बिहिबार 9 मे 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बुद्धभुमी नेपालमा हिन्दुत्वको जड कहिलेसम्म बचाई राख्ने ?

12 जनवरी 2019

बुद्धभुमी नेपालमा हिन्दुत्वको जड कहिलेसम्म बचाई राख्ने ?

हिन्दुवाद अर्थात बाहुनवाद ( कथित हिन्दुधर्म ) लाई आफु सर्वहारा बनेर बाहुनक्षेत्रीलाई सर्वभरा बनाउने अरु कोहि नभएर राजनीतिक चेतना गुमेको हामी बृहत अहिन्दु मुलबासी मंगोल समुदाय नै हो । अस्तित्व र पहिचानको भित्री परिभाषा नबुझी आर्यफर्मुलामा हराई रहेका मुलवासी मंगोलहरुले नेपालको वास्तविक राजनीतिक लडाइ समयमै बुझ्न नसकेको ,नचाहेकोले गर्दा नै यो सुन्दर मंगोलभुमी नेपाल र बहुसंख्यक मुलवासी जनताको यस्तो बेहाल भएको हो। ८०% अहिन्दु मुलवासी मंगोल समुदाय हो अब हामीले चुनाव जित्न धर्मनिरपेक्षवादी हुँ भन्ने अनि कुर्सीमा पुगेर आफ्नो सनातन धर्म रक्षा गर्नुपर्छ भन्ने कथित नेताहरु चिन्न सक्नुपर्छ , धर्मनिरपेक्ष मुलुकका उच्च तहका नेताहरु महायज्ञ पुराणको उद्घाटन गर्न जाने , धर्मलाई अफिम सम्झने पार्टीका नेताकार्यकर्ताहरुनै हिन्दु भजन कृतन गाएर ,बजाएर पुराण लगाएर कहिले नथाक्ने अनि मालिक रुझाएर मंगोल समुदायको प्राप्त एकदिने बिदा समेत कटौती गर्दा राजनीतिक चेतना नखुल्ने हो भने अर्को वर्षदेखि यो देशको असली भुमिपुत्रहरुसंग संबंधित सबै चाड पर्वहरु खारेज हुनेछन् भने कथित धर्मको रक्षा गर्ने कथित हिन्दु चाडपर्व मात्र राज्यको छुटमा पर्नेछन् । साम्प्रदायिकताका नाइके हत्यारा पृथ्वीनारायण शाहाको जन्मदिनले प्राथमिकता पाउनेछ । यसर्थ विभिन्न तह र तप्कामा छरिएर चारो खोजिखान बाध्य पारीएका मुलवासी मंगोल समुदाय हो ,आजसम्म हामी बुझेर या अन्जानमा परि बाहुने राजनीतिक षड्यन्त्रमा रुमालिरहेका छौं भने आफ्नो मुलघर मंगोल नेशनल अर्गनाइजेसनलाई आफ्नो ठाउँबाट के कति - के कसरी सहयोग गर्न सकिन्छ छातीमा हात राखेर आउदो पुस्ताको लागी सुनौलो ढोका खोल्ने keys बन्ने दिन आएको छ । मालिक खुसी पार्न आफ्नो सर्वस्व सुम्पिदै फोहोरी राजनीतिक गर्ने अनुहार मात्रका मंगोलको मित्रहरूले यो बुझ्नु आवश्यक छ कि आजसम्म गरेको राजनीति के को लागि हो ! लाउडा विमान खरिद घोटाला , वाइडबडि विमान खरिद घोटाला सबैले बुझ्ने गरि देख्ने गरी आँखा अगाडि हुँदा पनि कारवाही हुन सक्दैन , मंगोल अनुहारका नेताज्युले बोल्दा तलमाथि हुँदा समेत गलत अर्थ मात्र लगाउदै र विभिन्न आरोपमा कुर्सीबाट हुत्याईदिएको र यो क्रम जारी रहेको जलन्त उदाहरण सोच्न सक्नुपर्छ । पवित्र मंगोल भुमी नेपालमा विदेशी खसआर्यको कमाइ खाने फोहोरी राजनीति टिकेको नै हामी बृहत मुलवासी समुदायको राजनैतिक चेतना सुन्य भएर हो । अत: सबैभन्दा पहिले अस्तित्व ,राजनैतिक अधिकार संगै सम्पुर्ण गुमेको हक अधिकार फिर्ता गर्दै आफ्नो भासा, लिपी, धर्म, संस्कार संस्कृति रितिरिवाज चाडपर्व राज्यको मुलधारमा स्थापित गर्न हिन्दुत्वको जड मन मस्तिष्कबाट उखेल्दै आफ्नो संस्कारमा रमाउन, वास्तविक राज्यप्रती समर्पित असली राजनीतिक चिन्दै मंगोलभुमी नेपाल हराभरा बनाउने दायित्व अहिन्दु मुलवासी मंगोलसमुदायको काधमा आइपरेको छ र त्यो जिम्मेवार ब्याक्ति म पनि हुँ भन्ने यथार्थ बुझ्ने दिन आएको छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :