनी बन्न छोडिदिउ , अझै पनि हामी सुग्रीव र वलि अनि मंगोल पुर्खा रावणको भाई जस्तो शरीरले मात्र हस्टपुस्ट विवेकले निर्वल दुर्वल भन्दै जाने हो भने भोली तपाईं हाम्रो सन्तान शरणार्थी बन्नेछन् । तपाइको अर्बौको घर होला , करोडौंको कार होला तर तपाईंको अस्तित्व माटोमा मिल्नेछ । अत: आजैबाट हामीले हाम्रो सन्ततिलाई असली संस्कार सिकाउने गरौं , परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने कुरा कमिङ जेनेरेशनबाट शुरु गरौं ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :