शुक्रबार 19 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

ब्यावहारिक दर्शन र सिद्धान्त

21 फेब्रुअरी 2021

ब्यावहारिक दर्शन र सिद्धान्त

सही (ठीक) बाटोमा हिँड्नका लागि शुद्ध र सकारात्मक बिचारको खुराक दिमागलाई दिन सक्नु पर्दछ। अशुद्ध र नकारात्मक बिचारको खुराक दिमागमा पर्यो भने आफु लगायत परिवार-समाज एवम् राष्ट्र नै भड्खालोमा जाकिनु पुग्छ । हामीलाई न्याउरीले गोमन सर्पलाई सजिलै प्रकारले दुई ठुन्का पार्न सक्छ भन्ने कुरा थाहा छ र आँखाले देखेका पनि छौं। तर गोमन सर्पलाई न्याउरीले कसरी ठुन्काउँछ र कसरी लडाईं जित्छ ? भन्ने बिषयमा बुझ्न र यसको गहिराईमा पुग्न चाहदैनौं। वास्तविकतामा न्याउरी र गोमन बीच निर्णायक युद्ध भइरहेको बेला सर्बप्रथम गोमनले न्याउरी माथी बिष प्रहार गर्छ। बिषले भेटे पछि न्याउरी घाइते हुनु पुग्छ र तुरुन्तै कुदेर जंगलमा जडिबुटी (नाग-मिट्टी) सुँघ्न पुग्छ। जडीबुटी सुँघेर शरीरमा पुन:इनर्जी आइसकेपछि न्याउरी गोमनसँग लड्न जान्छ। गोमनले फेरी बिष प्रहार गर्छ, न्याउरी घाइते हुन्छ। न्याउरी जडीबुटी सुँघ्न जंगल कुद्छ, शरीरमा इनर्जी लिएर पुन: लड्छ। एवमरीतले न्याउरी पटक-पटक लड्छ र घाइते हुन्छ । गोमनको बीष नरितिन्जेल सम्म यो क्रम चलिरहन्छ। जब गोमनको बीष रित्तिन्छ, तब मात्र गोमन दुई टुक्रा हुनु पुग्छ। न्याउरीले गोमनलाई जित्नका लागि यतिका संघर्ष गर्नु परेको हुन्छ भने हामी नेपालका मुलवासी मंगोलहरुले त झन गोमन भन्दा जहरिला (एनाकोण्डा) हिन्दुवादसँग लड्नु परेको छ। जस्ले हिन्दुवादको बिरोध गर्छ, जस्ले भ्रष्टाचारको बिरोध गर्छ, जस्ले कालो बजारीको बिरोध गर्छ उ सोझै (एनाकोण्डा) हिन्दुवादको फनामा बेरिन् पुग्छ। यसकारण नेपालका प्राय: जसो मुलवासी मंगोलहरु हिन्दुवादको दासत्व स्वीकारेर पेटको लागि खानलाई मात्र लक्ष्य बनाएर हिड्छ्न्। दिमागी सोचविचार प्रयोग गरेर अधिकार सम्पन्न हुने, मालिक बन्ने र अस्तित्वमा बाँच्ने कुरामा आँट गर्दैनन् र यस विषयमा जोखिम मोल्न तयार हुँदैनन् । आफना सम्पुर्ण जीवनलाई पेट भर्नकै लागि मात्र हो, भन्ठान्नेहरुले त हिन्दुवादी संघ संगठन र लोकतन्त्र बिरोधि दलहरुमा आबद्द भए काफी हुन्छ। तर आफ्नो देशमा जागिर खानलाई होइन आफैं मालिक बन्नलाई, अधिकार सम्पन्न हुनलाई र अस्तित्व बाँच्नलाई हिडेको हो भने हामीले न्याउरीले जस्तै इनर्जी आउने र लड्न सक्ने बौद्धिक खुराक (मंगोल राष्ट्रवादको दर्शन) पचाउनु पर्ने हुन्छ। यसको लागि एम एनओका हरेक कार्यक्रम, सभा , बैठक, सेमिनार गोष्ठी र प्रशिक्षणहरुमा अनिवार्य भाग लिन सक्नु पर्दछ। एम एनओ संस्थापक ड. गोपाल गुरुङले लेख्नु भएका जति पनि पुस्तक, पर्चा, पम्पलेट, अन्तरवार्ता र भाषणहरु पढ्न र सुन्न छुट्याउनु हुँदैन। जहरीला हिन्दुवादसँग लड्न सक्ने यी बौद्धिक खुराकहरु बैचारिक क्रान्तिका धारिला हतियारहरु हुन्। यसोसले यो धारिलो हतियारहरुलाई हामीले दिनहुँ जसो धार लगाइ रहनु पर्दछ। खिया लाग्नु दिनु हुँदैन। जसरी हाम्रो शरीरलाई प्रत्येक दिन राम्रो खानाको आवश्यकता पर्दछ, त्यसैगरी राम्रो बिचारको लागि बौद्धिक खुराकको आवश्यकता दिमागलाई पर्दछ। यदि हामीले शरीरलाई सडेगलेको खाना खुवायौं र दिमागलाई खराब बिचारका खुराक खुवायौं भने बिरामी शरीर र बिरामी बिचारले ग्रसित हुन्छौं। सकारात्मक सोच बनायौं भने हामीले आफ्नो दिमागलाई दैनिक रुपमा शुद्द, शक्तिशाली र सकारात्मक बौद्धिक खुराक खुवाएर सकारात्मक बिचारहरु र सकारात्मक धारणाहरु एकट्ठा गर्न सक्छौं। सकारात्मक सोच तथा बौद्धिक खुराक भएकाहरुले आँखामा पट्टी बाँधेर हिडदैनन् र मुर्ख पनि हुँदैन। वास्तवमा भन्ने हो भने उनीहरु नै संसार जित्न हिडेका यात्रीहरु हुन। उनीहरुलाई आफ्नो प्राथमिकता बारे राम्ररी थाहा भएको हुन्छ। एम एनओमा आबद्द भएका सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकहरुले आफुले आफुलाई गौरवान्वित ठान्नु सक्नु पर्दछ। मंगोल राष्ट्रवादको व्यावहारिक दर्शन पाउन सफल भएका छौं। खुशी र आनन्दको महसुस गर्न पाएका छौँ। नातागोता, छरछिमेकी र परिवारसँग सम्बन्धमा सुधार भएको छ। शीर उच्च पार्दै, छात्ती चाक्लो पारे हिड्न र बोल्न सकेकाछौं। हाम्रो कार्यदक्षता, मंगोल भावना र व्यवहारसँग सीधा सम्बन्ध गाँस्न पाएका छौं। हामीलाई यो मंगोल राष्ट्रवादको ब्यवहारिक दर्शन र ज्ञानले कुनै वस्तु वा चीजलाई सेतो देख्यौं भने सेतै भन्छौं, कालो देख्यौं भने कालै भन्छौं र त्यसप्रति त्यस्तै ब्यवहार गर्छौं। जुन कुरा ड. गोपाल गुरुङद्वारा प्रतिपादन गरिएको मंगोल राष्ट्रवादको व्यावहारिक दर्शनले हामीलाई दिलायो भनेर प्रफुल्लित हुन जान्नु पर्दछ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :