शनिबार 27 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

भारतीय राजनीतिमा फासिस्टवाद बिरुद्ध संघर्ष

24 जनवरी 2021

भारतीय राजनीतिमा फासिस्टवाद बिरुद्ध संघर्ष

यस समय भारतीय राजनीतिमा किसान आन्दोलनले देशब्यापी रुपमा समर्थन पाएको छ । सरकार द्वारा ल्याइएको तीन कृषि कानुनको बिरोधमा किसानहरु पाँच महिनादेखि आन्दोलनमा छन् । तीन कृषि कानुन किसानको हितमा नभई किसानको निम्ति काला कानुन भएको ठहर गर्दै सरकार बिरुद्ध खडा भएको किसान आन्दोलनले फासिष्टवादी र लोकतन्त्रवादी वीच निर्णायक युद्धको मोड लिइ सकेको छ । भारतको समसामयिक राजनैतिक विषयमा थोर बहुत भएपनि चासो लिनु आवश्यक हुन्छ । किन भने भारतमा भएको हरेक राजनीतिक परिवर्तनले नेपाललाई प्रभाव पार्ने गर्दछ। सन्दर्भः ब्यापार गर्न आएका गोरा अंग्रेजहरुले इष्ट इण्डिया कम्पनीको नाममा लगभग १ सय ९० बर्ष जति भारतमा फासिष्टवादी शैली अपनाएर राजपाठ गरेका थिए । सन १९३९–१९४५ सम्मको दोस्रो विश्व युद्धले बेलायत खुिम्चनु पर्यो। बेलायती उपनिवेशबाट कैयौं मुलकहरुले स्वतन्त्रताको लागि आन्दोलन शुरु गरे । यसैबीच भारतले पनि स्वतन्त्रताको आन्दोलन गरे र सन् १९४७ मा बृटिस इष्ट इण्डिया कम्पनीबाट स्वतन्त्र भए । गोरा आर्य अंग्रेजहरुले भारत छाडेर गए पछिको शासनसत्ता भारतको मुलवासीको हातमा नगएर गोरा आर्य अंग्रेज भन्दा अघि भारत छिरेका काला हिन्दु आर्यहरुको हातमा पर्न गयो । जिन्हा हरतरहले सक्षम हुंदा हुंदै पनि काला हिन्दु आर्यहरुको षड्यन्त्रले भारतको प्रधानमन्त्री बन्न बाट बन्चित हुनु परेको थियो । परिणाम स्वरुप यसको बद्लामा जिन्हालाई अर्को मुलुक खडा गरेर प्रधानमन्त्री बन्ने प्रेरित गर्यो । एवम् प्रकारले गोरा अंग्रेजका विचारधारा बोकेर हिँड्ने र गोरा अंग्रेजको घुसपैठियाहरुले मिलेमत्तोमा धार्मिकरुपले भारतलाई पाकिस्तान र हिन्दुस्तानमा विभाजन गरे । भारतका मुलवासीहरु ट्वाल्ल परेर हेरेको हेरै भए । गोरा अंग्रेजहरुबाट भारत स्वतन्त्र भएपछि न पुर्णरुपले फासिष्टवाद लागु हनु सक्यो न त पुर्णरुपले लोकतन्त्र नै फल्न फुल्न पायो । भारत स्वतन्त्रताको आन्दोलनमा एकातिर रगत, पसिना र बलिदान दिने कंग्रेस आईको पक्षमा एक भारतीय समुह थिए भने, अर्को तर्फ गोरा अंग्रेजहरु संग माफी माग्ने घुसपैठिया आरएसएस र मुश्लिम लीग जस्ता समुह थिए। यो वास्तविक यथार्थता भारतका मुलवासीहरुले बुझ्नै नसक्ने बनाउनका लागि र बिद्रोहको आवाज उठ्न नदिनको निम्ति कहिले भारत–पाकिस्तानबीच युद्ध गराई दिए। कहिले चाहीं हिन्दु–मुस्लिमको अफवाहा फैलाएर साम्प्रदायिक दंगा र हिंसा भड्काउने काम गरे । कहिले आतकं वादी, खालिस्तानी, दशे द्रोहि र नक्सलाइटको बिल्ला भिराउने, मार्ने र जेलमा सड्याउने जस्ता घृणित र अमानवीय कामहरु गरे र गर्दै आइरहेका छन् । गोरा अंग्रेज इष्ट इण्डिया कम्पनीबाट भारत स्वतन्त्र भइ घुस पैठियाहरुले भारत टुक्राएको ७ दशक पुग्दा नपुग्दै पुनः अहिले भारतमा काला हिन्दु आर्य शासकहरुको बिरुद्धमा किसान आन्दोलन चरमोत्कर्षमा पुगेको छ । यो निर्णायक लडाईंमा गोरा आर्य अंग्रेजहरुले छाडेर गएका फासिस्टवादी शैलिका छेस्काहरुको अन्याय अत्याचारको भारी भन्दा लोकतान्त्रवादी किसान आन्दोलनको पल्ला दिन दुई गुणा, रात चौगुना भारी हुँदै गइरहेको छ । गाई, गोबर, मुत्र, हिन्दु, मुस्लिम र पाकिस्तानको मुद्दा उछालेर राजनैतिक सत्ताको सींढी सधैं चढी रहने फर्मुला फेल हँदै गएकोले काला हिन्दुआर्यहरु अहिले अत्यन्त कठिन परिस्थितिमा गुज्रेको छ । फासिष्टवादीहरुले न्वारान देखिको जतिसुकै षड्यन्त्रको तानाबूना र तिकडम अपनाए पनि नाकाम हुंदै गएको छ । यो भारतीय किसान आन्दोलनमा अवश्य पनि सत्यको जीत हुनेछ, अर्थात लोकतन्त्रको जीत हुनेछ । भारतमा आएको राजनीतिक परिवर्तनले नेपाललाई प्रभाव नपारी छोड्दैन । भारतीय काला हिन्दुआर्य फासिष्टवादीहरुले निर्यात गरेका गाई, गोबर, मुत, फुटाउ अनि राज गरको नीति यहाँका हिन्दु आर्य बाहुनक्षेत्री शासकहरुले १० प्रतिशत जति नीति आयात गरेर यहांका मुलवासी मंगोलहरु माथी लाद्ने गर्छन् । तेतिले नै यहाँका मुलवासी मंगोलहरुलाई तह लगाउने काम भएको छ । हिन्दुवादी दासत्वको छाप नेपालका मुलबासी मंगोलहरुमा बढी परेकाले मंगोल एकताको भावना र अस्तित्व प्राप्तिको निम्ति बिद्रोहको आभास पटक्कै भेटिंदैन । शासनसत्ताको बागडोर जसको हातमा हुन्छ, उसैको हातमा देशको ढुकुटीको तालाचाबी, सेना, प्रहरी हुन्छ । यसोसले नेपालमा पनि लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता बचाउनको लागि यसको जग बलियो बनाउका लागि भारतमा भएको लोकतन्त्रवादी र फासिस्टवादी वीचको निर्णायक युद्दमा किसान आन्दोलनले - लोकतन्त्र वादीहरुले युद्द जित्नु आपरिहार्य छ ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :