मङ्गलबार 16 अप्रिल 2024

Flash News

  • <<<<मंगाेल भिजन साप्ताहिक पत्रिकाकाे इ. पत्रिका अब www.mongolvision.com मा अनलाइन पढ्न सकिनेछ>>>>
  • <<<<<समाचार एवं बिज्ञापनकाे लागी मंगाेल भिजनकाे तल दिइएकाे नम्बरमा सम्पर्क गर्नुहुन जानकारी गरिन्छ>>>>
  • <<<भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाकाे अाधिकारिक युटुब च्यानल Mongol Vision Television (MVTV) हाे। मंगाेल नेशनल अर्गनाइजेशनकाे देशभरीका गतिबिधि हेर्न यस च्यानलमा subscribe अवस्य गर्नुहाेला।>>>

बलिहाङ पर्व ज्ञान, बुद्धि र विवेक आउने पर्व बनोस्

14 नोभेम्बर 2020

बलिहाङ पर्व ज्ञान, बुद्धि र विवेक आउने पर्व बनोस्

देश विकास हुने, सभ्य र परिष्कृत समाज बन्ने, जनताहरु जागरुक र चेतनशील हुने भनेको ज्ञान-बुद्धि र बिबेकले हो। अत एव: ज्ञान-बुद्धि र बिवेक पाउनलाई दर्शन र सिद्धान्तको आवश्यकता पर्दछ । दर्शन र सिद्धान्त बिना न देश चलाउने नेताहरू अघि बढ्न सक्छ न त राजनीतिक दलहरुनै अघि बढ्न सक्छन । जबर्जस्त अघि बढ्न खोजे पनि केही समयलाई मात्र अघि बढन सक्लान अन्ततोगत्वा पछि फर्कन बाध्य हुन्छन् र नामोनिसान नरहने गरि नामेट भएर पनि जाने गर्छन । यधपी दर्शन र सिद्धान्त जन्माउने अर्थात प्रतिपादन गर्ने भन्ने कुरा साधारण मान्छेको वशको कुरा हुन सक्दैन । यो त दुरदराज सम्म देख्न सक्ने दुरदृष्टिता र दुरदराजको कुरा थाहा पाउने दुरदर्शिता भएका असाधारण मान्छेहरुको मात्र वशको कुरा हो । युगले कहिले काहीँ मात्र यस्तो दर्शन र सिद्धान्त प्रतिपादन गर्न सक्ने महामानव अथवा युगपुरुषहरु जन्माउने गर्छन् । हामीले गहिरिएर हेर्यौं र चियाउन सक्यौं भने हाम्रो मुलुकले अाज सम्म दुईजना महामानव जन्माई सकेको कुरा थाहा पाउन सक्छौं । ती हुन् एकजना महामानव सिदाहा  बुद्ध र अर्को महामनाव ड. गोपाल गुरुङ । बिडम्बना बिचित्र भएको छ नेपालमा जन्मेर भारतमा  बुद्धत्व ज्ञान प्राप्त गरेका नेपाल र भारतका मुलवासी मंगोलहरुले सिदाहा  बुद्धको दर्शन र सिद्दान्तलाई ढाड फर्काउने काम गरेर बत्ती मुनिको अँध्यारो भए झैं भएता पनि शान्तिदिपको उज्यालो प्रकाशको रोशनीले अरु देशका मुलवासी मंगोलहरुलाई मान्छे जस्तो भएर आफ्नो अस्तित्वमा बांच्न सक्ने बनाई दियो ।

 बुद्ध दर्शन झन झन संसार भर फैलिएर झांगिदै गइरहेको छ । संस्कार र संस्कृति भन्ने कुरा आउंदोपिंडीलाई ज्ञान र शिक्षा दिन सकिने वैज्ञानिक किसिमको हुनु पर्छ । भोलिको समाजलाई अन्धविश्वास, रुढीबादी र कुसंस्कार तर्फ जान दिनु हुंदैन । आजको मुख्य प्रसंग दिपावली अर्थात् बलिहाङ पर्बको हो । वास्तवमा दिपावली गर्नु अथवा पर्व मनाउनु भनेको आफुले जिन्दगी भरी त्याग तपस्या गरेर आर्जन गरेका ज्ञान-शिक्षा र उपलब्धिहरुलाई एक-अर्कामा पुर्याएर सद्भावपुर्ण तवरले आदान-प्रदान गर्ने, वितरण गर्ने र ब्यवहारमा उतार्ने पर्ब हो । ज्ञान-शिक्षा लिने र दिने समय छुट्टा-छुट्टै हुन्छ । साधारणतय: हामीले केही उपलब्धि हासिल गर्न सकेको खण्डमा र ज्ञान हासिल गर्न सकेमा दिपावली गरेर खुशियाली मनाउने गर्दछौं । उपलब्धि हासिल नगरीकन र ज्ञान प्राप्त नगरिकनै कुरै नबुझी जबर्जस्ती काग, कुकुर, गाई र गोरुको पुजा गर्दा, दिपावली गर्दा र उत्सब मनाउंदा काम कुरो एकातिर अर्थात अर्थ न बर्थको हुन जान्छ । दिपावलीको प्रचलन महामानव सिदाहा बुद्धको पालादेखि शुरुवात भएको हो । त्यो भन्दा अगाडि दिपावलीको प्रचलन थिएन । त्यस समय सिदाहा बुद्दले बर्णास्रमी ब्यवस्थाको बिरोध गरेको हुंदा बावु शुद्दोधान र छोरा सिदाहा बीच राजनीतिक टक्राव शुरु भयो । अन्तत: हिन्दु-आर्यको षड्यन्त्रमा परेर सिदाहा देश निकाला हुनु परेको थियो । जब सिदाहाले बैसाखी पुर्णिमाको दिन बुद्धत्व ज्ञान प्राप्त गरे तव भने बाबु शुद्धोधान, बलिहाङ लगायतका वरपरका राजाहरुले सिदाहाले बुद्धत्व प्राप्त गरेको खबर पाए । त्यसपछि  बुद्ध दर्शन र ज्ञान हासिल गर्नका लागि  बुद्धलाई दरबारमा बोलाइयो । सिदाहा  बुद्धबाट जेठ असारमा बर्षायाम शुरु हुने र खोलानाला, बाढी, पैरो आउने भएकोले तत्कालै आउन नसकिने र कार्तिकको अौंसिमा मात्र दरबारमा आउन सकिने खबर पुग्छ । सिदाहा  बुद्ध कार्तिकको अौंसिमा दरबार आउने भएपछि बुद्ध दरबार आउने खबर पुर्याउन शुद्दोधान राजाबाट युवायुवतिहरु जो टाडा टाडाका गाउंघर सम्म हिडेर जान सक्थे उनीहरुलाई खबर पुर्याउनुका लागि हुकुम जारी हुन्छ । सिदाहा  बुद्ध कपिलवस्तु दरबार पुगिसके पछि टाडा-टाडाबाट मानिसहरु बुद्धको दर्शन गर्न र ज्ञान लिनका आउंछन । बुद्दसंग गएका भिक्षुहरुलाई खानाको लागि रोटी फलफुल र दान दक्षिणा दिने काम भयो। जुन कुरा आजपर्यन्त समाजमा सेलरोटी, दान दक्षिणाको रुपमा जिवन्त रहयो ।

advertisement_1548050601.gif
प्रतिक्रिया दिनुहोस्
संपादकीय सबै :