14 नोभेम्बर 2020
देश विकास हुने, सभ्य र परिष्कृत समाज बन्ने, जनताहरु जागरुक र चेतनशील हुने भनेको ज्ञान-बुद्धि र बिबेकले हो। अत एव: ज्ञान-बुद्धि र बिवेक पाउनलाई दर्शन र सिद्धान्तको आवश्यकता पर्दछ । दर्शन र सिद्धान्त बिना न देश चलाउने नेताहरू अघि बढ्न सक्छ न त राजनीतिक दलहरुनै अघि बढ्न सक्छन । जबर्जस्त अघि बढ्न खोजे पनि केही समयलाई मात्र अघि बढन सक्लान अन्ततोगत्वा पछि फर्कन बाध्य हुन्छन् र नामोनिसान नरहने गरि नामेट भएर पनि जाने गर्छन । यधपी दर्शन र सिद्धान्त जन्माउने अर्थात प्रतिपादन गर्ने भन्ने कुरा साधारण मान्छेको वशको कुरा हुन सक्दैन । यो त दुरदराज सम्म देख्न सक्ने दुरदृष्टिता र दुरदराजको कुरा थाहा पाउने दुरदर्शिता भएका असाधारण मान्छेहरुको मात्र वशको कुरा हो । युगले कहिले काहीँ मात्र यस्तो दर्शन र सिद्धान्त प्रतिपादन गर्न सक्ने महामानव अथवा युगपुरुषहरु जन्माउने गर्छन् । हामीले गहिरिएर हेर्यौं र चियाउन सक्यौं भने हाम्रो मुलुकले अाज सम्म दुईजना महामानव जन्माई सकेको कुरा थाहा पाउन सक्छौं । ती हुन् एकजना महामानव सिदाहा बुद्ध र अर्को महामनाव ड. गोपाल गुरुङ । बिडम्बना बिचित्र भएको छ नेपालमा जन्मेर भारतमा बुद्धत्व ज्ञान प्राप्त गरेका नेपाल र भारतका मुलवासी मंगोलहरुले सिदाहा बुद्धको दर्शन र सिद्दान्तलाई ढाड फर्काउने काम गरेर बत्ती मुनिको अँध्यारो भए झैं भएता पनि शान्तिदिपको उज्यालो प्रकाशको रोशनीले अरु देशका मुलवासी मंगोलहरुलाई मान्छे जस्तो भएर आफ्नो अस्तित्वमा बांच्न सक्ने बनाई दियो ।
बुद्ध दर्शन झन झन संसार भर फैलिएर झांगिदै गइरहेको छ । संस्कार र संस्कृति भन्ने कुरा आउंदोपिंडीलाई ज्ञान र शिक्षा दिन सकिने वैज्ञानिक किसिमको हुनु पर्छ । भोलिको समाजलाई अन्धविश्वास, रुढीबादी र कुसंस्कार तर्फ जान दिनु हुंदैन । आजको मुख्य प्रसंग दिपावली अर्थात् बलिहाङ पर्बको हो । वास्तवमा दिपावली गर्नु अथवा पर्व मनाउनु भनेको आफुले जिन्दगी भरी त्याग तपस्या गरेर आर्जन गरेका ज्ञान-शिक्षा र उपलब्धिहरुलाई एक-अर्कामा पुर्याएर सद्भावपुर्ण तवरले आदान-प्रदान गर्ने, वितरण गर्ने र ब्यवहारमा उतार्ने पर्ब हो । ज्ञान-शिक्षा लिने र दिने समय छुट्टा-छुट्टै हुन्छ । साधारणतय: हामीले केही उपलब्धि हासिल गर्न सकेको खण्डमा र ज्ञान हासिल गर्न सकेमा दिपावली गरेर खुशियाली मनाउने गर्दछौं । उपलब्धि हासिल नगरीकन र ज्ञान प्राप्त नगरिकनै कुरै नबुझी जबर्जस्ती काग, कुकुर, गाई र गोरुको पुजा गर्दा, दिपावली गर्दा र उत्सब मनाउंदा काम कुरो एकातिर अर्थात अर्थ न बर्थको हुन जान्छ । दिपावलीको प्रचलन महामानव सिदाहा बुद्धको पालादेखि शुरुवात भएको हो । त्यो भन्दा अगाडि दिपावलीको प्रचलन थिएन । त्यस समय सिदाहा बुद्दले बर्णास्रमी ब्यवस्थाको बिरोध गरेको हुंदा बावु शुद्दोधान र छोरा सिदाहा बीच राजनीतिक टक्राव शुरु भयो । अन्तत: हिन्दु-आर्यको षड्यन्त्रमा परेर सिदाहा देश निकाला हुनु परेको थियो । जब सिदाहाले बैसाखी पुर्णिमाको दिन बुद्धत्व ज्ञान प्राप्त गरे तव भने बाबु शुद्धोधान, बलिहाङ लगायतका वरपरका राजाहरुले सिदाहाले बुद्धत्व प्राप्त गरेको खबर पाए । त्यसपछि बुद्ध दर्शन र ज्ञान हासिल गर्नका लागि बुद्धलाई दरबारमा बोलाइयो । सिदाहा बुद्धबाट जेठ असारमा बर्षायाम शुरु हुने र खोलानाला, बाढी, पैरो आउने भएकोले तत्कालै आउन नसकिने र कार्तिकको अौंसिमा मात्र दरबारमा आउन सकिने खबर पुग्छ । सिदाहा बुद्ध कार्तिकको अौंसिमा दरबार आउने भएपछि बुद्ध दरबार आउने खबर पुर्याउन शुद्दोधान राजाबाट युवायुवतिहरु जो टाडा टाडाका गाउंघर सम्म हिडेर जान सक्थे उनीहरुलाई खबर पुर्याउनुका लागि हुकुम जारी हुन्छ । सिदाहा बुद्ध कपिलवस्तु दरबार पुगिसके पछि टाडा-टाडाबाट मानिसहरु बुद्धको दर्शन गर्न र ज्ञान लिनका आउंछन । बुद्दसंग गएका भिक्षुहरुलाई खानाको लागि रोटी फलफुल र दान दक्षिणा दिने काम भयो। जुन कुरा आजपर्यन्त समाजमा सेलरोटी, दान दक्षिणाको रुपमा जिवन्त रहयो ।
नेपाली राजनीतिमा अदेखा सच्चाई नामक बिद्रोही पुस्तक लेखेकै कारण राजगद्द...
यो हाम्रो मुलुकमा आमूल परिवर्तन हुनका लागि पाँच वटा अधिकारका कुराहरुमा...
नेपालका कथित कम्युनिस्ट भनौंदा मनुवादी हिन्दु आर्य बाहुनक्षेत्रीहरुले...
एउटा किंवदन्ती छ सम्पत्ति सँग सँगै विपत्ति पनि आउँछ भन्ने। हुन पनि हो...
Copyright © 2020 Mongol Vision. All Rights Reserved.
Powered by : Dradtech Technology